ईन्द्रावतीका अध्यक्ष तामाङद्वारा सिन्धुबासिलाई बाढीपहिरो सम्भावित क्षेत्रमा सचेत रहन आग्रह

रबिन दनुवार
असार २६, नवलपुर (सिन्धुपाल्चोक)। जिल्लाको इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले आफ्ना पालिका लगायत सिन्धुपाल्चोक भरिका नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । गाउँपालिका महासंघ नेपालका महासचिव समेत रहेका तामाङले बाढीपहिरो सम्भावित क्षेत्रमा सचेत र सतर्क भइ बस्न अनुरोध गरेका छन् ।
यस् बर्ष अत्याधिक भारी वर्षा भइरहेको हुनाले पालिका लगायत सिन्धुपाल्चोकका कुनै पनि क्षेत्रमा बाढी, पहिरो जान सक्ने भएकाले बेलैमा सचेत र सतर्क रहन अनुरोध गरेका हुन् ।

बुधबार मात्र बाह्रबिसे नगरपालिकाको गाती जम्बु बजारमा गएको बाढी, पहिरोले गर्दा ठुलो धनजन लगायत मानव क्षेति समेत भएको थियो । त्यसैले यस्ता प्राकृतिक विपत्ति रोक्न सकिदैन तर बेलैमा सचेत र सतर्क रहे यस्ता घटनाबाट बच्न सकिने भएकोले पालिका लगायत सिन्धुबासिहरुलाई सचेत र सतर्क रहन आफुले अनुरोध गरेको अध्यक्ष तामाङले सिन्धुज्वालालाई बताए ।
भौगोलिक हिसाबले पालिका लगायत जिल्ला भरिमानै वर्षायामको समयमा बाढी पहिरो जान सक्ने सम्भावित क्षेत्रहरु भएकाले पालिका लगायत सिन्धुबासिलाई सचेत गर्नुपर्ने उनको तर्क छ । ‘यतिबेला सबैतिर उच्च जोखिम देखिन्छ त्यसैले समयमै सतर्क र सचेत रहे नकारात्मक घटनाबाट बचिन्छ’, तामाङले भने । वर्षायाममा सतर्क र सचेत रहन अध्यक्ष तामाङले पालिका लगाएत सिन्धुबासिलाई अपिल समेत गरे ।
पालिका बासिलाई सचेत र सतर्क गराउदा गराउदै पनि यदि त्यस्तो घटना भई हालेमा गाउँपालिकाले प्रत्येक वडामा विपद व्यवस्थापन समिति खडा गरे सँगै गाउँपालिकाले पनि उद्दार टोली बनाइ सकेको अबस्था छ। यसो भाको हुनाले यदि यस्ता घटना भइहाल्यो भनेपनि तुरुन्तै नागरिक उद्दार हुने अध्यक्ष तामाङले बताए ।
अध्यक्ष तामाङले बाह्रबिसे नगरपालिकामा घटेको घटना प्रति दुख व्यक्त गर्दै बाढीपहिरोमा ज्यान गुमाउने नागरिक प्रति श्रद्धा सुमन व्यक्त गर्दै वेपत्ता नागरिकको खोजी गरि उद्दार गर्न अनुरोध समेत गरे।