नेपाल शेर्पा मुक्ति माेर्चाले ग¥यो मृतकका परिवारलाई आर्थिक सहयोग

तातोपानी, सिन्धुपाल्चोक । नेपाल शेर्पा मुक्ति माेर्चाले भाेटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ ।
तीन साता अघि भोटेकोशी बाढीपहिरोमा परि ज्यान गुमाएका परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको नेकपा भोटेकोशी गाउँपार्टीका अध्यक्ष तथा जिल्ला सदस्य आङछिरी शेर्पाले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार शेर्पा समाजले भोटेकोशी वडा नम्बर ४ फुलपिङकट्टीका पाँचजना मृतका परिवारका सदस्य गेन्जेन शेर्पालाई २५ हजार, वडा नम्बर ५ बुल्कोटको ३ जना मृतकको परिवारको सदस्य फुर्पा शेर्पालाई २७ हजार आर्थिक सहयोग प्रदान गरिएको हो । फुर्पा हेम्स अस्पतालमा उपचारर्थ रहेका छन् । त्यसैगरी ५ का अर्को परिवारलाई पुनः २५ हजार सहयोग गरिएको शेर्पाले जानकारी दिए ।
सो आर्थिक सहयोग भोटेकोशी गाउँपालिका उपप्रमुख दाबुटी शेर्पा र पालिका पार्टी अध्यक्ष, सचिव वडा पार्टी अध्यक्ष, सचिव सहितको उपस्थितमा हस्तान्तरण भएको हो ।