भोटेकोशी गाउँपार्टीद्वारा लिदी पहिरो पीडितलाई आर्थिक सहयोग

भदौ ६, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । जिल्लाको भोटेकोशी गाउँपार्टीले लिदीको पहिरोपीडितलाई आर्थिक सहायता प्रदान गरेको छ । गाउँपार्टीद्वारा जुगल गाउँपालिकाको लिदी पहिरोपीडितको लागि संकलन गरिएको १ लाख ४ हजार २ सय ६० रुपैंया आज बिहान जुगल गाउँपालिको गाउँपार्टी कमिटीलाई हस्तान्तरण गरिएको हो । सो रकम सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य तथा जुगल गाउँपालिका ईन्चार्ज रेशम स्याङबो तथा जिल्ला सदस्य धर्मलाल श्रेष्ठलाई जिल्ला सदस्य तथा भोटेकोशी पार्टी ईन्चार्ज अमृत खड्का, अध्यक्ष आङछिरी शेर्पा, सचिव छेवाङ शेर्पा, जिल्ला सदस्य तथा भोटेकोशी गाउँपालिका उपप्रमुख दाबुटी शेर्पा लामा सहितको उपस्थितमा काठमाडौमा हस्तान्तरण गरिएको हो ।

’हामीले एक पालिका कमिटी अर्को पालिका कमिटी बीच सुख दुःख पर्दा सहकार्य गर्ने परिपाटी बसाल्नुको निम्ति र त्यहाँको पार्टी कमिटीलाई उच्च मनोबल सहित सहयोग गरेका हौं‘, भोटेकोशी गाउँपार्टीका अध्यक्ष आङछिरी शेर्पाले सिन्धुज्वाला संग भने । पिडित जनताहरुको पीडामा मलम लगाउन सक्रिय नेतृत्व भुमिका निर्वाहा गर्न सहयोग पुगोस भन्ने हेतुले भोटेकोशी पार्टी कमिटीले आफ्नो कमिटीका साथीहरुबाट संकलित रकम हस्तान्तरण गरिएको अध्यक्ष शेर्पाले बताए ।
गाउँपार्टीले यस अघि भोटेकोशी तथा बाह्रबिसे बाढीपहिरो पीडितलाई समेत यस अघि सहयोग गरिएको उनले बताए ।