पूर्वमन्त्री बस्नेतले नै अस्विकार गरे पिसिआर परिक्षण

साउन २९, बाह्रबिसे (सिन्धुपाल्चोक) । पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पिसीआर परिक्षण गर्न अस्विकार गरेका छन् ।
हिजो जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारी सहति स्वाब संकलनको लागि बस्नेतको निबास पलाँती पुगेका स्वास्थ्य टोलीलाई नमुना स्वाब दिन अस्विकार गरेका हुन् । स्वास्थ्य टोलीले पूर्वमन्त्री बस्नेत, उनका परिवार र नजिकका नातेदार सहित ३५ जनाको स्वाब संकलनको लागि हिजो बाह्रबिसे पुगेको थियो । शुक्रबार निधन भएका पूर्वमन्त्री बस्नेतका बुबामा कोरोना संक्रमण भएको जनस्वास्थ्य निर्देशनालयले पुष्टि गरे संगै जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले मृतकका कन्ट्रयाक ट्रेसिङमा रहेका व्यक्तिहरुको खोजी गरि पिसिआर पक्षिणका लागि स्वाब संकलन गर्न थालेको हो । स्वास्थ्य कार्यालयले पहिलो चरणमा मृतकका आफन्त र नजिकका व्यक्तिहरुको स्वाब संकलन गर्न खोजिए पनि पूर्वमन्त्री बस्नेतको परिवार बाहेक २१ जनाको स्वाब संकलन गरि फर्किएको हो ।

पिसीआर संकलन गर्न पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नमानेको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले सिन्धुज्वालाई वताए । बस्नेतका अरु परिवारले दिए पनि बस्नेतले भने नदिएको नगर प्रमुख शेर्पाले जानकारी दिए । संक्रमित भनिएका मृतकका छोरा बस्नेतले पिसिआरको लागि स्वाब संकलन गर्न नमान्दा बाह्रबिसे नगरलाई नै समस्या भएको मेयर शेर्पाले बताए । अस्पतालले विज्ञप्ति जारी गरेपछि मात्र बस्नेतले स्वाब संकलन गर्न दिईने आफुले जानकारी पाएको उनले बताए । ‘उनीहरु बीचको कुरा नमिल्दा हामी नगरपालिका र नगरबासीलाई अपठ्यारो बनाउन राम्रो होइन’, मेयर शेर्पाले भने । एकहजना व्यक्तिको कारणले गर्दा जनतालाई आतंकित गर्न नहुने उनको तर्क छ । जनमानसमा संत्रास फैलन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । हिजो गरिएको स्वाब संकलनमा बस्नेतको दाजुभाईले गर्न अनुमति दिएपनि बस्नेतको परिवारले भने गर्न नदिएको मेयर शेर्पाले बताए । यस सन्दर्भमा जिल्ला जनस्वास्थ्य दुर्गादत्त चापागाईसंग बुझ्दा उनले पहिलो चरणमा ३५ जनाको पिसिआर परिक्षणका लागि संक्रमित भनिएका मृतकका नजिकका व्यक्तिहरुको स्वाब संकलन गरिएपनि २१ जनाकै मात्रै भएको जानकारी दिए । ‘उहाँहरुले हामीलाई विवरण नै दिनुभएन, हामीले करिब ३५ जना संकलन गर्ने अनुमानित खाका बनाएका थियौं’ स्वाथ्य प्रमुख चापागाइले भने ।
स्वास्थ्य प्रमुख चापागाईका अनुसार पूर्व मन्त्री बस्नेतले अनुमतिको लागि दुईवटा शर्त राखेका थिए । ‘क्रियापुत्रीले यतिबेला अरुलाई छुन मिल्दैदन, गर्ने नगर्ने हामी गुरुहसंग सल्लाहा गछार््ै मृत्यु र स्वाब व्यवस्थापनका सन्र्दमा केही गलत सन्देश मिडियामा आको छ । त्यसले हामीलाई चित्त दुखाएको छ’, बस्नेतको भनाई उद्वृत गर्दै स्वास्थ्य प्रमुख चापागाईले भने । पूर्वमन्त्री बस्नेतले आफुसंगको भेटमा अस्पतालबाट जर्वजस्ती ल्याएको कुराहरु तथा व्यवस्थापनमा ध्यान नदिएको भन्ने कुराहरुलाई अस्पलालले प्रस्ट पार्न पर्यो भनेको उनले बताए । समाजमा यो कुराले केही समस्या पारेपनि आफुले माथिल्लो निकाय सामाजिक विकास मन्त्रालयमा यस विषमा जानकारी गराएको उनले बताए । सामाजिक विकास मन्त्रालयको जे निर्देशन आउँछ सोही अनुसार अघि बढ्ने उनले जानकारी दिए ।
हिजो स्वाब संकलन गरि पठाईको २१ जनाको रिपोर्ट एकदुईदिन भित्रै आउने स्वास्थ्य प्रमुख चापागाईले जानकारी दिए ।
स्मरण रहोस शुक्रबार निधन भएका पूर्वमन्त्री बस्नेतको बुबाको सुनकोशीमा हजाज भन्दा माथि स्थानीयको सहभागितामा दाहासंस्कार गरिएको थियो । मृतकमा संक्रमण भएको पुष्टि भएपछि बाह्रबिसेका स्थानीयमा समेत संत्रास फैलिएको छ ।