सुनकोशीका १९ घर पहिरोको उच्च जोखिममा

भदौ १२, खाडीचौर (सिन्धुपाल्चोक) । जिल्लाको सुनकोशी गाउँपालिका पहिरोको उच्च जोखिममा देखिएको छ ।
गाउँपालिकाको वडा नम्बर ६ स्थित शुन्दरडाँडा, धुसिने र पाखरदोभानका गरी १९ घर पहिरोको उच्च जोखिममा रहेको त्याहाँका स्थानीयले बताएका छन् ।

त्याहाँका बस्ती पहिरोको उच्च जोखिममा रहेको भन्दै स्थानीयले बागमति प्रदेश सांसद सरेश नेपाललाई निरिक्षण गर्न आग्रह गरेका थिए । पहिरो निरिक्षण गर्न भन्दै प्रदेश सांसद नेपाल हिजो त्यस ठाउँमा पुगेका थिए । पहिरो र बस्ती निरिक्षण पछि बागमति प्रदेशका अर्थ तथा विकास सभापति नेपालले धुसिनेका ४ घर तत्काल सार्नु पर्ने देखिएको बताए ।

पहिरोको समस्या सुनकोशी भरी नै देखियो तत्काल ४ घर सार्नुपर्ने देखियो’, प्रदेश सांसद नेपालले भने । पहिरो पिडित र असुरक्षित बस्तिका सन्दर्भमा प्रभावित समुदायसंग हिजो छलफल भएको उनले बताए । आकासे पानी, सुख्खा पहिरो र नदिकटानले बितण्डता नै मच्चाईरहेको सुनकोशीका शुन्दरडाँडा, धुसिने र पाखर दोभान लगाएत पहिरोको उच्च जोखिम रहेका बस्तीका सन्दर्भमा पहल गरिने उनले बताए ।