एकघर एक धारो अभियानमा प्रभावकारी बन्दै २ नम्बर वडा

साउन ४, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ को एकघर एकधारो अभियान पुरा हुने भएको छ ।
जनहित ग्रामिणसेवा समितिद्वारा थालिएको खानेपानी आयोजनाको काम निर्माणको काम अन्तिम चरणमा पुगेसंगै बतासे शेराफाँटका जनतालाई राहत पुग्ने भएको छ । वडाभरी जनतालाई एकघर एकधारो निर्माण गर्ने लक्ष्य राखेको उक्त वडाले आगमी ६ महिना भित्रमा घरघरमा धारो पु¥याईछाडिने वडा नम्बर २ का वडाअध्यक्ष दिपेन्द्र थापाले सिन्धुज्वालालाई बताए । ’हामी अबको केही महिनाभित्र प्रत्येक घरमा धारो पु¥याई छाड्छौं‘, वडाअध्यक्ष थापाले भने ।
जनहित ग्रामिणसेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्माका अनुसार कुखुरे शेरा खानेपानी योजना नाम रहेको उक्त आयोजनाको कुल लागत ३७ लाख ९२ हजार रहेको छ । जसमा जनहित ग्रामीण सेवा समितिको ३० लाख र खानेपानी उपभोक्ता समितिको श्रमदान ७ लाख बयानब्बे हजार श्रमदान गर्नेछन् । यसका संरचनाहरु आरसीसी ट्याङकी २० घनमीटको रहने छ भने पाइपलाइन. ७ हजार मिटर रहने छ । लाभान्वित घरधुरीस् ८३ रहेको उक्त गाउँमा निजी धारा ८३ वटै रहनेछन् । हाल सम्म ९० प्रतिशत काम सम्पन्न भएको जनहितले जनाएको छ । यसका दाता कारितास जर्मनी र कारितास नेपाल हुन् ।

पहिलो चरणमा खानपानी आयोजना उक्त वडाको शेरा बतासेमा गर्न लागिएको वडाअध्यक्ष थापाले बताए । त्यसपछि दोस्रो चरणको समेत काम सुरु भईसकेको उनले बताए । अध्यक्ष थापाका अनुसार उक्त योजनाको लागि प्रदेश तथा संघीय सरकारबाट स्विकृत भएको ६ करोडको आयोजना बन्ने छ ।