
सभामुख सापकोटाको पहलमा घाईतेको उद्वार, अझै हराएको अवस्था बेखर

असार २५, बाह्रबिसे (सिन्धुपाल्चोक) । गएराती बाह्रविसेको जम्बु भन्ने स्थानमा आएको बाढी पहिरोमा परी घाईते भएका विरामीको सभामुख अग्नी सापकोटाको पहलमा उद्वार गरिएको छ । पहिरोमा परि सक्त घाईते भएका एक महिला र पुरुषको दिउसो सभा १ सम्म हेलिकप्टेरबाट उद्वार गरि उपचारको लागि काठाडौं लगिएको स्थानीय जयबहादुर श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए ।
नेकपा सिन्धुपाल्चोकका जिल्ला नेता लालकान्छा तामाङका अनुसार घाईतेको उद्वार गर्न सभामुख सापकोटा आफैं हेलिकप्टरमा जान लागेका थिए । तर मौसम प्रतिकुलताका कारण सभामुख धुलिखेलमै रोकिएपछि नेकपका केन्द्रीय सदस्य माधव सापकोटा आफैं हेलिकप्टेरमा घटनास्थल पुगी घाईतेको उद्वार गरेका थिए । घाईते दुवैजनालाई उपचार्थ काठमाडौं लगिएको छ । पहिरोमा परि सक्त घाईते भएका दुईमध्य महिलाको भने अवस्था गम्भिर रहेको जनाइएको छ । पहिरोमा परि हराएका १५ जना भने अझै बेखर रहेका छन् । उनीहरुको सुरक्षाकर्मी लगाएतले खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक माधव काफ्ले जानकारी दिए । उनका अनुसार जम्बु पुग्न ठाउँ ठाउँमा बाटो अबरोध भएपछि उद्वारमा कठिनायी भएको हो ।
गएराति अबिरल बर्षा संगै आएको बाढी पहिरोका कारण जम्बुका १४ घर पुरिएका छन् । त्यस्तै खागदलका १० घर परिएका छन् । खागदलमा मानवीय क्षति नभएपनि जबमुमा भने १९ पहिरोमा पुरिएका थिए । जसमध्ये दुईजनाको शव भेटिएको छ ।
नजिकै मध्यभोटेकोशी आयोजनाको निर्माणको काम भईरहेकोले के कति मानवीय क्षति भयो भन्ने कुरा यकिन गर्न नसकिएको प्रनाउ काफ्लेले बताए ।त्यसैरी भोटेकोशी गाउँपालिका वडा नम्बर ५ बुल्कुटे खोलाले २ घर पहिरोले लानुको साथै ४ जना बेपत्ता भएका छन । त्याहाँ पनि मानवीय र भौतिक क्षति भएको जनाएको छ ।
यसैबीच सभामुख सापकोटा दोस्रो पटक हेलीकप्टेर मार्फत घटनास्थ तर्फ पुगेका छन् । मौसम प्रतिकुलताका कारण पहिलो पटक बीचमै फर्केका थिए । सभामुख सापकोटाले घटनाको स्थलगत निरीक्षण गरेका छन् । उनी संगै बागमती प्रदेशमन्त्री शालिकराम जमकटेल, अरुण नेपाल समेत पुगेका छन् । घाईते जम्बुमा भएको तीन र भोटेकोशीमा भएको तीन समेत गरी ६ जनाको हेम्स हस्पिटलमा उपचार भईरहेको उद्दारमा खटिएका नेकपाका केन्द्रीय सदस्य सापकोटाले जानकारी दिए ।
यो पनि हेर्नुहोस
घटाना स्थलको सभामुख सापकोटाद्वार गरिएको निक्षण,घटनाको अवस्था यस्तो छ ९फोटो फिचर सहित०