
लिदीमा पहिराेले २७ घर बगायाे, ५० काे हाराहारीमा मृत्यु हुन सक्ने अनुमान

दिनेश दुलाल
साउन ३०, चाैतारा (सिन्धुपाल्चोक ) । जिल्लाकाे जुगल गाउँपालिका वडा नम्बर २ अन्तरगत लिदीमा पहिराे जाँदा २७घर पहिराेले बगाएकाे छ । अहिले बिहान ६ वजे र ४५ मिनेट जाँदा लिदीकाे गाउँ सिङ्गै बगाउने गरि पहिराे अाएकाे स्थानीय पेशल दाेङले सिन्धुज्वालालाई बताए । वडा सदस्य बिष्णु दाेङका अनुसार लगभग ५० जना भन्दा माथि मानिसकाे पहिराेले पुरिएकाे अनुमान गरिएकाे छ । तर घटनाकाे विवरण भने अाउन बाँकी रहेकाे छ ।
याे अहिले सम्मकै देशकै सबैभन्दा ठूलाे मानवीय क्षति भएकाे हुन सक्ने अांकलन गरिएकाे छ । घटनास्थलमा अहिलेसम्म प्रहरी पुग्न सकेकाे छैन । प्रहरी जान खाेजीएपनि तुरून्त पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए ।
पछल्लाे प्राप्त समाचार अनुसार उद्दारकाे लागि अहिले जनप्रतिनिधी, जिल्लाका नेता तथा सुरक्षाकर्मी सहितकाे टाेली सेनाकाे हेलिकप्टर मार्फत घटना स्थलमा पुग्दै छ ।