नेकपाका कार्यकर्ताद्वारा बाढीपहिरो विपदमा सहयोग

साउन ३, फुलपिङकट्टी (सिन्धुपाल्चोक) । जिल्लाको भोटेकोशी गाउँपालिका नेकपाका स्थानीय कार्यकर्ताद्वारा बाढी पहिरो प्रभावितलाई सहयोग प्रदान गरेका छन् । स्थानीय गाउँपार्टी कमिटीका युवाहरुको संलग्नतामा बाढीपिडितको लागि सहयोग अभियान चलाईएको नेपाल कम्युनिष्ट पार्टी भोटेकोशी गाउँपाटीका अध्यक्ष आङछिरी शेर्पाले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार गाउँपार्टीमा आवद्व युवाहरुले दुई लाख ५० हजार बराबरको त्रिपाल, प्लाष्टिक, सोलार लाईट र पानी फिल्टर लगाएतका सामग्री वितरण गरेका हुन् ।

त्यसैगरी उनीहरुले बाढीपहिरोबाट अति प्रभावित लार्चामा बाढीपीडितलाई १ लाख, फुल्पिङकट्टी पहिरोमा परेका मृतकका परिवारलाई ३० हजार, तातोपानी विस्तापित परिवारलाई १० हजार र गाउँपालिका विपद कोषमा १० हजार नगद हस्तान्तरण गरिएको नेकपा जिल्ला कमिटि सदस्य समेत रहेका शेर्पाले जानकारी दिए । उनका अनुसार उक्त सामग्री तथा नगद् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलालाई हस्तान्तरण गरिएको हो । सामन्य सहयोग भएपनि स्थानीय जनप्रतिनिधिहरुलाई विपद्मा जवाफदेही हुनका लागि कोषमा पार्टीको तर्फबाट सहयोग गरिएको अध्यक्ष शेर्पाले बताए ।