सिन्धुपाल्चोकमा फेरी अर्को विपत्ती, ठूलो मानवीय क्षति, उद्वारमा कठिनाई

असार २५, सिन्धुपाल्चोक । प्राकृतिक प्रकोपले पटक–पटक दपेटोको सिन्धुपाल्चोकमा फेरी अर्को विपत्ती आईलागेको छ ।
जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ अन्र्तगत जबमु भन्ने स्थानमा गएराती पहिरो आउँदा जबमुको १४ घर पुरिएको छ ।

पहिरोमा १९ जना व्यपत्ता भएकामा दुईजनाको शव भेटिएको स्थानीय रामकृष्ण अधिकारीले सिन्धुज्वालालाई बताए । उनका अनुसार गएराती करिब पौने १२ बजे सिंगर्चे भन्दा माथि कसरी हुँदै आएको याल्मो खोलाले ल्याएको चट्टान सहितको लेदोले जम्बुका १४ घरहरु पुरिएका हुन् । उनका अनुसार बढिजसो एकै परिवारका पहिरोमा पुरिएपनि विहान सम्म क्षतिको एकिन हुन सकेको छैन् । ठाउँ–ठाउँमा भोटेकोशी बाढीले अरनिको राजममार्ग कटान गरेपछि उद्वारमा खटिएका सुरक्षाकर्मी घटना स्थलमा पुग्न नसकेको स्थानीय रामकृष्णले जानकारी दिए । ‘हाम्रो टोली उद्वारका लागि जान कोशिस गरिरहेको छ ठाउँ–ठाउँमा बाटो अवरोधका कारण पुग्न सकिएको छैन’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार भोटेकोशी बाढीले खागदलको पुल नै बगाएको छ भने अरनिको राजमार्ग अन्र्तगत जुरे अगाडी एकसय मिटर सडक र ईलाका प्रहरी कार्यालय बाह्रबिसे नजिक खोर्सानीबारी करिब ६ सय मिटर सडक नै कटान गरेको छ । घटना स्थलमा पुग्न बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा बिहान सबेरै जान खोजे पनि बाटो अवरोधका कारण पुग्न नसकेको उनका सहयोगी दिपेश श्रेष्ठले सिन्धुज्वालालाई बताए ।
जनप्रतिनिधि, स्थानीय तथा सुरक्षकर्मी सहितको टोली उद्वारका लागि मानेश्वाँरा हुँुदै घटनास्थलमा पुग्न लागेको उनले बताए ।
सिन्धुपाल्चोक विगत पाँचवर्ष देखि बाढीपहिरोको चपेटामा पर्दै आएको छ । २०७१ साल साउनमा आएको जुरे पहिरो देखि भोटोकोशीका सयौं घरहरु तथा ठूलो मानवीय क्षेति व्योहोरेको छ ।