सामाजिक विकास मन्त्रालयकाे समन्वयमा चाैतारामा २५ शैयाकाे आईसुलेसन

भाद्र २ ,सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित जिल्ला समन्वय समितिको भवनमा २५ शैयाको आईसुलेसन सुचारु हुनेभएको छ । बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा २५ शैयाको सुविधासम्पन्न आईसुलेसन आजैबाट चाैतारामन सुरु भएकाे हाे । बागमति प्रदेश सरकारकाे लगानीमा सामाजिक विकास मन्त्रालयद्वारा सुरूवात गरिन लागिएकाे अाईसाेलेसन वार्ड अन्य जिल्लामा समेत सुरुवात भएकाे सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए । सिन्धुपाल्चाेक जिल्ला जस्तै प्रदेशका अन्य १० जिल्लामा समेत अाईसाेलेसन वार्ड तथा भ्यान्टिलेटर वार्ड निमार्ण गर्न लािगिएकाे मन्त्री दुलालले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोक, रसुवा, रामेछाप र दाेलखामा २५-२५ शैयाकाे अाईसाेलेसन वार्ड र नुवाकोट, धादिङ र सिन्धुलीमा भ्यान्टिलेटर सहित ५०-५० वेडकाे अाईसाेलेसन वार्ड निर्माण गरिएकाे हाे । त्यस्तै भक्तपुरमा र हेटौंडामा २-२ सय क्षमताकाे अाईसाेलेसन वार्ड समेत निर्माण गरिएकाे उनले जानकारी दिए । यस्तै सामाजिक विकास मन्त्रालयले नुवाकाेटकाे त्रिशूली, भक्तपुर, सिन्धुली , हेटाैंडा र धुलिखेल अस्पताल गरि पाँच ठाउँमा नयाँ पिसिअार सञ्चालन गरिन लागिएको मन्त्री दुलालले जानकारी दिए । अवकाे दुई साता भित्र सुरूवात गरिसक्ने उनले बताए ।
कोरोना भाईरस समुदाय स्तरमै फैलनसक्ने अांकलन गरि जिल्ला-जिल्लामा अाईसाेलेसन वार्ड निमार्ण गरिएकाे उनले बताए ।
यसैबीच चाैतारामा रहेकाे जिल्ला समन्वय भवनमा २५ शैयाकाे अाईसाेलेसन वार्ड निर्माण भएसंगै अाजै दुईजना काेराेना संक्रमित राखिएकाे छ । दुई संक्रमितलाई नयाँ निमार्ण गरिएकाे अाईसाेलेसन वार्डमा राखेर उपचार थालिने जिल्ला समन्वय प्रमुख कृष्णगाेपाल तामाङले जानकारी दिए । भाेली देखि अाैपचारिक रूपमा सुरूवात गरिने उनले बताए ।
स्मरण रहाेस सिन्धुपाल्चोकमा हालसम्म अाईसाेलेसन वेड ४०, क्वारेन्टाइन वेड ८ सय २४ रहेकाे छ । ८३ जना संक्रमित रहेकाे सिन्धुपाल्चोकमा ७० जना निकाे भएकाे जिल्ला स्वास्थ्य प्रमख दुर्गादत्त चापागाईले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा १३ महिला र ८४ पुरूष रहेका छन् । त्यस्तै अाईसाेलेसनमा २ महिला र ६ पुरूष रहेका छन् ।