घाईते भेट्न हेम्स पुगेका मेयर शेर्पाले भने–’नआत्तिनुहोस हामी छौं‘

साउन ३, काठमाडौं ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा शनिबार दिउसो धुम्बराई स्थित हेम्स हस्पिटल पुगे । त्याँहा बाढी पहिरोमा परि सक्त घाईतेहरुको उपचार भईरहेको थियो । आफ्नै पालिका भित्र जम्बुमा आएको बाढीपहिरोमा परेका ३ जना र पछिल्लो एकजना गरी चारजनाको उपचार हेम्समा भईरहेको थियो ।
घटना पछि ज्यादै जोखिम र कठिनाई झेल्दै युवाहरु परिचालन गरेर घाईतेहरुलाई उपचारका लागि काठमाडौं लैजान महत्वपूर्ण भूमिका निर्वाहा गरेका मेयर शेर्पाले बाढी पहिरोमा विस्थापितहरुको व्यवस्थापन गरी पुनः काठमाडौं आईपुगे ।

फोटोः सिन्धुज्वाला

बिरामीको अवस्था र उपचारका सन्दर्भमा जानकारी लिन जब मेयर अस्पताल पुगे त्यतिबेला घाईते बिरामीले निकै ठूलो राहतको महसुस गरे । सबै घाईतेलाई भेटसंगै मेयर शेर्पाले भने– ’नआत्तिनुहोस हामी छौं, अब केही हुन्न ।‘ मेयर शेर्पाले यसो भन्दा जम्बुमा पहिरोले भोटेकोशी नदिमा पु¥याएर पनि बाँच्न सफल सुभेष तामाङको गहभरी आँशु टिलपिलायो ।

फोटोः सिन्धुज्वाला

मेयर शेर्पाले सान्त्वना दिंदै भने–’अब बाँचेर केही गर्नुपर्छ ।‘ अस्पतालमा सबै घाईते बिरामीको अवस्था सुधारजनक देखिएपछि मेयर शेर्पा निकै खुशी देखिए । उपचार पछि बिरामीका आफ्न्तलाई मेयर शर्पाले बिल भरपाई पेश गर्न आग्रह गरे । बाढीपहिरोमा सक्त घाईते भएकालाई उपचार्थ नगरपालिकाले प्रतिव्यक्ति एकलाख दिने निर्णय भएको समेत उनले सुनाए । टाउकोमा गम्भिर चोट लागेका बाह्रबिसे नगरपालिकाकै वर्ष २७ का सुनिल तामाङलाई सोही अस्पतालको आईसियुमा राखिएको छ । उनी शुक्रबार बाढी आयो भनेर ज्यान जोगान भाग्दै गर्दा दुईतला माथिबाट खसेर गम्भिर घाईते भएका थिए । उनलाई स्थानीय जित श्रेष्ठले निजी एकलाख १५ हजार खर्च गरेर हेलिकप्टेर मार्फत हिजो नै काठमाडौं ल्याईपु¥याईएको हो । उपचार खर्च समेत आफ्नो व्यक्तिगत रुपमा गरेको उनले बताए । घाईते सुनिलको उपचारमा संलग्न डाक्टरबाट बिरामी खतरामुक्त रहेको जानकारी पाएसंगै मेयर शेर्पाले सुनिलकी बहिनी सोमा रानी लामालाई तत्कालको लागि ५० हजार सहयोग गरे । निको नहुँदा सम्म बिरामीको आवश्यक खर्चको जोहो गरिदिने उनले बचन दिलाए ।
स्मरण रहोस उक्त घटनामा बाढीपहिरोमा परेर तीनजनाको शव भेटिएको थियो भने २० जना अझै वेपत्ता छन् ।