चाैतारा सागाँचाेकगढी नगरपालिकाले गर्याे बाढीपीडितलाई सहयाेग
साउन १, बाह्रबिसे (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिकाले बाह्रबिसे र भाेटेकाेशी बाढीपहिराेमा परेकाे घटनालाई अार्थिक सहायता प्रदान गरेकाे छ । असार २४ गते रातिको अविरल बर्षाका कारण भोटेकोशी गाउपालिका र बाह्रबिसे नगरपालिकाको बिभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानबिय र भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै चाैसागढीले हिजाे एक कार्यक्रमका बीच प्रभावित दुई स्थानीय तहलाई नगद हस्तान्तरण गरेकाे हाे । जसअन्तर्गत भोटेकोशी गाउपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई रु ३ लाख गरि रु ५ लाख रकम हस्तान्तरण गरेकाे चाैतारा साँगाचाेकगढी नगरपालिकाका मेयर अामानसिं तामाङले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार भोटेकोशी गाउपालिकालाई २ लाख र बाह्रबिसे नगरपालिकालाई ३ लाखकाे चेक एक भेटघाट कार्यक्रम मार्फत हस्तान्तरण गिरिएकाे हाे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा अनुशासन बिभाग प्रमुख अमृत कुमार बोहरा, बागमती प्रदेशका उध्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण प्रसाद सापकोटा, नेकपा केन्द्रीय सदस्य माधव सापकोटा, नेकपा प्रदेश कमिटी सल्लाहकार तथा चौतारा सागाचोकगढी नगरपालिका प्रमुख अमानसिङ तामाङ, नेकपा प्रदेश कमिटी सदस्य सुबास कर्माचार्य, नेकपा प्रदेश कमिटी सदस्य झम्क पराजुली, मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल र उपप्रमुख भगवती नेपाल, नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्ला अध्यक्ष झम्क नेपाल लगायत नेकपा का नेता कार्यकर्ता हरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा मेलम्ची नगरपालिका ले पनि बाह्रबिसे नगरपालिका लाई रु ३ लाखको चेक हस्तान्तरण गरेको थियो । उक्त कायक्रम सङ्गै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरिएको थियो। स्थलगत अनुगमनका क्रममा प्रभावितहरुलाई यथासक्य छिटो सहयोग उपलब्ध गराउन र क्षतिग्रस्त भौतिक संरचना छिटो भन्दा छिटो निर्माण गराउन आवस्यक सहजीकरण गरिने सबैले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
हस्तान्तरण गरिएकाे चेक बुझ्दै बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जाे शेर्पाले अन्य पालिकाकाे मानीय सहयाेगले स्थानीय तहमा भाईचारा सम्बन्ध कायम भएकाे भन्दै धन्यवाद दिए ।
यसैबीच त्रिपुरासुन्दरी गाउँपालिकाले पनि बाढीपीिडतकाे लागि सहयाेग गर्ने निर्णय गरेकाे छ । बाह्रबसे
नगरपालिकालाई दुईलाख ५० हजार र भाेटेकाेशी गाउँपालिकालाइ ५० हजार सहयाेग गर्ने निर्णय भएकाे त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले जानकारी दिए । उक्त रकम अाज हस्तान्तरण गरिने उनले बताए ।