
बलेफी गाउँपालिकाद्वारा पहिरो जोखिममा परेका ३५ घर स्थान्तरण

भदौ १२, बलेफी (सिन्धुपाल्चोक) । जिल्लाको बलेफी गाउँपालिकाले पहिरोबाट जोखिममा रहेका ३५ घरधुरीलाई सुरक्षित ठाउँमा स्थान्तरण गरेको छ । पालिकाको वडा नम्बर १ अन्र्तगत खमारेका ३५ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको
गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले सिन्धुज्वालाई बताए ।
‘त्याहाँ पहिरोको उच्च जोखिम देखियो बस्ती नै जोखिममा पर्ने भएपछि सुरक्षित स्थानमा सारेका हौं’, पालिका अध्यक्ष क्षेत्रीले भने । खमारेका ३५ घरधुरीलाई पाँचसय मिटर नजिकै सुन्दर डाँडा भन्ने स्थानमा स्थानमा स्थान्तरण गरिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । उनका अनुसार स्थानीयको ८ रोपनी खेतलाई भाडा लिएर अस्थायी बस्ती बसालिएको हो ।
एकलाख रुपैया भाडामा लिईएको उक्त जग्गा चैत्र सम्मका लागि लिईएको उनले बताए । त्यसपछि पुनः आफ्नै थातथलोमा प्रभावितहरु फर्कने छन् । भू–गर्भवविधको अनुसन्धान पछि जोखिम अझै देखिए स्थायी बसोबासको लागी अन्यन्त्र ठाउँको व्यवस्था मिलाईने उनले बताए । बस्ती बुधबार स्थान्तरण गरिएको हो ।