पाँचपोखरी थाङपालको ८७ औं कार्यपालिकाको बैठक सम्पन्न,

भदौ मसान्तभित्र उपभोक्त समिति गठन गरिसक्ने
भदौ ११, थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिका कार्यालयले ८७ औं कार्यपालिकाको बैठक सम्पन्न गरेको छ ।
पालिकाको बिहिबार बसेको बैठकले विभिन्न ८ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । यो आर्थिक वर्षको दोस्रो बैठक सम्पन्न पालिकाले भदौ मसान्तभित्र उपभोक्त समिति गठन गरिसक्ने निर्णय गरेको छ ।
त्यस्तै असोजको पहिलो हप्ताभित्र उपभोक्ता समितिलाई अनुशिक्षण तालिम दिईने, सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका निम्ति जनताको सहज सुविधा हुनेगरी बैंकिङ प्रणालीबाट वितरण गरिने र पर्यटन पूर्वधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सबै वडाबाट १–१ ओटा योजना सिफारिश गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले सिन्धुज्वालालाई बताए ।

त्यस्तै बैठकले वडा नम्बर १ अन्र्तगत चिन्डे जतन ज्यावाथान धार्मिक पर्यटन पथ मार्ग, वडा नम्बर २ अन्र्तगत भूकम्प स्मृति पार्क, वडा नम्बर ३ अन्र्तगत भोताङ वन पार्क निर्माण गर्ने निर्णय भएको उनले बताए । अध्यक्ष लामाका अनुसार बैठकले वडा नम्बर ४अन्र्तगत पेमा छल उद्यान केन्द्र, वडा नम्बर ५ अन्र्तगत थाङपाल सांस्कृतिक संग्रहालय, वडा नम्बर ६ अन्र्तगत गाउँपालिका केन्द्र लेखर्क थांमडाँडा पथमार्ग निर्माण गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले वडा नम्बर ७ अन्र्तगत ठूलो ढुङ्गा संरक्षण तथा सम्बद्धन र वडा नम्बर ८ अन्र्तगत बेत्रावती मन्दिर संरक्षण सम्वर्द्धन गरिने उनले बताए । उनका अनुसार बैठकले बिभिन्न २ वटा कार्यविधिहरु पारित गरेको छ भने अस्थाई विद्यालय व्यवस्थापन समिति गठन र प्रअ छनौट सम्बन्धी कार्यविधि समेत पारित गरेको छ । यसैगरी बैठकले व्यवसाय दर्ता तथा नविकरण सम्बन्धी कार्यविधि पारित गरेको छ भने विपद् व्यवस्थापन समिति तथा शिक्षा समितिको निर्णयहरु सदर गर्ने निर्णय समेत भएको गाउँपालिका कार्यालयले जनाएको छ ।
आउन लागेको महानचाड दशै केन्द्रित गर्दै बोलपत्र आह्वान गरि तीनवटा स्काभेटर छनौट गरि बाटो सफा गरिने निर्णय गरेको बैठकले स्थानीय दररेट पारित गरेको छ । गाउँपालिकाको कार्यपालिकाको कार्यालयले रोजगार केन्द्रले सूचिकृत गरेको कामदारहरुलाई टेण्डर वा उपभोक्ता समितिबाट हुने काममा विशेष प्राथमिकता दिनुपर्ने निर्णय समेत गरिएको पालिकाले जनाएको छ ,