सिन्धुपाल्चोकमा थप तीन जनामा कोरोना देखियो
भदाै ८, चाैतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकमा एकै कार्यालयका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा तीनजनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ अधिकृत दुर्गादत्त चापागाईंले सिन्धुज्वालालाई बताए ।
‘आज सिन्धुपाल्चोकमा थप तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ,’ चापागाईंले भने । उनीहरू तीनैजना सिन्धुपाल्चोकमै रहेकाे गैरसरकारी संस्था सिडिईसिफमा कार्यरत रहेकाे बुझिन्छ । गत साता स्थननिय गैह्र सरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चका चार जना संक्रमण पुष्टि भएको थियो । दुई साता अघि चितवनमा एक कार्यक्रममा सहभागी भएर फर्किएका चार जनाको सम्पर्कमा आएका ५८ जनाको कन्ट्र्याक ट्रेसिङमा एकै कार्यालयका तीन पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । ईन्दा्रवती गाउँपालिकाको दुई सहित तीन पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सिन्धुपाल्चोक जिल्लाभरका ७४ जनाले कोरोना जीतेर घर फर्किएका छन् । जिल्लाभर ८९ जनालाई कोरोना पुष्टि भएको छ । संक्रमित ७४ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य प्रमुख चापागाईंले बताए । ९ जना आईसोलेसनमा उपचाररत रहेको उनले वताए ।