हाइड्रोपावरकोे लापरवाहीले कुम्भेश्वर बस्ती जोखीममा

साईट इन्चार्ज भन्छन् सुरक्षित स्थानमा सार्न भनेको छौँ
निर्मल बस्नेत
भदाै ३, चौतारा
निर्माणाधिन १६ मेगावाट क्षमताको मुनलाइट हाइड्रोपावरको लापरवाहीले गर्दा कुम्भेश्वर बस्ती जोखीममा परेको छ । जुगल गाँउपालिका –२ कुम्भेश्वर हुँदै १ नम्वर वडाको गणेशथानमा निर्माण हुने उक्त हाइड्रो निर्माण कार्य सुरु भएको १ दशक पुग्न लागेको स्थानीयको भनाई छ । एक स्थानीयकाे अनुसार गलत ठाँउमा जग खनेर उसै छाडीदिंदा बस्ती जोखीममा परेको हो ।
हाइड्रोपावरले कुम्भेश्वरमा बाँध बनाइ सेलाङको गणेशस्थानमा पावरहाउस बन्ने गरि निर्माणकार्य शुरु गरेकाेे ती स्थानीयले बताए । सो हाइड्रोपावरले भेलमाडा हाइड्रोपावरको जग्गामा आफ्नो लागि बाँधको जग खनेको थियो । यस बिषयमा अदालतमा मुद्धा नै चलेको थिायो । प्रस्तावित ७० मेगावाट क्षमताको भेलमाडाले कानुनी उपचार पाएपछि मुनलाइट पराजित भई सो स्थानमा जग उसै छाडेर त्यो भन्दा तल आफ्नै जग्गामा पुनः जग खनेको कुम्भेश्वरका स्थानीय श्याम मिजारले बताए । बिबादमा मुछिएपछि मुनलाइटले पहिले खनेको जग उसै छाडेर अन्यत्र काम गर्न थालेपछि सो स्थानमा पहिरो झर्न थालेको हो ।

बस्ती तलतिरबाट पहिरोले तान्न थालेपछि स्थानीय दलबहादुर विक घर छाडेर बारीमा पुरानो जस्तापाताले बारेर अस्थायी रुपमा बसीरहेका छन् । उनको घरको जग नै भेटीसकेको छ । बिकको परिवारको वर्षाको समयमा कष्ठगर झेलिरहेका छन् । गाँउपालिकालाई जानकारी गराउदा एकपटक प्राविधिक आएर सुरक्षीत स्थानमा गएर बस्न भनेको तर केही सहायता भने नदिएको उनले बताए । गाँउपालिकाका गई उनिहरुले पटकपटक आफ्नो समस्या बताएको तर कुनै सुनुवाइ नभएको उनले गुनासो गरे ।
गाँउपालिका उपाध्यक्ष सृजना तामाङले भने हाइड्रोपावरले आफुहरुलाई नटेरेको बताइन् । ‘मैले पटक पटक हाइड्रोपावरको प्रमुखलाई फोन गरेर तुरुन्त स्थानीयको माग सम्बोधन गर्न भनेको छु ।’ उपाध्यक्ष तामाङले भनिन् –‘स्थानीय समस्यामा पर्दा हाइड्रोपावरले आफुले गर्नुपर्ने काम नै नगरी बस्ती जोखीममा पारीरहेको छ ।’ सो स्थानमा हाईड्रोपावरले पक्कि पर्खाल लगाएर बस्ती जोगाउनुपर्नेमा कुनै वास्ता नगर्दा ठुलो क्षती हुने संभावना रहेको उनले बताइन् । बस्तीमा दलबहादुर सहित नवराज मिजार, गोपिलाल मिजार, आइतबहादुर कामी, संखबहादुर सार्की, हरी मिजार, राजेश मिजार, खड्गबहादुर मिजार, फुलकाजी स्याङ्वो,हुपबहादुर बिसुंखेसहित १३ घर उच्च जोखीम र अन्य ३ घरलाई समेत असरगर्नेे मिजारले बताए । यस विषयमा कुनै पनि निकायका कुरा नगर्न हाईड्रोवालाले दवाव दिएको र दवावको विचमा पनि आफुहरु बाध्य भएर मिडीयामा आउन परेको उनीहरुको भनाइ छ ।
आफ्नो बस्ती जोगाइदिन हाइड्रोपावरको प्रतिनिधीलाई फोन गर्दा कुनै जवाफ नदिएको स्थानीय श्याम मिजारले बताए । आफुहरुले गत साउन २२ गते जुगल गाँउपालिकाको कार्यालयमा निवेदन पनि दिएको निवेदन बुझ्दै प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिकले हाईड्रो सञ्चालक लाई फोन गर्दासमेत फोन नठाएकोे मिजारले बताए । यसरी हाइड्रोपावरले कसैको कुरा नसुनी एकलौटी ढंगबाट अगाडी बढ्न खोज्दा आफुहरुको बस्ती नै जोखीममा परेको भनि मिजारले चौतारामा आई जानकारी गरेका हुन् ।
बस्ती उच्च जोखीममा परेपछि तत्काल स्थानान्तरणको हुनुपर्ने स्थानीयको माग छ । सो बस्ती हाईड्रोपावरले जोगाउनु पर्ने उनीहरुको माग छ । आफुहरुले हाइड्रोपावर र स्थानीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो छ ।
यस बिषयमा हामीले हाइड्रोपावरका साईट ईन्चार्ज सन्दीप जिसीलाई फोन गरि बुझ्दा हाइड्रोपावरकै कारण ३ घर उच्च जोमिमा परेको स्वीकार गरेका छन् । उनल्े भने कम्पनीले यसभन्दा अगावै एक जनालाई क्षतिपुर्तिवापत केही रकमसमेत दिएका छौँ । र, आफुहरु टाढा रहेको कारण हामीले हाम्रो सोही ठाउँको स्थानीय कर्मचारीलाई सुरक्षित स्थानमा सार्नसमेत भनेका छौँ, साथै यस बिषयमा हाईड्रो सञ्चालकलाई जानकारी गाराएको छु , कम्पनीको कारण हुने सम्पूर्ण समस्या जिम्मा लिने उनले बताए ।