लिदी पहिरोपीडितलाई बाँसखर्कमा स्थान्तरण गरिने

निर्मल बस्नेत
भदाै ७, चौतारा (सिन्धुपाल्चोक) । जुगल गाउँपालिका– २ लिदीे पहिरोवाट बिस्थापित १ सय ७२ घरधुरीको लागि सोही गाउँपालिका वडा नम्बर १ सेलाङको बाँसखर्कमा तत्कालको लागि अस्थाई बसोबासको प्रवन्ध मिलाईने भएको छ ।
उक्त स्थानमा जग्गा सम्याउने, टेन्ट हाल्ने, खानेपानी सौचालयको प्रवन्ध मिलाउने कार्यको बाँडफाँड गरि
स्थानान्तरणको काम सुरु गरिएको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार आईतबारबाट सुरु भएको उक्त कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीय स्वयम्सेवकहरु खटीएको छ । उनले भने “पहिरो प्रभावितलाई तत्काल बाँसखर्क ल्याईने छ” ।
स्मरण रहोस् २०७२ साल बैशाख १२ को बिनासकारी भूकम्पको ताका उनिहरु सोही स्थानमा अस्थाई टहरा बनाई २ बर्षभन्दा बढी बसेका थिए । गतसाता लिदी पहिराेमा परि ३९ जनाकाे ज्यान जानेगरी गाउँनै बगाउने गरि अाएकाे पहिराेकाे कारण बस्न नमिल्ने भएपछि पीडितलाई बाँसखर्कमा स्थान्तरण गरिएकाे गाउँपालिका अध्यक्ष श्रेष्ठकाे भनाई छ । अध्यक्ष श्रेष्ठका अनुसार हाल पीडितहरूकाे लागि बाँसखर्कमा टेन्ट हालिने छ । त्यसपछि स्थायी बसाेबासका लागि सुरूवात गरिने उनले जानकारी दिए । बस्ति बसाल्नकाे लागि पुननिर्माण प्राधिकरण जिल्ला कार्यन्वयन ईकाईले समेत समेत सहयाेग गर्ने बताई सकेकाे छ ।
स्मरण रहाेस लिदी पहिराे पीडितकाे स्थायी बसाेबासकाे लागि बागमति प्रदेश सरकारले भवन बनाईदिने प्रतिबद्धता जनाई सकेकाे छ । पीडितहरूलाई राखिने उक्त ठाउँ निरिक्षणका लागि प्रदेश सांसद सरेश नेपाल, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, समन्वय प्रमुख कृष्णगाेपाल तामाङ, पालिका अध्यक्ष हाेमनारायण श्रेष्ठ लगाएत जिल्लाका नेताहरू पुगेका थिए ।