
हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत, पहिरोले बस्ती पुरिने सम्भावना

रबिन दनुवार
साउन २२,मण्डनदेउपुर (काभ्रे)।जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ अधेरीमा रहेको हजारौं खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने पहिरोले समेत घर पुरिने सम्भावना रहेको छ।
गए राति परेको अबिरल बर्षाका कारण आएको ढाँडखोला बाढीले गर्दा हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको हो भने सयौं घर पहिरोले पुरिने सम्भावनामा रहेको हो।
अबिरल वर्षाका कारण राति करिब १० बजेको समयमा आएको ढाँडखोला बाढीले गर्दा हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको स्थानीय बासि सुदर्शन ढकालले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार हजारौं खेत बगरणमा परिणत मात्र नभएर अनुमानित सयौं घरहरु समेत पहिरोले पुरिने सम्भावनामा रहेको छ । एक घरको दैलोमा भने पहिरो खसी सकेको अबस्था रहेको उनलेे बताए।
चुरिथुम्कामा खेती बालि लैजानका लागि सडक नभएकोले गर्दा स्थानीयकै पहलमा खेती किसानि नामक नाम लिएर खोलिएको सडकको ट्रयाकका कारणनै भिर पहरा छेद बिछेद भएकोले गर्दानै पहिरो खसेको आशंका रहेको स्थानिय दशरथ ढकालले बताए ।
गए राति अधेरी लगायत सिपाघाट बजार सम्ममा बाढी पहिरोले गरेको क्षेती प्रति गम्भीर रुपमा ध्यानाकर्षण भएको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्यले सिन्धुज्वालालाई जानकारी दिए।
उनका अनुसार पहिरोले घर पुरिएको छ भन्ने जानकारी पाउनासाथ तुरुन्तै बिहान ६ बजे देखिनै आएर क्षेती ग्रस्त क्षेत्रहरुमा निरिक्षण गरि आवस्यक पहिरोले अबरुद्ध सडक खोलिएको र पुरिएको घर निकालिएको अध्यक्ष आचार्यले बताए ।
उनका अनुसार खेत संरक्षणका लागि तत्काल काम गर्न नसके पनि आगामी दिनहरूमा खेत संरक्षणको बिषयलाई निरन्तरता दिइने उनलेे बताए ।