नेपाल तरुण दल सिन्धुपाल्चाेकद्वारा लिदी पहिराे पीडितलाई सहयाेग

भदाै ३, चाैतारा (सिन्धुपाल्चोक ) । नेपाल तरुण दल सिन्धुपाल्चोककाे पहलमा लिदि पहिरो पीडितहरुलाई अार्थिक सहयोग हस्तान्तरण गरेका छन् । तरूणदलकाे पहलमा उठेकाे रकम पीडितहरुको हातहातमै नगद दिईएको हो । जस मध्ये मृतक परिवारलाई प्रति मृतक १० हजारको दरले ३९ परिवारलाई दिईएकाे हाे । उक्त रकम किरिया खर्च स्वरुप दिईएकाे तरूणदल सिन्धुपाल्चोकका अध्यक्ष दाेर्जे लामाले सिन्धुज्वालालाई बताए । उनका अनुसार विस्थापित १९ घरधुरीलाई राहत स्वरुप ५ हजारका दरले पिडितका परिवारले पाएका छन् । त्यस्तै १५ हजार सो स्थानमा स्वयंसेवकको रुपमा खटिएका युवाहरूलाई दिईएकाे ।

त्यस्तै सहयाेग उठेकाे सो रकमबाट सोलार बत्ती ७ सेट, ३/२२ तार ५ क्वायल, कालो मोटो तार ५०० मिटर, प्लगहरु, मल्टी प्लग समेत वितरण गरिएकाे अध्यक्ष लामाले जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार नेपाल तरुणदल सिन्धुपाल्चोकको टिमबाट १ लाख ५ हजार, पुर्व मन्त्री एवं नेपाली काँग्रेस केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतबाट १ लाख, नेपाली काँग्रेस महासमिती सदस्य जिमि लामाबाट ७० हजार, नेपाल शेर्पा समाज सिन्धुपाल्चोक बाट ५० हजार, आङनिमा शेर्पा युएई बाट प्राप्त सहयोग ३७ हजार र उनकाे तर्फबाट १३ थप गरि ५० हजार, जुगल गाउँ पालिका प्रत्यासी उम्मेद्वार जय बहादुर लामा, पुर्व नेपाली काँग्रेस क्षेत्रीय सदस्य जंग लामा, क्षेत्र नं. १ क्षेत्रीय तरुण दल सभापति जय चन्द्र कुमार लामा, समाजसेवी मिङ्मार शेर्पा युएसएबाट २५ हजार, तरुण दल महाधिवेशन प्रतिनिधि संजय लामा २० हजार, समाजसेवी च्याङ्बुटी शेर्पा २० हजार र जुगल तरुण दल लगायत समाजसेवी धनराज लामा लगायतले समेत नगद रकम सहयोग गरेका थिए।
यसरी उठेको राहत रकम लिएर आज जुगल गाउँ पालिका प्रत्यासी उम्मेदवार जय बहादुर लामा, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष निमा शेर्पा, पुर्व क्षेत्रीय सभापति जंग लामा र तरुण दल क्षेत्रीय सभापति जयचन्द्र कुमार लामा घटना भएको लिदि गाउँ पुगी वितरण गरेका थिए ।
अाफ्नाे जिल्लामा प्राकृति प्रकाेप हुँदा सिन्धुपाल्चोक तरूणदल टुलुटुलु हेरेर बस्न नसक्ने हुँदा लिदीका पीडितहरूलाई साथीभाईहरूसंगकाे सहयाेगले सानाे सहयाेग गरेकाे जिल्ला अध्यक्ष लामाले बताए ।