बस्नेतकाे काेराेना पुष्टि, नेताले नै संयमता नअपनाउदा जनतालाई सास्ती

सिन्धुपाल्चाेक) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

८४ वर्षीय खड्गबहादुरको साउन २२ गते काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो । उनको अन्तिम दाहासंस्कार भइसकेपछि मंगलबार कोरोना पुष्टि भएको हो ।
उपचारका क्रममा तीन दिनसम्म आईसीयुमा रहेका खड्गबहादुर बस्नेतको मिर्गौलाको समस्याका कारण मृत्यु भएको जानकारी आफन्तले दिएका थिए ।
बाह्रबिसेमा खड्गबहादुरको अन्त्यष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा १५ सयभन्दा धेरै सहभागी भएका थिए ।
काेराेना माहामारीकाे बेला यति ठूलाे संख्यामा मलामी भेला हुने कुरा सरकारी नियमकाे अवेज्ञा थियाे । पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका माेहनबहादुर बस्नेतले धेरै भेला नहुन अनुराेध नगरिएकाे बाह्रबिसेका स्थानीय बताउछन् । उसाेत पूर्वमन्त्री बस्नेतले लकडाउनकाे बेलामा राहतकाे नाममा मानिसकाे भिड जम्मा पारेकाे अाराेप समेत लागेकाे छ ।
बस्नेतकाे बुबाकाे काेराेना पुष्टि भएसंगै मलामी गएका सिन्धुपाल्चोकका हजार भन्दा बढी मानिसको संक्रमित भएको हुन सक्ने अनुमान गरिएकाे छ । यति धेरै संख्यामा अाशंका गरिए पनि पहिलाे चरणमा मृतकका अाफन्तकाे पिसिअार परिक्षण गरिने जिल्ला स्वास्थ कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाइँले बताए । उनका अनुसार हिजाेबाट एकसय भन्दा बढीकाे नमुना संकलन गर्न थालिएकाे छ । मलामी गएकाहरूको खोजी गरेर नमूना परीक्षण गरिने उनले बताए । यसैगरी बाह्रबिसे नगरपालिकाले वडा नम्बर २ मा सिल गरिएको छ ।

पूर्वमन्त्री बस्नेतका पिताको मृत्युपछि कांग्रेससहित अन्य दलका पनि कयौँ नेता कार्यकर्ता मलामी तथा मृतकका परिवारलाई भेट्न गएका थिए ।
मलामी गएका सबैलाई सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । बस्नेतको निधनपछि नेकपा अनुशासन आयोगका प्रमुख अमृत बोहोरा र पूर्वमन्त्री शेरबहादुर तामाङलगायत सिन्धुपाल्चोक स्थानीय तहका प्रमुख, राजनीति दलका नेता कार्यकर्ता लगायत भेटघाटमा पुगेका थिए ।