प्रदेश सांसद हुमागाई सुरक्षाकर्मी लिएर पुगे बाढी,पहिरो क्षेती ग्रस्त क्षेत्र

रबिन दनुवार
साउन २३, मण्डनदेउपुर (काभ्रे)। जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ मा प्रदेश सभा क्षेत्र नम्बर २ का सांसद बसुन्धारा हुमागाई सुरक्षाकर्मी सहितको टोली लिएर बाढी , पहिरोले ग्रसित क्षेत्र अंधेरी मा पुगेका छन् ।
बाढी , पहिरोले निम्त्याएको समस्याको समाधान गर्ने हेतुले सांसद बसुन्धारा हुमागाई सुरक्षाकर्मी सहितको टोलि लिएर अधेरी बस्तीमा पुगेका हुन् ।

अबलोकनकै सिलसिलामा बिकासकै निम्ति पहाडमा रहेको बस्तीहरुमा सडक पुर्याउन खोलिएको सडकले गर्दा उक्त सडक निर्माण गर्दा अपनाउन पर्ने विधि पुर्वाधारहरु नअपनाएको हुनाले नाला व्यवस्थापन हुन नसके पछि जहाँ तहि बाट पानी बग्ने भएकोले गर्दा तल तल रहेको अंधेरी बस्ती पहिरोको जोखिममा परेको प्रदेश सभा सांसद बसुन्धारा हुमागाईले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार ढाँडखोला नदिलाई निर्बाध रुपमा बग्न नदिएर नदि छेउछाउमा हेपाहा शैलीमा बगरलाई खेत बनाउने प्रवित्तिले गर्दा बाढीले खेत बगाएको उनले बताए ।
बाढी, पहिरो क्षेति ग्रस्त क्षेत्र अबलोकनका लागि माननीय लक्ष्मण लम्साल, बसुन्धारा हुमागाई,मण्डनदेउपुर नगरपालिका मेयर टोक बहादुर वाइबा , वडा अध्यक्ष डिल्ली प्रसाद आचार्य , बिद्यार्थी युवा नेता एवम् समाजसेवी नवराज ढकाल , युवा नेता गणेश भण्डारी , अर्जुन आचर्य लगायत सरोकारवालाहरुको बाक्लो उपस्थिति थियो ।
बाढी, पहिरोलाई मध्ये नजर गर्दै तत्कालका लागि केन्द्र सरकार ,प्रदेश सरकार र स्थानीय सरकार सँग छलफल गरि दुई किसिमको अल्पकालीन र दिर्घकालीन योजना बनाएर काम अगाडि बढाउने सांसद हुमागाईले बताए ।
उनका अनुसार अहिलेको समयमा मात्र नभई दिगो हुने गरि नगरपालिकाले खोलाको मापदण्ड छुट्याएर मात्र खेतीयोग्य जमिन निर्माणमा अनुमती दिदा बाढीले खेत बग्न बाट जोगिने र पहिरो लाई पनि मध्ये नजर गर्दै पहिरो संभावित क्षेत्र छुट्याएर मानव बस्ती योग्य अयोग्य छुट्याउदा यदि पहिरो आइहाले पनि मानव क्षेति र बस्ती जोखिम नहुने उनले बताए ।
सरोकारवालाहरुको बाक्लो उपस्थित भएको हुनाले प्रत्यक्षे सरोकारवालाहरु सँग आफ्ना माग राख्न पाउदा माग पूरा हुन्छ भन्ने अास गर्दै स्थानीय सुदर्शन ढकालले खुसि समेत व्यक्त गरे।
उनका अनुसार माननीय ज्युहरुले नगर प्रमुखले प्रतिबद्धता गरेअनुसार माग पूरा हुने बिश्वास गरेको उनले बताए ।