जुगलमा कन्ट्रयाकट्रेसिङमा रहेका ३८ जनाको स्वाब संकलन गरियो

साउन २६, ढाँडे (सिन्धुपाल्चोक) । जुगल गाउँपालिकाले कन्ट्रयाकट्रेसिङमा रहेका ३८ जनाको नमुना स्वाब संकलन गरेको छ । जुगलमा कोरोनाका आशंकमा ३८ जनाको स्वाब संकलन गरि केन्द्रीय प्रयोगशाला टेकुमा पठाईएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार जुगल गाउँपालिकाकै दुई शिक्षकलाई कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको कन्ट्रयाकट्रेसिङ गरी स्वाब संकलन गरिएको हो । दुई शिक्षक गत १६ गते सल्यानबाट आएका थिए । उनीहरुको थानकोटमा गरिएको स्वाब परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । उनीहरु मध्ये एकको टेकु अस्पतालमा र अर्का शिक्षकको चौतारा अस्पतालमा उपचार भैरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार आईतबार सोमबार गरिएको स्वाब संकलन रत्न राज्य माविमा १८ जनाको र बराम्ची तथा ढाँडेमा गरी २० जनाको लिएको हो ।
उनीहरुको केही दिन मै रिपोर्ट आउने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईले बताए ।