![](https://www.sindhujwala.com/wp-content/uploads/2020/07/received_299879928087036.jpeg)
पहिरो पीडित १४ घरपरिवारले पाए खाद्यन्न
![](https://www.sindhujwala.com/wp-content/uploads/2020/07/received_299879928087036.jpeg)
२९ असार
बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिका अन्र्तगतमा जम्बुमा परेका पहिरो पीडितका परिवारले खाद्यन्न पाएका छन् ।
बोधि सत्वा विहारकाे सहयोग तथा बाह्रबिसे नगरपालिकाको समन्वयमा बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का १४ घर परिवारका सदस्यहरुलाई वितरण गरिएको छ ।
पीडित परिवारलाई आज दिउसो बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले वितरण गरेका हुन् ।
‘हामीले पीडित परिवारको दैनिक अवस्थालाई मध्यनजर गर्दै राहत वितरण गरेका हौं’, नगरप्रमुख शेर्पाले भने । उनका अनुसार प्रति परिवार चामल १ बोरा, दाल ५ के.जी, गेडागुडी ५ के.जी, मसला ४ सय ग्राम, बेसार १ सय ग्राम, तेल २ लिटर र नुन २ केजी वितरण गरिएको हो । बाढी पीडितको अवस्था हेरी सहयोगलाई निरन्तर गरिने उनले बताए ।