सिन्धुपाल्चोकको समस्यामा सभामुख देखि सरकारको चासो बढयो, तत्काल कार्यान्वयन गर्ने प्रतिवद्वता

दिनेश दुलाल
भदौ ८, चौतारा (सिन्धुपाल्चोक) । बाढीपहिरोको कारण देशकै सबैभन्दा धेरै क्षति व्याहोरेको सिन्धुपाल्चोकको समस्या समाधान गर्न सभामुख देखि सरकारको चासो बढेको छ । आज सिंहदरबारमा बसेको विभन्न सरोकारवालाहरुको बैठकले बाढीपहिरोका कारण क्षति व्याहोरेको सिन्धुपाल्चोकलाई नयाँ रुप दिएर पुनः ताजकीकरण गर्ने प्रतिवद्वता जनाएका छन् ।
सभामुख अग्नि प्रसाद सापकोटाको आयोजनामा गृहमन्त्री देखि सरकारी उच्च पदस्थ व्यक्तिहरु, सांसद, राजनैतिक दलका नेताहरु तथा स्थानीय जनप्रतिनिधि सहितको बैठकले बाढीपहिरोबाट पीडितहरुको लागि राहत, स्थायी आवास तथा सडक निर्माण लगाएत पूर्वाधार विकासको लागि तत्काल ठोस कदम चालिने निर्णय भएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई बताए ।

’ बैठकमा गृहमन्त्री, भौतिकपूर्वाधारमन्त्री तथा बागमति प्रदेशका मुख्यमन्त्रीे समेतले सिन्धुपाल्चोकको समस्या समाधानको लागि निकै आश्वस्त पार्नुभएको छ‘, बैठकमा सहभागी मेयर शेर्पाले भने । सिन्धुपाल्चोकलाई चाँडोभन्दा चाँडो अल्पकालिन र दृघकालिन योजना बनाउने गरी छलफल मेयर शेर्पाले बताए । ’बाढीपहिरोका कारण सिन्धुपाल्चोकमा भएको क्षति प्रति सभामुख देखि गृहमन्त्री अर्थमन्त्री लगाएत सबै सहभागिको भनाई निकै सकरात्मक रहेको पाईयो‘, मेयर शेर्पाले थपे । उनका अनुसार बजेटको व्यवस्थापन गर्नको लागि अर्थमन्त्री युवराज खतिवडाले प्रतिवद्वता जनाए थिए । गृहमन्त्री रामहादुर थापाले विपद् व्यवस्था पनको लागि के–के गर्न सकिन्छ सुरक्षा देखि लिएर सबै कुरामा जनतालाई प्रत्यक्ष अनुभूत गराईने प्रतिवद्वता जनाएका थिए । त्यस्तै छिटो भन्दा छिटो बाटोको सम्पूर्ण व्यवस्थापन भौतिक पूर्वाधार मन्त्रीले प्रतिवद्वता व्यक्त गरेका थिए । जिल्ला विपद व्यवस्थापनबाट छिटो भन्दा छिटो रहतको प्याकेजलाई कसरी जनतामा पु¥याउने, पुननिर्माणको कामलाई छिटो भन्दा छिटो जग्गा पहिचान गरेर नभए सरकारी जग्गालाई सट्टापट्टा गरेर अगाडि बढाउने निर्णय भएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए । उनका अनुसार बैठकले एकिकृत बस्तीको अवधारणलाई अगाडि बढाउने, बस्ती बसाल्ने ठाउँको लागि तत्कालै भू–गर्वविधलाई पुर्ननिर्माण प्राधिकरणबाट पठाउने, अरनिको हाईवे तत्काल खोल्नको अर्थमन्त्रालयले बजेटको व्यवस्था मिलाउने लगाएतका निर्णय भएको हो । । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल काम सुचारु गर्ने समेत निर्णय भएको उनले बताए ।

बाढीपहिरोबाट विस्थापित भएकाहरुको गाउँपालिका तथा नगरपालिकाले लगत संकलन गरेर एकिकृत बस्तीको अवधारणा ल्याएसंगै बस्ती सुरक्षित ठाउँमा सार्ने लगाएतका निर्णय भएको उनले बताए ।
यसैबीच जुरे पहिरो पीडितको लागि छुट्याईएको साँडे दुईकरोड रुपैयाँ निकासा दिन गृहमन्त्री रामबहादुर थापा सहमत देखिएका छन् । उक्त रकम क्याबिनेटको बैठकले निर्णय गरेर निकासा दिन गृहमन्त्री थापाले प्रतिवद्वता जनाएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

बैठकमा सभामुख अग्निप्रपाद सापकोटा, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार मन्त्री, अर्थमन्त्री, बागमति प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल, मन्त्री अरुण नेपाल, संघीय सांसद शेरबहादुर तामाङ, प्रदेश सांसद सरेश नेपाल, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, पुर्ननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञावाली, जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा, जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल लगाएतको सहभागिता रहेको थियो । बैठक आज दिउसो सबा ३ बजे सुरुवात भएर बेलुका ६ बजेसम्म चलेको थियो ।
याे पनि पढ्नुहाेस

सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितलाई तत्काल स्थानान्तरण गरिने