के कम्युष्टि पार्टीका नेताहरु तानशाही हुन्छन ?

दिनेश दुलाल

माक्र्सवाद ऐतिहासिक वर्ग संघर्षलाई अध्ययन गर्ने विधि हो । कस्ता बाहक वा संगठकले तिनलाई डो¥याउँछन् भन्ने कुराले कस्तो वर्ग बन्छ र कस्तो संघर्ष हुन्छ वा हुने सम्भावना रहन्छ भन्ने निर्धारण गर्दर्छ । आज हामी माक्र्सले नै प्रतिपादन गरेको शिद्वान्तका आधारमा समाजवादको सपना देखिरहेका छौं । र माक्र्सवादलाई सर्वहारा वर्गको मुक्तिका लागि आधार स्तम्भको रुपमा लिएका छौं । सोही अनुसार हामी कम्युनिष्ट भएका हौं ।
विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान लेनिनको हुन् । लेनिनको नेतृत्वमा रुसी बोल्शेविक पार्टीले सन् १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न गर्यो । त्यो क्रान्तिले माक्र्सवादले परिकल्पना गरेको वैज्ञानिक समाजवादको स्थापना गर्ने प्रयत्न गर्यो । लेनिनले वैज्ञानिक समाजवादी राज्यसत्ताका लागि सर्वहारावर्गको अधिनायकत्वको नयाँ सिद्धान्त प्रतिपादन गरे ।
मोहनविक्रम लेख्छन ‘जब कुनै माक्र्सवादी—लेनिनवादी सिद्धान्त प्रति अधिभूतवादी या यान्त्रिक रुपले विचार गर्न थालिन्छ, त्यसले सर्वहारा क्रान्तिकारी आन्दोलनलाई मद्दत पुराउनुका सट्टा उल्टो क्षति पुर्याउन थाल्दछ । त्यही कुरा जनवादी केन्द्रीयता बारे पनि सत्य हो । सर्वहारा क्रान्ति र संगठन बारे यसले कति ठूलो महत्व राख्दछ ? त्यो स्वतः सिद्ध छ । तर जब त्यसबारे अधिभूतवादी वा यांत्रिक दृष्टिकोण अपनाइन्छ, त्यसले क्रान्तिलाई मद्दत होइन, नोक्सान पुर्याउन थाल्छ ।’
लेनिनले संगठनात्मक सिद्धान्तहरुको चर्चाका सिलसिलामा जनवादी केन्द्रीयता माथि अत्यन्त जोड दिएका छन्, तर अर्कातिर त्यसलाई यान्त्रिक रुपमा ग्रहण गर्ने कुराको जोडदार किसिमले विरोध गरेका छन् । संसारका विभिन्न देशहरुमा जनवादी केन्द्रीयता सम्बन्धी सही समझदारीको अभावको परिणाम यो भएको छ कि यो दक्षिणपन्थी अवसरवादीहरुका हातमा क्रान्तिकारी कम्युनिष्टहरुलाई हाँक्ने र यसरी उनीहरुलाई गैर–क्रान्तिकारी रूप र दिशा दिने उनीहरुलाई उपयोग गर्ने एउटा शक्तिशाली हतियार भएको छ । लेनिनको केन्द्रीयता सम्बन्धी द्वन्द्वात्मक दृष्टिकोणले माओको नेतृत्वमा चीनको महान सर्वहारा सांस्कृतिक क्रान्तिका दौरान उच्चतम रुपमा विकास ग¥यो । जनवादी केन्द्रीयता सम्बन्धी अधिभूतवादी दृष्टिकोणको परिणामस्वरुप विभिन्न प्रकारका अवसरवादीहरूले क्रान्तिकारी कम्युनिस्टहरुबाट नाजायज फाइदा उठाउन नपाउनन् भन्नाका लागि सच्चा कम्युनिष्टहरुलाई जनवादी केन्द्रीयताबारे सही लेनिनवादी समझदारी अपनाउनु आवश्यक छ । मोहनक्रिम पुनः लेख्छन् –‘जनवादी केन्द्रीयतालाई सही रुप दिनलाई दुइवटा कुराहरु आवश्यक हुन्छन प्रथम, त्यो सिद्धान्त र सर्वहारा क्रान्तिका हितहरू अंन्तर्गत हुनुपर्दछ । द्वितीय, त्यसले जनवादी र अंन्तरपार्टी संघर्ष अधिकारको रक्षा गर्नु पर्छ ।’
नेपालमा करिब ३ वर्ष अघिदेखि दुई ठूला कम्युनिष्ट पार्टीहरु (तत्कालिन एमाले र माओवादी केन्द्र) एकता भएका थिए । फरक विचार र दृष्टिकोण बोकेका दुई ठूला पार्टी एकता हुँदा गरेका प्रतिवद्वता थिएकी –’हामी कुनै पनि फूटका विरुद्ध छौं । एक्काईसौं शताब्दीको जनवाद र बहुदलीय जनवाद बीच फरक–फरक विचार दृष्टिकोण रहेपनि पार्टीको निर्णयहरुलाई (महाधिवेशन सम्मका लागि) मान्ने पक्षमा छौं ।‘ तर विडम्बना तीन वर्ष पुग्दा नपुग्दै पार्टीभित्र ठूलो संकट पैदा भएको छ । जब पार्टीभित्र कार्यशैलीगत प्रवृतिहरु हावी हुँदैगयो । जुन पार्टीसित सम्बन्धित प्रश्नहरुमा व्यापक र स्वतन्त्र बहस हुनुपर्दथ्यो त्यो हुन नपाई बाहिर समेत छताछुल्ल बनेको छ । कामरेड्ली आलोचना र पार्टी जीवनका घटनाहरूको सिंहावलोकन हुनुपर्दथ्यो त्यो नभई कटुतापूर्ण बनेको छ । पार्टीका सबै सदस्यहरूलाई महाधिवेशन सम्मका लागि गरिने ठोस निर्णयहरू बारे सावधानीपूर्वक बहस गर्दै भावी कार्यदिशाको बारेमा सिंहावलोकन गर्न आवश्यक छ । तर वैचारिक बहसले प्रवेश नै गर्न पाएन । पार्टीभित्र विचार दृष्टिकोणका सन्दर्भमा खुल्ला बहस र छलफल नै हुननपाई तिकडम, षड्यन्त्र र सौदावाजी गर्ने स्थितिमा पुग्यो नेतृत्व । नेकपाकै कतिपय नेताहरु लेनिनका विचारहरूलाई समग्र र द्वन्द्वात्मक अर्थमा बुझ्नुको सट्टा उनका रचनाहरूवाट एउटा वा अर्को विचार टिपेर प्रस्तुत गर्दछन् र त्यसलाई अपभ्रंस तरिकाले व्याख्या गर्दछन् । केन्द्रीय समितिलाई त्यस प्रकारको अधिकार (पूरै पार्टी माथि आफ्नो निर्णय र निर्देशनहरुलाई लागू गर्नेअधिकार) हुन्छ र केन्द्रीय समिति स्वयं अनुशासनमा बस्छ । तर त्यसले स्वयं अनुशासनको उल्लंघन गर्न थाले तल्लो कमिटिले खवरदारी गर्न पर्दथ्यो तर विडम्बना न पार्टी नेतृत्वले नै अनुशासन र पार्टीको नीति तथा संगठन पद्वतिलाई टेर्छ न कार्यकर्ताले खवरदारी लाउछन् बरु नेतृत्वले गरेको गलत प्रक्रियालाई कार्यकर्ताले मुखदर्शक भएर उल्टो गलत पक्षको पक्षपोषण गर्दा झनै समस्या भएको छ । यदि बहुसंख्यक नेताहरु सहभागी स्थायी कमिटिको निर्णयलाई पार्टी अध्यक्षले टेर्दैन भने अब प्रश्न उठ्छ कार्यान्वयन गर्ने पक्ष चाँही को ? हरेक कार्यकर्ताले किन पार्टीको ह्विप र निर्देशन मान्न प¥यो ? अहिले जुन खालको सडकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको बचाउ गर्न तमसा गरिएको छ । यो संगठन भन्दा बाहिरको अरजकता हो । जसले विधि, पद्वति र शिद्वान्तलाई भन्दा व्यक्तिलाई प्रधान ठान्दछ । यसकारण तमाम कार्याकर्ताले पार्टीको बहुमतले जे निर्णय गर्छ त्यसको कार्यान्यन गर भनेर किन भन्न सक्दैन? यसको सम्पूर्ण दोष नेतृत्व नै हो । हिजो तिनैले कार्यकर्तालाई लेलिनवादी संगठनको स्वरुपको बारेमा कण्ठष्थ रटाए । आज तिनै उलंघन गर्दैछन् । के नेताहरुले माक्र्सवादलाई बाइबल, पुरान वा गीता रुपमा बुझेका हुन् जसलाई कण्ठस्थ गरेर कथित ‘मुक्ति’ प्राप्त गर्न सकियोस र सर्वहारा वर्गको शत्ता कायम गर्न सकियोस । पार्टी भित्र हुने बहस–वादविवाद, भौतिकवाद र वर्ग संघर्षको समष्टि हो । यसलाई स्वभाविक मान्न पर्दछ । जसलाई अन्तरसंघर्षको माध्यमबाट एकता, संघर्ष र फेरी रुपान्तरण गर्दै एकतामा जोड्न सकिन्छ । के यो प्रक्रियामा जान नेतृत्वपंक्ति तयार छ ?
नेतृत्वमा तानशाही प्रवृति देखियो भने सिंगो कम्युनिष्ट पार्टीको नै वदनाम हुन्छ । समाजवादी क्रान्तिपछि कतिपय मुलकमा नेतृत्वमा देखिएको तानशाही प्रवृतिका कारण दक्षिणपन्थी अवसरवादीहरुले कम्युनिष्टहरु तानशाही हुन्छन भन्ने आरोप लगाएका छन् । वैज्ञानिक, प्रगतिशील र जनवादी विचार राख्नेहरुलाई तानाशाह भन्नु दुर्भाग्य हैन र ? स्टालिनकै केही कमजोरीका कारण संसारभरका कम्युनिष्टहरुलाई त्यहि आरोप लगाउने गरिएको छ । अक्टोबर क्रान्ति (सन् १९१७) अगाडि रुसी कम्युनिस्टहरू त्यति धेरै बदनाम थिएनन् । जुन पछिल्लोपटक देखियो । तत्कालिन विद्रोही माोवादीले दोस्रो राष्ट्रिय सम्मेलन ताका गरेको विचार संस्लेषणमा स्टालिनको ३० प्रतिशत कमजोरी औंल्याएका थियो । आज ओलीले स्टालिनकै मार्ग अपनाउन खोजेका छन् । नेपालका कम्युनिष्ट क्रान्तिकारीहरुलाई बदनामित गराउँदैछन् ओली । कम्युनिस्टहरूलाई सिक्नका लागि ‘स्टालिन’ एउटा स्कुल हो । यसबाट किन कम्युनिष्ट नेताकार्यकर्ताले सिक्न चाहेनन् ?
यतिबेला व्यक्तिवादी प्रवृतिका कारण सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको छ । जनताले भन्न थालेका छन्– ‘जारशाहीको स्थानमा लालशाहीहरू बसे, एउटा तानाशाह परास्त भयो तर लालसाहेबहरूको अर्को सर्वसत्तावादले टाउको उठायो ।’ के यो राम्रो पक्ष हो त ? गम्भिर समिक्षा गरौं ।
जतिबेला स्टालिन आफूलाई लेनिनका पक्का उत्तराधिकारी ठान्थे । उनी पार्टीमा शक्ति केन्द्रीकरणको पक्षपाती थिए । तर ट्रटस्की जनवादलाई बलियो र जीवन्त बनाउन चाहन्थे । आज नेपालमा पार्टीभित्र ओली खेमा स्टालिनकै शैलिमा पार्टीलाई होम्न खोजिरहेका छन् ।
रुसमा जतिबेला स्तालिन थिए । त्याहाँ व्यक्तिवाद यति धेरै हावी थियो की १९४१ देखि १९४५ सम्म पार्टी केन्द्रीय कमिटीको एउटै बैठक बसेन । त्यो समयमा जे थिए, स्टालिन थिए । उनका अगाडि जनवादको ‘ज’ पनि थिएन । आज नेपालमा त्यस्तै छ । पार्टीभित्र बहुमत सचिवालय र बहुमत स्थायी कमिटिको निर्णय मान्न पार्टी अध्यक्ष ओली तयार छैनन् । उनले बारम्बार अर्का अध्यक्ष प्रचण्डलाई धम्की दिईराखेका छन्–’सक्छौ भने बहुमतले निर्णय गरेर देखाउ, त्यसपछि म गरौंला ।’ यसको अर्थ के ? पार्टीले गरेका कुनैपनि निर्णयहरु मलाई स्विकार्य छैन भनेको होईन र ?
अब हामी तमाम कार्यकर्ता साँच्चै बहस गर्न तयार हौं–‘नेता ठूलो की नीति ठूलो ?’ अब भन्न सक्नुपर्दछ– ’तिमी पार्टीको नीति मान्दैनौं भने हामी पनि नेता मान्दैनौं‘, यो भन्न आँट गर्नेकी नगर्ने ? जतिबेला रुसमा स्टालिनको सर्वहारा अधिनाकवाद र लाल अहंकार थियो, जसले समाजवादलाई बदनाम मात्र गरेन, विश्वकम्युनिस्ट आन्दोलनकै शिर झुकाइदियो । स्टालिनले झुकाइदिएको कम्युनिस्टहरूको शिर अझै उठ्न सकेको छैन । आज विश्वमा समाजवादी व्यवस्था कतै नभएको बखतमा दुई ठूला कम्युनिष्टपार्टी मिलेर बनेको नेकपा प्रति संसारभरका कम्युनिष्टहरुले आशा जगाएका छन् । तमाम नेपालीहरुको नेपालको भविश्य बदल्ने भाग्य ठानेका छन् यो पार्टीलाई । यसकारण अझै समय घर्केको छैन नेतृत्व वर्गले गम्भिर भएर सोच्न जरुरी छ । साथै हामी कार्यकर्ता चनाखो हुन जरुरी छ । यतिबेला एकताको विकल्पमा कुनै अचुक औषधी छैन् ।