मेलम्चीमा पहिरो आठ जना बेपत्ता एकको उद्धार

रबिन दनुवार
साउन १९, मेलम्ची (सिन्धुपाल्चोक)। जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरो खस्दा आठ जना बेपत्ता भएका छन् भने एक जनाको जीवितै उद्धार भएको छ।
गए राति परेको भारि बर्षाका कारण पहिरो खस्दा कभर्डहल निर्माण गर्ने कामदारहरुलाई पुरेको हो।

पहिरो खसेर नागरिकहरु पुरेको छ भन्ने जानकारी पाउनासाथ तुरुन्तै घटना स्थल पुगेर उद्धार कर्य गर्दा नौ जना मध्ये एक व्यक्ति जीवितै उद्धार गरेको र आठ जना बेपत्ता रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले सिन्धुज्वालालाई जानकारी दिए।
उनका अनुसार बेपत्ता रहेको आठ जनाको तिब्र गतिमा खोजीकर्य भईरहेको छ खोजीकर्य भइरहेको हुनाले थप विवरण आउन बाकी रहेको उनलेे बताए