
पूर्व सञ्चारमन्त्री पिताकाे शाेकमा, पूर्व सञ्चारमन्त्रीका भाइ मापसेकाे झाेकमा

भदाै १, बाह्रबिसे (सिन्धुपाल्चोक ) । नेपाली कांग्रेस वर्तमान केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री माेहन बहादुर बस्नेतका भाइ बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकामा कार्यरत एक कर्मचारीलाई ज्यानमार्ने धम्की दिएका छन् । बस्नेतले अाफुलाई ज्यान मार्ने धम्की दिएकाे भन्दै ईलाका प्रहरी कार्यालयमा ती कर्मचारीले उजुरी दर्ता गराएका छन् । ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिने कर्मचारी नगरपालिकाका करारमा कार्यरत लालबहादुर तामाङ हुन् । कर्मचारी तामाङका अनुसार अाज दिउँसै बस्नेतले मादक पदार्थ सेवन गरेर बाह्रविसे बजारमा उनलाई ज्यान मार्ने धम्की दिएका हुन् ।
बिहानै देखि नशामा झुम्मीएर बसेका बस्नेतले बाह्रविसे बजारको चण्डेश्वरी होटल नजिकै चोकमा अाफुलाई अाक्रमणकाे प्रयास गरेकाे उनले प्रहरीलाई दिएकाे उजुरीमा उल्लेख छ । तामाङ भागेपछि बस्नेत बा १३ च ७८८५ नम्बरको आफ्नै गाडीमा तामाङलाई लखेट्दै पुगेका थिए । त्यसपछि उनी जुरेमा रहेको क्रसरमा पुगेर एउटा मालवाहक टिपर गाढीमा तोडफोड समेत गरेका िथए । क्रसरको बा ३ क ३४२९ नम्बरको टिपर बस्नेतले ढुंगामुडा गरेर तोडफोड गरेको क्रसर सञ्चालकहरुले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सिन्धुपाल्चोकमा लक डाउन गरेपनि क्षेत्रीय सभापति बस्नेत भने दिउँसै मादक पदार्थ सेवन गरेर नगरबासीलाई त्रसित बनाएका छन् ।
यस घटनाकाे सन्दर्भमा ईलाका प्रहरी कार्यालय बाह्रबिसेमा बुझ्दा कर्मचारी लालबहादुरकाे उजुरी अाएकाे प्रहरी निरिक्षक नवराज न्याैपानेले बताए । ´एकजना कर्मचारीले हामीकाहाँ ज्यानमार्ने धम्की दिएकाे भनेर उजुरी दर्ता गराउनु भएकाे छ `, ईनेस्पेक्टर न्याैपानेले सिन्धुज्वाला संग भने । मादक पदार्थ सेवन गरि ज्यान मार्ने धम्की दिने बस्नेकाे खाेजी कार्य भईरहेकाे प्रहरी निरिक्षक न्याैपानेले जानकारी दिए । यस सन्दर्भमा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पा संग बुझ्दा उनले अाफ्नाे नगरपालिकाकाे कर्मचारी माथि ज्यानमार्ने धम्की सहित हातपातकाे प्रयास भएकाे बताए । ´नगरपालिकाकाे मजदुर कर्मचारी माथि क्षेत्रीय सभापति जस्ताे मान्छेले दिउसै मादक पलार्थ खाएर मार्ने धम्की र अभद्र व्यवहार समेत गर्नु निन्दनीय छ, ` मेयर शेर्पाले भने ।
यसैबीच क्षेत्रीय सभापति बस्नेतले जुरे क्रसरमा समेत गाडी ताेडफाेड गरेकाे भन्दै क्रसर व्यवसायीले ईलाका प्रहरी कार्यालयमा उजरी दिएका छन् ।
क्षेत्रीय सभापति बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका माइला बुबाको छोरा हुन् ।
पूर्वमन्त्री बस्नेत अाफ्नाे बाबुकाे काजकिरियामा बसेका छन् । तेह्राै दिन भाेली सकिदै छ । हिन्दु संस्कार अनुसार तेह्रदिने दाजुभाईमा तेह्रदिन सम्म नुन समेत बार्नु पर्ने हुन्छ तर क्षेत्रीय सभापति बस्नेतले काम सकिनु एकदिन अगाडि नै मादक पदार्थ सेवन गरेका छन् ।
उसाेत त क्षेत्रीय सभापति बस्नेतका काकाबुबा पर्ने खड्गबहादुर बस्नेतकाे मृत्यु पछि काेराेना संक्रमित भएकाे पुष्टि भएसंगै बाह्रबिसे नगरपालिका सिल गरिएकाे छ । यस्ताे अवस्थामा मादक पदार्थ सेवन गरेर बाहिर निस्कनु कानुनी रूपमै अपराध ठहरिने ईप्रकाका प्रहरी निरिक्षक न्याैपानेकाे तर्क छ ।
दाेषी ठहरिएका बस्नेतसंग बुझ्न खाेजेपनि उनी संग सम्पर्क हुन सकेन ।