सिन्धुपाल्चोकको सदरमुकाममै ५ संक्रमित

भाद्र १, चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको सदरमुकाम चौतारामै थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सिन्धुपाल्चोक जिल्लाका ४ जना र काभ्रे मन्डनदेउपुर नगरपालिकाको १ जनामा कोरोना संक्रमण पुष्टि भएको चौतारा सांगाचोकगढी नगरपालिका स्वास्थ शाखा प्रमुख शिव पुरीले जानकारी दिए । उनका अनुसार संत्रमित हुनेहरुमा कुबिण्डे, सिपापोखरे, मेलम्ची, काभ्रेको मन्डनदेउपुर र सर्लाहिका रहेका छन् । ५ जना मध्ये ४ जना जिल्लाको एक गैरसरकारी संस्थामा कार्यरत रहेका छन् । उनिहरु चितवनमा तालिमका लागि गएको र सुक्रबार चौतारा फर्किएका थिए । उनिहरु सबै चीतवनबाट आएर घर परीवारसंगै रहेका थिए । त्यस्तै अर्का १ जना शिक्षक भने मेलम्चीको क्वारेन्टाइनमा रहेका थिए । यो संगै जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिएको अनुमान गरिएको छ । स्थानियलाई अहिलेको अवस्थामा अत्यावसेक बाहेक घर बाहिर ननिस्कन प्रशासने अनुरोध समेत गरेको छ ।