
कर्मचारीलाई ज्यानमार्ने धम्की सहति तीन मुद्दाका आरोपित बस्नेत अझै फरार

भदौं ५, बाह्रबिसे (सिन्धुपाल्चोक) । पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेत अझै फरार रहेका छन् । बाह्रबिसे नगरपालिकामा कार्यरत एक कर्मचारीलाई ज्यानमार्ने धम्की दिएको भनेर ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा बस्नेत विरुद्व मुद्दा दर्ता भएको थियो । त्यस्तै सोही दिन उनी विरुद्व टिपर चालकलाई मार्ने धम्कि सहित दुई टिपर क्षति पु¥याएको तथा जुरेमा रहेको क्रसरमा सित्तैमा तेल नदिएको भन्दै सञ्चालकलाई धम्काएर गरेको तोडफोड गरेको लगाएत तीन मुद्दा ईलाका प्रहरी कार्यालय तथा जिल्ला प्रशासनमा मुद्दा दायर भएको छ । मुद्दा दर्ता गरिए पनि उनी अझै फरार रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्यौपानेले सिन्धुज्वालालाई बताए ।
जिल्ला प्रशासन कार्यालयबाट प्रक्राउ आदेश जारी भएपनि पक्राउ गर्न नसकिएको बाह्रबिसे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज न्यौपानेले सिन्धुज्वालालाई बताए । ‘दोषी भनिएका व्यक्तिलाई अझै पक्राउ गर्न सकिएको छैन्, अहिलेसम्म मोवाईल स्विचअफ छ, खोजी कार्य जारी छ’, प्रहरी निरिक्षक न्यौपानेले भने । बस्नेतलाई अवद्र व्यवहार, तोडफोड लगाएत मुद्दा दर्ता भएको उनले बताए । यसअघि सार्वजनिक अपराध भनिन्थ्यो तर फौजदारी संविता आईसकेपछि अभद्र व्यवहार भन्ने मुद्दा दर्ता भएको उनले बताए ।
बस्नेतले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै नगरपालिकाका करारमा कार्यरत लालबहादुर तामाङले शनिबार ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । बस्नेतले मादक पदार्थ सेवन गरेर बाह्रविसे बजारमा उनलाई ज्यान मार्ने धम्की दिएको उनले प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्ले छ ।
जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकमा लक डाउन गरेपनि क्षेत्रीय सभापति बस्नेतले भने दिउँसै मादक पदार्थ सेवन गरेर नगरबासीलाई त्रसित बनाएका थिए । यसैबीच नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय कार्य समितिले बस्नेतलाई मुद्दा दर्ता गरेर प्रहरीले पक्राउ गर्न खोजिएको भन्दै आपत्ती जनाएको छ । क्षेत्रीय सचिव रहेका देवेन्द्र खड्काले प्रेस वक्तव्य नै जारी गरेर बस्नेत माथि लगाईएको लाल्छाना झुटो भएको बताएका छन् । बस्नेतले दिनदाहडै मादक पदार्थ सेवन गरी कर्मचारी माथि हातपात भएको सो पार्टीलाई जानकार हुँदा हुँदै पनि उल्टै बस्नेतको पक्षमा प्रेस वक्तव्य जारी गर्नु हाँस्यास्पद भएको जानकारहरु बताउँछन् । कांग्रेस भित्र अनुशासनको कुनै दायरा नभएको कांग्रेसकै एक कार्यकर्ताले टिप्पणी गरे ।
क्षत्रीय सचिव खड्काले जारी गरेको वक्तव्यमा नेकपाका नेता कार्यकर्ता माथि धम्किपूर्ण भाषा प्रयोग गरेका छन् । उनले मुद्दा फिर्ता नलिए प्रहरी प्रशासन विरुद्व समेत जाईलाग्ने चेतावनी दिएका छन् ।