भोटेकोशीले बगाउँदाबगाउँदै यसरी बाँचे सुवेश …

दुई किलोमिटर बगाएर बाँचेका सुवेशको यस्तो छ डरलाग्दो काहानी
दिनेश दुलाल
सुवेश तामाङलाई अहिले सपना जस्तो लाग्छ । कसरी बाँचे उनी उनीलाई समेत पत्तो छैन् । भयांकर मृत्युको त्रासदीमा रुमल्लिएका उनी झण्डै–झण्डै मृत्युको मुखमा पुगेर बाँचेका छन् । आफुलाई कसले बचायो त्यो पनि थाहा छैन सुवेशलाई । जब उनी हेम्स हस्पिटलमा भर्ना भए । केही दिन पछि मात्र होसमा आएका सुवेशले आफु अस्पतालमा भर्ना भएको अवस्थामा पाए । बाह्रबिसे नगरपालिका अन्र्तगत जम्बुमा ग्याल्बो खोलाको लेदो सहितको बाढीले उछिट्टिएर भोटेकोशीले झण्डै २ किमी बगाएर पनि बाँचेका सुवेश अपवादमा बाँच्न सफल भएका जिउँदो ईतिहास हुन् । आफ्नो अन्य परिवार समेत गुमाएका सुवेशले जिंदकीभर त्यो भयांकर डरलाग्दो त्रासदी भने कहिल्यै भुल्ने छैनन् । धन्न उनले श्रीमति गुमाएनन् । उनकी श्रमति भावना अधिकारी मुश्किलले बाँच्न सफल भईन । बाबु आमा आफु सानै छँदा गुमाएका सुवेशले आफुलाई सानै देखि हुर्काएका दाजुभाउजु समेत गुमाए । आफु बाँच्न सफल भएपनि दाजु भाउजु गुमाउनु पर्दा उनलाई साह्रै पिडा छ । सुवेशका दाजुभाउजु लगाएत जम्बुका १८ जना अझै पहिरोमा पुरिएका छन् । लाश समेत भेटिएको छैन् । पहिरोमा परेर भोटेकोशी बाढीमा दुई किलोमिटर बगेका उनलाई जीवनदान कस्ले दियो उनलाई थाहा थिएन । जब उनी होसमा आएपछि थहा पाए उनलाई जीवनदान दिने बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पा, युवासंघका सुरेनविक्रम योञ्जन तथा हेलिकप्टेर चार्टर गरेर हस्पिटल पु¥याउन पहल गर्ने सभामुख अग्नि प्रसाद सापकोटा रहेछन् । आफुलाई सहयोग गर्ने प्रति उनले आभार प्रकट गरे ।

कसरी बाँचे सुवेश ?
त्यो दिन अर्थात असार २४ गते बेलुका आफ्नै घर जम्बुमा सुवेश लगाएत उनको परिवार खाना खाएर सुतेका थिए । आफ्नी श्रमती भावना संगै सुतेका सुवेशले अन्जाजी ११ वजेको समयमा घर माथि एक्कासी ठूलो आवाज आएको मात्र सुन्न भ्याए । त्यसपछि के भयो उनलाई पनि हेक्का छैन् । उनी पहिरोले उछिट्टिएर भोटेकोशीमा पुगेका थिए । भोटेकोशीले उनलाई दुईकिलोमिटर बगाएको थियो । उनी त्यतिबेला सम्म बेहोस भईसकेका थिए । ’त्यसपछि के भयो थाहा छैन‘, सुवेशले मन्द श्वरमा भने । भोटेकोशी बाढीको गेग्रेनी सहितको चट्टान संगै उनलाई बगाउँदा उनको शरिर चोटैचोटले थिलो–थिलो भईसकेको थियो । ‘कहाँ दुख्यो भन्नु जताततै चोटैचोट छ’, सुवेशले निलडाम र चोटै चोट लागेको शरिर देखाउँदै भने । त्यतिबेलाको घटना सम्झना आफुलाई बेला–बेलामा झस्काउने गरेको उनी बताउँछन् । त्यो दिनको घटनालाई कसरी व्यक्त गर्नु हुन्छ ? भन्ने जिज्ञासामा सुवेशले बोल्न सकेनन् उनको बोली नै अड्कियो । उनका आँखाबाट आँशु टिलपिलाए । मन्द श्वरमा उनले भने–‘खै कसरी व्यक्त गरौं ।’ उनको घर सम्मति त पहिरोमा गयो गयो । दाजु भाउजु समेत उनले गुमाए । उनीसंग सिर्फ भावना छिन् । उनै भावनाले उनको मन थामिएको छ । उनीभन्दा बढि पीडामा सबै परिवार गुमाएर एक्लो जीवन बाँचेका कति छन् कति त्यहि हेरेर आफुलाई थुमथुम्याएका छन् सुवेशले । ‘भावना पनि नभईदिएको भए…..’ उनको बोली अड्कियो । उनको आशय भावना समेत नभईदिएको भए उनी पनि यसधर्तिमा रहने थिएन । उनी अब केही दिनमै हस्पिटलबाट डिस्चार्ज हुँदैछन् तर अब बाँचेर पनि कसरी जिउने उनले केही सोच्न सकेका छैनन् ।

सुवेश लगाएत पहिरोमा परि घाईते भएकाहरुलाई भेट्न हेम्स हस्पिटल पुगेका बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाले कुनै फिर्की नगर्न र भावनालाई जागिर लगाईदिने बचन दिएपछि उनले मन अड्याएका छन् । ‘उनकी श्रमति भावनालाई रोजगारी दिन्छु,’ मेयर शेर्पाले भेटघाटमा भनेका थिए । मेयर शेर्पाका अनुसार विरामीको सम्पूर्ण उपचार खर्च समेत नगरले व्यहोर्ने बताईसकेको छ ।
एकैरात एउटै पहिरोमा गाउँका दर्जनौं वेपत्ता भए। ३ को मृत्यु भयो । सुवेश समेत भोटेकोशी बाढीको लपेटामा परेर बाँच्न सफल भए तर उनललाई त्यो रातको घटना जीवनभरी कहिल्यै नबिर्सने अविस्मरणीय दुःखद् क्षण भएको छ । भोटेकोशी बाढीपहिरो उनी लगाएत जम्बुका प्रत्येक पीडितलाई कहिल्यौ नमेटिने ईतिहासको कालजयी घटना बन्यो । तब त सुवेश भन्छन्– ‘कसैगरी विर्सन सक्दिन त्यो दुःखद् घटनालाई ।’