
पहिरोमा बेपत्ता ११ जनाको शव फेला, अझै २७ वेपत्ता

निर्मल बस्नेत चौतारा (सिन्धुपाल्चोक ) ।
जुगल गाउँपालिका –२ लिदिको पहिरोमा पुरिएका ११ जनाको शव फेला परेको छ । बाँकी २७ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएकाे छ ।
शुक्रवार बिहान ६ बजेर ४२ मिनेटमा गएको पहिरोमा ३७ घरधुरीका गरि ३८ जना बेपत्ता रहेका थिए । ३८ मध्ये ३७ जना लिदी र १ जना जुगल–३ बोल्देको रहेको वडाअध्यक्ष प्रताप लामाले बताए ।
त्यस्तै ५ जना गम्भिर घाईतेको उपचारको लागि सेनाको हेलिकप्टरमार्फत १ जना काठ्माण्डौ र ४ जना लगिएको सापकोटोको प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सिन्धुज्वालालाई बताए । उनका अनुसार उद्दारको लागि नेपाली सेनाको उद्धार टोलिसहित नेपाल सरकार संघिय सांसद अग्निप्रसाद सापकोटा,नेकपाका केन्द्रिय सदस्य माधब सापकोटा, जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जुगल गाउँपालिका अध्यक्ष होमनारायाण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ लगायत स्थानीय समाजसेवीहरु लिदी पुगेको हो ।
सामान्य घाईते ३ जनाको प्राथमिक उपचार गरिदै गरेको वडाअध्यक्ष प्रताप लामाले बताए । अन्यको खोज तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी नायव उपरीक्षक माधब काफ्लेले बताए । पहिरोको कारण अन्य के कती क्षती भयो भन्ने एकीन गर्न सकिएको छैन ।
बिहान झरेको पहिरोको कारण बेपत्ताहरुको पहिचान गर्न नपाउदै साही ठाउँमा फेरी पहिरो झरेपछि उद्धारमा खटीएको टोलीलाई थप कठिनाई उत्पन्न भएको भएको थिायो हाल रोकीएको छ, वडा सदस्य बिष्णु दोङले बताए । उनका अनुसार बाँकी रहेको घरका मानिसहरु तुरुन्त स्थानान्तरण गर्न नसके थप क्षती हुने बताए ।
जुगल– २ का वडा अध्यक्ष प्रताप लामाको अनुसार अवको सम्वाभित खतरालाई मध्यनजर गर्दै पहिरोमा पुरिएको ३७ घरबाहेक जोमिमा रहेको १३५ घरधुरीलाई नेपाल रेडक्रश सोसाईटी र जिल्ला बिपद् व्यवस्थापन समितिमार्फत अस्थाई टेण्ट, त्रिपाल, लत्ताकपडा र भाँडाकुँडाको प्रवन्ध छिट्टै गर्ने वचन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बचन दिएको जानकारी दिए । यसभन्दा पहिले देखिनै बारम्वार प्रकोपको मार खेप्दै सिन्धुवासी सास्ती बेहोरीरहेका छन् ।
लिदी पहिरोमा सम्पर्कबिहिन भएका व्यक्तिहरु यि हुन
मानबहादुर दोङ, जयबहादुर दोङ, प्रिया दोङ, प्रिति दोङ, कान्छी दोङ, सानीकान्छी दोङ, वाङ्गी लामा दोङ, धनमायाँ दोङ तामाङ, रेनिस दोङ, मेउमायाँ दोङ, मिलन दोङ, प्रकाश दोङ, साईली दोङ, आयुस दोङ, छवीलाल दोङ, सोनरानी दोङ, धनलक्ष्मी दोङ, सिरमायाँ दोङ, बिमरानी दोङ, बिबिलक्ष्मी दोङ, सानुकान्छा दोङ, साङलामा दोङ, सोनाम दोङ, सानुकान्छी दोङ, दिन्दुुस दोङ, सुरज दोङ, सुमन दोङ, करिस्मा च्यामा दोङ, साङ दोङ, देशमाई दोङ, माईला पहराङ, हिरा झाक्री, जिते झाँक्री रहेका छन् ।