सिपाखोलाले बगाउँदा ५७ बर्षिय पुरुषको मृत्यु

असार २९, भोटसिपा (सिन्धुपाल्चोक)।जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ भोटसिपाका एक पुरुषलाई खोलाले बगाउँदा मृत्यु भएको छ ।
भोटसिपामा रहेको खहरे सिपाखोलाले बगाएर ५७ बर्षिय धावा लामाको मृत्युु भएको हो।
दिनहुँ भएको अबिरल बर्षाका कारण सिपाखोलाको चाप अत्यधिक रुपमा बढेकोले धान काट्न भनी खेतमा गएका ५७ बर्षिय धावा लामालाई खोलाले बगाएर मृत्यु भएको इन्द्रावती गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सिन्धुज्वालालाई बताए ।
उनका अनुसार उक्त व्यक्तिलाई बगाएको भनी खबर सुन्ना साथ तुरुन्तै उद्धार गर्नका लागि जादा निधन भइ लास अति तल पाखा लागि सकेको भेटिएको
उनलेे बताए।
अध्यक्ष लामाले आज भएका घटना प्रति दुख व्यक्त गर्दै सम्पूर्ण वडा बासिहरुलाई बाढी , पहिरो सम्भावित क्षेत्रमा सतर्क रहन अनुरोध समेत गरे ।