मेलम्ची खानेपानी आयोेजनाको रवयाप्रति सरोकारवालाहरुले गरे आपत्ती

साउन ३, मेलम्ची -सिन्धुपाल्चोक_ । मेलम्ची खानेपानी आयोजनाले प्रभावित स्थानीयलाई वेवास्ता गरेको भन्दै सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।
आयोजनाको रबैया प्रती सरोकार वालहरुले शुक्रबार संयुक्त रुपमा प्रेस वक्तव्य नै जारी गरेर आपत्ती जनाएका हुन् । उपेन्द्र तामाङ–अध्यक्ष, ह्योल्मो समितिका उपेन्द्र तामाङ, याङ्ग्रीलार्केका गोपाल स्याङबो, ईन्द्रावती मेलम्चीका विष्णुमणी आचार्य, मण्डन उपत्यका शेरबहादुर डोटेल र ह्योल्मो खानेपानीका भालु शेर्पा–सामाजिक उत्थान कार्यक्रम संचालन समितिका अध्यक्षहरुले हस्ताक्षर गरेका थिए । संयुक्त प्रेस विज्ञप्ति सार्बजनिक गदै उनिहरुले स्थानिय जनप्रतिनिधि, त्यस क्षेत्रमा निर्वाचित सांसद र बर्षौदेखी सहयोगी भूमिका खेलेका सरोकारवाला समूहहरुलाई समेत जानकारी नदिई पानी पथनन्तरण गरिनुलाई आपत्तीको रुपमा लिएका छन् ।

आयोजना प्रती स्थानीय जनसमुदायमा गम्भीर सबालहरु उब्जिएको सरोकारवालाहरुको ठम्याई रहेको छ । उनिहरुले नेपाल सरकार, खानेपानी मन्त्रालय लगाएत आयोजना कार्यन्वयन गर्ने निकाय मेलम्ची खानेपानी विकास समितीलाई उल्लेखित मुद्दाहरुमा संवेदनसिल हुन र जिम्मेवार बन्न आग्रह समेत गरेका छन । हिजो जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ–’आयोजना हतारमा सक्ने बाहानामा सरकारी निकाएका प्रतिनिधिहरु स्थानीय जनतासंग अन्तरक्रियाबाट पन्छिन खोज्नु दुर्भाग्य भएको छ ।‘ आयोजनाले पानी पथान्तरण अगाबै प्रभावित क्षेत्रले पाउने लेबिको कानुनी सुनिश्चितता, सुप कार्यक्रमको निरन्तरता, पानी पथानान्तरण गर्दा खोलामा छाडिने मात्राको बिषयमा स्पष्ट पार्नुपर्ने सरोकार समितिको माग रहेको छ । त्यस्तै समुदायबाट आएका विकास निर्माणका मागहरुको सम्बोधन हुनुपर्ने, मर्कामा परेका सिएमसी पीडित मजदुर तथा सप्लायर्सको माग सम्बोधन गरिनुपर्ने, राष्ट्रिय अन्तरास्ट्रिय स्तरको विज्ञ प्राविधिक टोलिबाट अध्ययन गराएर मात्रै पानी पथानान्तरण गरिनुपर्ने रहेको छ । त्यसै गरि मुहान माथिको बस्तीलाई यथास्थानमै सुरक्षित बसोबासको प्रत्याभूती गराउनुपर्ने, याङग्री लार्के सुरु गर्नुपर्ने, माग राखेको छ सबै प्रभावित स्थानीय तह, जनप्रतिनिधि सरोकारवाला समुहहरुको समन्वयमा मात्रै योजना सफल हुने उल्लेख छ । उल्लेखित मागहरुको उचित सम्बोधन नगरी जबर्जस्ती गर्न खोजे त्यसबाट उत्पन्न हुनसक्ने परिणामको जवाफदेहिता समेत स्वयं आयोजनाले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ संयुक्त प्रेस वक्तव्य

मेलम्ची याङ्ग्रीलार्के खानेपानीप्रभावित क्षेत्र सरोकार समितिहरुको तर्फबाट
मिति२०७७।०४।०२गते ।

संयूक्तप्रेस वक्तब्य
यहिमिति२०७७।०३।३० गते मेलम्चीखानेपानीआयोजनाको सुरुङको परिक्षणको क्रममा हेलम्बु गाउँपालिका–१ अम्वाथान स्थित १७ नं. गेट अकस्मातभत्कँदा २ जना मेलम्चीखोलामावगाई बेपत्ताभएको र २ जना सख्त घाईते भएको घटनाले यस मेलम्चीखानेपानीआयोजना सम्बद्ध सरोकार समितिहरुको समेत गम्भिर ध्यानाकर्षण भएको छ । यस दुखद घटनामा परि घाईते हुनुभएकामेलम्चीखानेपानीविकास समितिका ईन्जिनियर शेखर खनाल र हेलम्बू गा.पा. वडा नं. १का स्थानीयमजदुर पेम्वादोर्जे लामाको शिघ्र स्वास्थ्यलाभको कामनागर्दछांैं । साथै उक्त घटनामा परि ज्यानगुमाउने कर्मचारीहरुमाभावपूर्णश्रद्धाञ्जली सहितशोक सन्तप्तपरिवारहरुमाहार्दिक समवेदनाव्यक्तगर्दछौं ।
गतआषाढ २१ गते सुरुङ परीक्षणको नाममाआयोजनाको मुहानस्थलमागरिएको पूजाआजाकार्यक्रममाजननिर्वाचितस्थानीय सरकार, यस क्षेत्रबाट निर्वाचितमाननीयहरु र बर्षौ देखि आयोजनाकै सहयोगीभूमिकामा रहेकाहामीस्थानीयसरोकार समितिहरुलाई समेतथाहानदिईहतार हतार पानीपथान्तरणगरिनुले आयोजनाप्रतिस्थानीयजनसमुदायमा केहि गम्भिर सवालहरुसमेत खडा भएको छ ।
१. मेलम्चीखानेपानीआयोजना काठमाडौं उपत्यकाबासीको बर्षौ देखिको सपनाहो भने मेलम्ची भेगकासिन्धुबासीहरुको अस्तित्व र भविष्यसँगजोडिएको सवालपनिहो । तर विगतकाअस्थिर सरकार, आयोजनाप्रतिचरम राजनितिकरणअनिआयोजनाकोआफ्नै कमजोर व्यवस्थापनले वीसौं बर्ष देखि आयोजनालम्विरहेको छ तर दोषको भारीजति सवै स्थानीय समुदायले खेपिरहनु पर्ने हो ?
२. मेलम्चीआयोजनाको लोगोमै स्पष्ट लेखिएको छ “मेलम्चीसमृद्धिको लागिआवश्यक” । तर प्रभावितक्षेत्रकाजनताले आयोजनापथान्तरण अगावै स्थानीयपूर्वाधारहरुको विकास र लेभीकोकानूनी सूनिश्चितताकोमागगर्नु के अपराधहो?
३. मेलम्चीआयोजनाशुरुवातभएकोबर्षौ भयो । आयोजनाको मूहानआसपासका बस्तीहरुमा स्थानीयह्योल्मो आदिबासी समुदायको बसोवास रहेकोजगजाहेर छ ।स्थानीयमान्यताअनुसार उक्त क्षेत्र “गूरु रिम्पोक्षे”को तपोभूमीहो । यसर्थ सो क्षेत्रमापशुवलीप्रथावर्जित छ तर सुरुङ परीक्षणको नाममापशुवलीदिनै पर्नेकारण किनप¥यो ?समाजशाश्त्रीय दृष्टिकोणबाट अध्ययनगरि सुझाव प्रस्तुतगर्ने विज्ञ जनशक्तिहरु यस आयोजनासंग छैनन?
४. सुरुङ निर्माणको लागिबिगतमा३ वटा निर्माण कम्पनीहरुले काम गरेको वुझिन्छ (जस्तै ः चाईना रेल्वे १५ ब्यूरो, सिएमसी र हालसिनोहाईड्रो) । यद्यपीसुरुङ निर्माणको गुणस्तरबारे वेला वेलामाप्रश्नचिन्हहरु उठ्ने गरेका छन् तर सुरुङको गुणस्तरको अवस्था,भौगर्भिक जटिलता र खराबमौसमको पूर्वानुमान र विस्तृत अध्ययन नैनगरि हतार हतार सुरुङमापानीकिनहालियो ?यदिआयोजना सम्पन्नताको श्रेय लिनकोही कसैलाई हतार भएरै छिटोे छिटो परीक्षण गर्नुपरेको होभने यस्ता दुखद घटनाहरुको नैतिकजिम्मेवारी लिनुपर्छ कि पर्दैन ?यस्तै घटना ग्याल्थुम र सिन्धु अडिटमापनि दोहोरियो भने त्यसवाट हुनसक्ने धनजनको क्षतिको पूर्वानुमानआयोजनासंग छ कि छैन? साथै सो क्षेत्रमा दिर्घकालसम्म पर्न सक्ने असरहरुको जिम्मेवारी कसले लिने ?क्रमशः
अनुत्तरित प्र्रश्नहरु धेरै छन,यद्यपीआयोजना सम्वद्ध सरोकार समितिहरुको तर्फबाट हामी नेपाल सरकार, खानेपानीमन्त्रालयलगायतआयोजनाकार्यान्वयनगर्ने निकाय मेलम्चीखानेपानीविकास समितिलाई उल्लेखित मुद्धाहरुमा सम्वेदनशीलहुनजिम्मेवारीपूर्वकपूनःआग्रहगर्न चाहन्छौ ।
आयोजनाहतारमा सम्पन्नगर्ने वहानामा स्थानीयजनतासंगको अन्तरक्रियाबाट सरकारी अधिकारीहरु पन्छिन खोज्नु दुर्भाग्यहो ।हामी चाहन्छौ,आयोजनाको औपचारिक पथान्तरण अगावै प्रभावितक्षेत्रले पाउने लेभीको कानूनी सुनिश्चितता, सुप कार्यक्रमको निरन्तरता र पानीपथान्तरण गर्दा खोलामा छाडिने पानीको मात्राको विषयहरुमायथासिघ्र सम्वोधनगरियोस् । समुदायबाट उठाईदै आएकाविकास निर्माणकामागहरुको यथासिघ्र सम्वोधनगरियोस ।मर्कामा परेकासीएमसी पिडित मजदुर तथा सप्लायर्सहरुको उचित सम्बोधनगरियोस् ।राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरकाविज्ञ प्राविधिकटोलीहरुबाट अध्ययन गराएर मात्रपानीपथान्तरण गरियोस् ।मुहानमाथीका वस्तीहरुको यथास्थानमै सुरक्षितबसोबासको प्रत्याभूतिगरियोस् । याङ्ग्री र लार्के( मेलम्ची फेज–२) पनि छिटै शुरुवातहोस् ।यसो भएमामात्र संघ, प्रदेश र स्थानीयतहकाजनप्रतिनीधिहरु एवं स्थानीय सरोकार समितिहरुको सहयोग र सहजिकरणमाआयोजनासहजरुपमा सम्पन्नहुनेछभन्ने हाम्रो दृढ विश्वास छ ।
अन्त्यमा,हामी स्थानीयजनताको न्यायोचितहक,मूल्यमान्यताएवं पारस्परिक हितकाआधारमा मेलम्ची, याङग्री र लार्के खोलालाईऔपचारिक रुपमाविदागरि काठमाडौंकाजनताको खुशीदेख्ने व्यग्र प्रतिक्षामा छांै ।उल्लेखितमागहरुमाउचित सम्वोधननभई जबर्जस्तीपानीपथान्तरण गरिएमात्यसबाट उत्पन्नहुन सक्ने परिणामको जवाफदेहीता समेत स्वयं आयोजनाले नै लिनुपर्ने व्यहोरा पनि यसै विज्ञप्ति मार्फत सार्वजनिकगर्न चाहन्छौं ।
धन्यवाद
१. उपेन्द्र तामाङ–अध्यक्ष, ह्योल्मो सिन्धु मेलम्चीउपत्यका सामाजिकउत्थानकार्यक्रम संचालन समिति ।
२. गोपाल स्याङ्बो– अध्यक्ष, याङ्ग्रीलार्के स्थानीय सरोकार समिति ।
३. बिष्णुमणी आचार्य– अध्यक्ष, ईन्द्रावती मेलम्चीउपत्यका सामाजिकउत्थानकार्यक्रम संचालनसमिति ।
४. शेरबहादुर डोटेल– अध्यक्ष, मण्डन उपत्यका सामाजिकउत्थान समाज ।
५. भालु शेर्पा– अध्यक्ष, ह्योल्मो खानेपानी सरोकार समिति ।