चीनको नेलम काउन्ट्रीले सिन्धुपाल्चोकलाई स्वास्थ्य सामग्री प्रदान गर्दै

साउन २७, चौतारा (सिन्धुपाल्चोक) । चीनको नेलम कान्ट्रीले सिन्धुपाल्चोक जिल्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने भएको छ । कोरोना रोकथाम तथा निन्त्रणका लागि छिमेकी जिल्ला सिन्धुपाल्चोकलाई चीनको नेलम काउन्ट्रीले अहिलेसम्मकै ठूलो सहयोग गर्ने भएको छ । बुधबार मितेरी पुलमा सो सहयोग सामाग्री तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री मार्फत हस्तान्तरण गर्ने भएको हो । तिब्बतको नेलम काउन्टीले सिन्धुपाल्चोकको लागि २८ सय पीपीइ सेटसहित पाँच हजार मेडीकल ह्याट तथा जुत्ता कभर, पञ्जा दुई हजार थान सहयोग गर्ने भएको हो । यससँगै नेलम काउन्टीले पञ्जा दुई हजार थान, आइसोलेसन मास्क् दुई हजार थान, एन ९५ मास्क र मेडीकल मास्क पाँच हजार थान दिने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनकारी गराएको छ ।

त्यस्तै चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगको लागि भिटीएम दुई हजार थान र पीसीआर रिएजेन्ट दुईहजार थान सहयोग गर्दैछ । जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा कोरोना महामारीले उच्च रुप लिदै गरेको अवस्थामा नेलम काउन्ट्रीले गरेको यो सहयोग तेस्रो पटक हो । यो अहिलेसम्म नेलम काउन्टीले गरेको सहयोग मध्येकै ठूलो सहयोग भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
उक्त सामग्री लिन भोली तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री मितेरी पुलसम्म पुग्नेछन् । भन्सार प्रमुख खत्रीका अनुसार उनलाई चीनियाँ अधिकारीले मितेरी पुलसम्म स्वास्थ्य सामाग्री ल्याईदिनेछन् ।