नगरप्रमुख शेर्पाको पहलमा जम्बु बाटो जोडियो
साउन १८, बाह्रबिसे (सिन्धुपाल्चोक) । तीन साता अघि देखि बाढी र पहिरोको कारण अवरुद्व बनेको अरनिको राजमार्ग अन्र्तगत जम्बु सडक पूर्ण रुपमा सुचारु बनेको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको विशेष पहलमा बाढी र पहिरोको कारण खण्डित बनेको जम्बु तथा खागदल सडक दुईसाता देखिको पहलमा हिजोबाट ट्रयाक जोडिएको हाे ।
भोटेकोशीले कटान गरेको जम्बु सडक हिजोबाट जोडिएपछि दर्जनौ यातायातका सवारी साधन आवतजावत गरेको नगरप्रमुख शेर्पाले सिन्धुज्वालालाई जानकारी दिए । ’हामीले हिजोबाट छुट्टिको सडकको ट्रयाक जााेड्यौं‘, नगरप्रमुख शेर्पाले भने । नगरप्रमुख शेर्पाका अनुसार हिजोबाट ट्रयाक जोडिएको भएपनि आज सडकलाई यातायातका सवारीसाधन सहज रुपमा गुड्न सडक सफा गरिएको हो । हिजो मात्रै तीनदर्जन भन्दा बढी सवारीसाधन जम्बुवाट ओहोरदोहोर गरेको शेर्पाले बताए ।
जसमा मालबाहक ट्रक, स्याउ, लसुन तथा लत्ताकपडा बोकेको कन्टेनर भ्यान तथा प्राईभेट सवारीसाधनहरु अाेहाेरदाेहर गरेका छन् ।
करिब एक महिनाअघि देखि बाटो अवरोधका कारण जम्बु पारी नै थन्किएका ट्रककन्टेर भ्यान समेत ओहोर दोहोर गर्न थालेका छन् । एकमहिना अघि देखि थन्किएका लोड गरिएका ट्रक कन्टेनर पास भएपछि व्यवसायीहरु निकै उत्साहित भएका छन् । उनीहरुले मेयर शेर्पालाई धन्यवाद सहित सम्मान गर्ने समेत बताएका छन् ।
अरनिको राजमार्ग अन्र्तगत जम्बु सडक खण्ड सुचारु गर्न बाह्रबिसे नगरपालिका निमफुञ्जो शेर्पाको पहलमा बाह्रबिसे नगरपालिका, सडक विभाग, नेपाल ट्रक कन्टेनर संघ, मध्यभोटेकोशी आयोजना र जुरे क्रसरको संयुक्त सहयोगमा स्काभेटर, जेसिबि, टिपर प्रयोग गरी सडक सुचारु गरिएको थियो ।
वर्षा सकिएसंगै सडकको स्तर उन्नती समेत गर्न पहल गरिने मेयर शेर्पाले जानकारी दिए ।