सभामुख सापकाेटा लिदी पुगे, घटना स्थलमा उद्दार जारी , अझै ३६ वेपत्ता

दिनेश दुलाल
साउन ३०, चाैतारा (सिन्धुपाल्चोक ) । जिल्लाकाे जुगल गाउँपालिका वडा नम्बर २ अन्तरगत लिदीमा गएकाे पहिराेवाट भएकाे क्षति निरिक्षण गर्न सभामुख अग्नि सापकाेटा पुगेका छन् । उनी विहानै सेनाकाे हेलिकप्टर मार्फत लिदी पुगेका हुन् ।

त्याहाँ पहिराेले २७ घर पुरिएकाे छ । अाज बिहान ६ वजे र ४५ मिनेट जाँदा लिदीकाे गाउँ सिङ्गै बगाउने गरि अाएकाे पहिराेले हालसम्म पाँचजनालाई घाईते अवस्थामा उद्दार गरि एकजनालाई ट्रमासेन्टर र चारजनालाई चाैतारा अस्पताल पुर्याईएकाे जुगल गाउँपालिका अध्यक्ष हाेमनाराण श्रेष्ठले सिन्धुज्वालालाई बताए ।


हालसम्म ३६ जना अझै वेपत्ता रहेकाे उनले पठाए । अहिले सेना, प्रहरी , स्थानी जनता तथा नेता कार्यकर्ता उद्दार गर्न खटिएकाे अध्यक्ष श्रेष्ठले बताए । वडा सदस्य बिष्णु दाेङका अनुसार लगभग ५० जना भन्दा माथि मानिसकाे पहिराेले पुरिएकाे अनुमान गरिएकाे छ ।
याे अहिले सम्मकै देशक‌ै सबैभन्दा ठूलाे मानवीय क्षति भएकाे हुन सक्ने अांकलन गरिएकाे छ । घटनाकाे पूर्ण विवरण भने अझ‌ अाउन बाँकी छ ।