पुननिर्माणमा खटीएका ईन्जीनियर भोटेकोशीमा बेपत्ता


निर्मल बस्नेत
असार २५, सिन्धुपाल्चोक ।
भूकम्प पछिको पुर्ननिर्माणमा सिन्धुपाल्चोकमा खटिएका एक ईन्जिनिएको गएराति भोटोकोशी बाढीपहिरोमा परि वेपत्ता भएका छन् ।
पुर्ननिर्माणकै चरणमा दाङबाट सिन्धुपाल्चोक आएका ईन्जीनियर आकाश केसी गएराति अविरल बर्षा संगै आएको भोटेकोशी बाढीमा बेपत्ता भएका हुन् ।
उनी जाईका ईन्टरनेशनलबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ७ र ८ मा कार्यरत रहेको जाईकाको वातावरण विद् रुपेश यादबले जानकारी दिए । वेपत्ता भएका केसी दाङ जिल्लाको घोराही उपमहानगरपालिका निबासी हुन् । उमेरले २१÷२२ का केसी केही समय अघि सिन्धुपाल्चोक आएका थिए । उनी संगै भोटेकोशीमा अन्य स्थानीय समेत पहिरोमा पुरिएका छन् । बिहिबार साँझ सम्म पनि हराएका केसी लगाएत कसैको अत्तोपत्तो छैन् । हराएका सबैको मृत्यु भईसकेको अड्कल गरिएको छ ।