विपद्को घडीमा बाटो खुल्न नदिन किन गरियो षड्यन्त्र ?

निमफुञ्जो शेर्पा (मेयर)
बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक

जुरे पहिरो देखि निरन्तर बाढी पहिरोको चपेटामा परेको हाम्रो क्षेत्र केही दिन अघि आएको बाढी पहिरोका कारण सबैभन्दा दुःखदायी्पूर्ण घटना घट्यो । यो बारेमा सबै जानकार छन् । त्याहाँ ठूलो मानवीय क्षति भयो । जनताको घरहरु पुरएिका छन् जसको कारण बस्ने ठाउँ छैन् । पहिरोमा परेर निकै मान्छेहरु वेपत्ता भएसंगै घाईते पनि उतिनै भएका छन् । वृद्ववृद्वाको अवस्था निकै नाजुक रहेको छ । भोटेकोशीको बहाव बढेर मान्छेहरु भागाभाग भएको छ । ठाँउ ठाउँमा बाटो अवरोधका कारण एम्बुलेन्स समेत जान सक्ने अवस्था छैन् । केन्द्र सरकार र प्रदेश सरकारको हेलिकप्टेर पठाउने चाहाना हुँदाहुँदै मौसम प्रतिकुलताका कारण सम्भावना धेरै कम छ । अब घाईते तथा विरामीहरुको उपचार गर्न काठमाडौं लैजान एम्बुलेन्स तथा गाडीहरुको प्रयोग गर्नुपर्ने हुन्छ तर नदिको कटानले जुरे सडक पूर्ण रुपमा बन्द रहेको अवस्था छ । यसलाई खुलाउन जरुरी थियो । बाटोको अवरोधकै कारण सिङ्गो बाह्रबिसे यतिबेला बन्दक बनेको अवस्था छ । जुरेमा भएको बाटो अवरोधको कारण बारे संघीय सरकार तथा प्रदेश सरकारलाई हामीले ध्यानाकर्षण गरायौं । तर काम हुन सकेको थिएन । यस्तो अवस्थामा सडक डिभिजन कार्यालय चरिकोटलाई अनुरोध गरेपछि चरिकोटकै डोजर हिजोबाट जुरेको अवरोध हटाउन भनेर ल्याईएको थियो ।

सडक विभागले बाटो खोल्न आयो भनेपछि आम बाह्रबिसे र भोटेकोशीका जनताहरु खुशी भए । त्यसपछि क्षेत्र नम्बर १ का प्रदेश सांसद अर्थ तथा विकास सभापति सरेश नेपाल त्याहाँ पुगेपछि जनता झनै खुशी भएका थिए । तर उहाँ आउने वित्तिकै ४÷५ जना मान्छे जम्मा भए । त्यसपछि बाटो खन्ने क्रमनै अवरोध भयो । बाटो खुलाउन लाग्दा अवरोध भयो भन्ने सुन्ने वित्तिकै मेरै अगुवाईमा सुरक्षाकर्मी तथा राष्ट्रिय युवासंघ लगाएतको टिम त्याहाँ पुगेका थियौं । बाटो जसरी पनि खोल्नुपर्छ भन्दा विवाद सुरुवात भयो । विवाद सुरु भएपछि केही मान्छेले सरेश नेपाल आएर मात्रै खोल्नु पर्छ भन्ने कुरा आयो । त्यसपछि हामीले माननीय सरेश नेपाललाई फोन ग¥यौं तर उहाँ त्यहि नजिकै घरमा मिटिङमा बसिरहनु भएको रहेछ । यस्ता गैरजिम्मेवारी राजनीति गर्ने नेता पनि देखियोकी यस्तो संवेदनशील अवस्थामा पनि जिम्मेवार बनेको देखिएन । त्यस्तै प्रदेश (ख) बाट उमेदवार बनेका राजेन्द्र श्रेष्ठको बुबाले पैसा मागेर स्काभेटरमै लम्पसार पर्नुभयो ।

मैले अनरोध गर्दा उहाँले माथिबाटै छोरा र ठूलो मान्छेहरुले छोड्नुहुँदैन भनेको थियो, मलाई क्षतिपूर्ति दिनै पर्छ भनेर अवरोध गरेको भनेर उहाँले भन्नुभयो । त्यसपछि दिनेश श्रेष्ठ (काले) ले पनि अवरोध पु¥याउँदा उसलाई पनि हामीले सम्झाई बुझाई गरेका थियौं । उनको जग्गा नै परेपनि अहिले यस्तो संवेनसिल अवस्था छ । विरामीको उपचार गर्न एम्बुलेन्स समेत चलाउन नसकिने भो भनेर मैले सम्झाएपछि उहाँले ल दाईले भनीहाल्नुभयो । ठिकै छ, अहिले यहिँबाट लैजाँदा हुन्छ तर पछि बाटो तलै कायम गर्नुपर्छ भनेर उहाँ सम्झिनु भयो । तर केही समय पछि नै पूर्व सञ्चारमन्त्रीको दवाव आएको हामीले थाहा पायौं । पूर्व सञ्चारमन्त्रीले यतिसम्म भनेको सुनियोकी अहिले बाटो बन्द गरौं भोलिपर्सि म आएर खोलौला भन्ने सम्मको निर्देशन र दवाव आएको सुनियो । यस्तो अवस्थामा जसरीपनि बाटो खुलाउन पर्छ भन्ने अडान लिएर बसेका राष्ट्रिय युवासंघ र नेपाली कांग्रेसका राम्रा–राम्रा कार्यकर्ताहरुले अडान गरेपछि सहमति भएको हो । यसरी जुरेको क्रसरको स्काभेटर र सडकडिभिजन कार्यालयको स्काभेटरले जुरेबाट बाटो खोल्न सफल भएका हौं । अझ सडक खोल्न सक्नुको वास्तविक कुरा भन्नुपर्दा जतिबेला २०७१ सालमा जुरेमा भिषण पहिरो आयो । ठूलो मानवीय र जनधनको क्षति भयो । त्यो अवस्थामा हाम्रै पहलमा सबै व्यापारीहरुले पहिरो पीडितको लागि सहयोग गरेको दुई करोड २४ लाख अहिलेसम्म अहिले सम्म पीडितले पाएका छैनन् । अहिले सम्म त्यो पैसा जिल्ला दैविकप्रकोप उद्वार समितिको खातामा छ । यद्यपि त्यो पैसा पीडितले पाउन पर्छ भन्ने मेरो जोडदार माग रहेको छ । जुरेका जनताको यहि शर्त थियो बाटो खोल्नको लागि । यसकारण मैले जसरी पनि त्यो पैसा दिलाउने प्रतिवद्वता उहाँहरुसंग गरिसकेको छु । यहि प्रतिवद्वताको कारण पनि बाटो खोल्न त्याहाँका स्थानीय सहमत भएका हुन् । यदि जुरे पीडित जनतासमक्ष गरेको प्रतिवद्वता पुरा गर्न सकिएन भने जुन ठाउँबाट जनताको व्यक्तिगत जग्गा मासेर अहिले बाटो लगिएको छ त्यो ठाउँलाई जस्ताको तस्तै बनाईदिएर साविककै ठाउँबाट बाटो लैजाने समेत मैले प्रतिवद्वता गरेको छु ।
तर केही नेताहरुको नियत चाँही राम्रो देखिएन । यसको भोलिका दिनमा जनताले मूल्याङ्कन गर्नेनैछन् । षड्यन्त्रको पर्दाफास एकदिन अवश्य खुल्ने छ । नेताहरुले राम्रोसंग बुझ्दा हुन्छ ।