
बाढी र पहिरोको चपेटामा सिन्धुपाल्चोक, गएराती १९ जना वेपत्ता र करोडौको क्षेति

असार २५, बाह्रबिसे (सिन्धुपाल्चोक) । मुलुकभर पछिल्लोपटक आएको भारीवर्षा संगै सिन्धुपाल्चोक समेत बाढी पहिरोको चपेटामा परेको छ ।
गएराती परेको भिषण वर्षा संगै बाह्रबिसे नगरपालिका अन्र्तगत जम्बु तथा खागदल भन्ने स्थानमा मानवीय क्षेति भएको बताईएको छ । स्थानीय रामकृष्ण अधिकारीका अनुसार बाढी पहिरोले १९ जना वेपत्ता भएकोमा दुईजनाको शव भेटिएको छ । घटना स्थलमा के कति मानवीय क्षति भएको र कति भौतिक सम्पति क्षति भएको भन्ने कुरा यकिन हुन नसको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक माधव काफ्लेले सिन्धुज्वालालाई बताए । ‘बाढीले बाटो नै बगाएको कारण हाम्रो टोली घटना स्थल पुग्न सकेको छैन’, प्रनाउ काफ्लेले भने ।
उनका अनुसार अरनिको राजमार्ग अन्र्तगत जुरे देखि एकसय मिटर अगाडी सम्मको बाटो भोटेकोशी नदिले क्षति पु¥याएको छ । ईलाका प्रहरी कार्यालय बाह्रबिसे भन्दा अगाडी ६ सय मिटर सडक तथा खागदलको पुल समेत बगाएको कारण घटना स्थल आसपासमा सुरक्षाकर्मी पुग्न नसकेको प्रनाउ काफ्लेले जानकरी दिए । स्थानीयका अनुसार खागदल खोलामा आएको बाढीले त्याहाँका घरहरु समेत बगाएको छ ।
यसैबीच गएराती आएको बाढी पहिरोको कारण जम्बुमा रहेको मध्येभोटेकोशी आयोजनामा समेत क्षेति पु¥याएको छ । निर्माणधिन मध्यभोटेकोशीको विद्युत गृह रहने जम्बुमा ट्रमिनल लगाएत आयोजनाका भवन समेत क्षति पु¥याएको मध्येभोटेकोशी आयोजनाका साईड ईन्चार्ज सुनिल कुमार लामाले जानकारी दिए ।