
सिन्धुपाल्चोकमा पुनः ‘लकडाउन’ हुने

निर्मल बस्नेत
साउन ३१,चौतारा (सिन्धुपाल्चोक)
बिश्वव्यापी फैलिएको कोभिड– १९ को संक्रमण झन भन्दा झन बढ्न थालेपछि सिन्धुपाल्चोकलाई भदौ पहिलो साता लकडाउन गरिने भएको छ ।
अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए ।
जिल्लामा संक्रमित बढ्दै गएको संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय भएको हो । सो अवधिभर सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् । अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ उमेशकुमार ढकालले जानकारी दिए ।