सिन्धुबासीलाई व्यवास्ता गर्दै मेलम्चीको पानी परिक्षण, प्रभावित सरोकारवालाहरुले गरे खेद प्रस्ताव पारित

दिनेश दुलाल
असार २२, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची खानेपानी विकास र खानेपानी मन्त्राललयले एकतर्फी रुपमा मेलम्चीको पानी काठमाडौं पथान्तरण गर्न खोजेको भन्दै प्रभावित स्थानीयले आपत्ती जनाएका छन् । आयोजनाले हिजो सुरुङबाट पानी पठाएर नमुना परिक्षण गरेसंगै आयोजना र मन्त्रालयको चौतर्फी विरोध भएको छ ।

जिल्ला समन्वय समितिको समन्वयमा स्थानीय निकाय र मेलम्ची खानेपानी विकास समितिमा आवद्व सरोकार समितिहरु बीच आज दिउसो मेलम्ची खानेपानी विकास समितिको साईड कार्यालय मेलम्चीमा भएको छलफल कार्यक्रममा खेद प्रस्ताव समेत पारित गरिएको छ ।

खेद प्रस्तावमा भनिएको छ ‘सिन्धुपाल्चोकका जनप्रतिनिधि स्थानीय निकाय, सरकोकार समिति, पत्रकार र सबै सिन्धुवासी नागरिकहरुलाई थाहा जानकारी नै नदिई पानी पथान्तर सुरुवात गरेको घटना प्रति सिंगो सिन्धुवासी जिल्लाबासीककै तर्फबाट खेद प्रस्ताव प्रकट गर्दछ । खानेपानी मन्त्रालयको जिम्मेवार मन्त्रीले मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा सिन्धुवासी प्रति गरिएको अविव्यक्ति प्रति गम्भिर ध्यानकर्षण नभएको र त्यस्ता अभिव्यक्ति तत्काल सच्याउन माग गर्दछ । आगमी दिनमा यस्ता निर्णयहरुमा सरोकार निकायलाई समन्वय नगरी अगाडी बढेमा थप समस्या उत्पन्न हुने चेतावनी दिएको छ । त्यस्तै लेभि र अन्य मजदुर कर्मचारी सप्लायर्सहरुको समस्या र विकास निर्माण सम्वन्धमा तत्काल निर्णय लिन ध्यानकर्षण गरिन्छ ।’
छलफल कार्यक्रममा जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले नेपाल सरकारले प्राकृतिक स्रोतको उपयोग गरेपनि कम्तिमा पनि सामजिक उत्तरदायित्व पुरा गर्नुपर्ने धारणा राखे । आयोजना बनाउन सिन्धुपाल्चोकबासीको ठूलो योगदान गरेको प्रति स्मरण गर्दै आयोजनाले प्रभावितहरु प्रति व्यवस्था गर्नु र्दुभाग्य भएको बताए । ‘यो घटनाले सिन्धुपाल्चोकको नागरिक सरोकारवाला लगाएतलाई चोट दिएको छ’, समन्वय प्रमुख तामाङले भने’, ‘पानी पथान्तरण हुँदा हामी जति उत्साहित हुनपर्दथ्यो तर झनै दुःखित बनायो’ । सिन्धुपाल्चोक जिल्ला वेखबर हुनु सिन्धुपाल्चोक जिल्लालाई हेर्ने दृष्टिकोण आयोगको पृथक रहेको उनको ठहर छ । जनप्रतिनिधीलाई समेत खवर नगर्नु सिन्धुपाल्चोक जिल्ला अपमानित हुन दुःखद् भएको उनले बताए ।
कार्यक्रममा मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले मेलम्ची खानेपानी प्रभावित जनताले पाउने २५ प्रतिशत लेभि आयोजना र नेपाल सरकारसंग पहिल्यै छलफल भईसकेको विषय भएपनि त्यसको कुनै सुनुवाई नभई पानी पथान्तरण हुनु र्दुभाग्य भएको बताए । ‘कम्तिमा पनि हामीलाई थाहा हुनपर्दथ्यो’, मेयर अर्याललले भने । स्थानीय तहमा समन्वय गरिदिने र प्रभावित जनताको समस्या समाधानतिर भन्दा पनि सिमति व्यक्तिको लहडका भरमा खानेपानी मन्त्री लागेको उनले आरोप समेत लगाए । आयोजना स्थल सम्म पुग्ने सडकको र्दुदशा, खानेपानीको समस्या तथा व्यवसायी रुपमै माछा पालन गरेका ट्राउट व्यवसायीहरुको समस्यालाई आयोजनाले पूर्णरुपमा व्यवास्था गरेको उनको आरोप छ । सिएमसी पीडित स्थानीय सप्लायर्स र मजदुरहरुको माग वेवास्ता गरेर पानी लैजानु खोज्नु घातक हुने ईन्द्रावती मेलम्ची उपत्यका साउकाका अध्यक्ष विष्णुमणी आचार्यको तर्क छ ।
छलफल कार्यक्रमका सभाअध्यक्षता समेत गरेका ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले प्रभावित जनताको जायज मागलाई सम्वोधन नगरेसम्म पानी पथान्तरण गर्न चुनौति हुने उनले बताए । प्रभावित जनताको माग पुरा नगरे आन्दोन समेत गरिने उनले चेतावनी दिए ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मयर डम्बरबहादुर अर्याल, हेलम्बु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्याक्रम सञ्चालन समिति अध्यक्ष उमेन्द्र तामाङ, ईन्द्रावती मेलम्ची उपत्यका साउकाका अध्यक्ष विष्णुमणी आचार्य, जिल्लाका सञ्चारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

स्मरण रहोस हजो मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थायी ड्यामबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परिक्षण गरिएको थियो ।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार्गबाट पानी परिक्षण सम्पन्न भएको थियो । हेलम्बु गाउँपालिका –१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङ सम्म पानी हालेर परिक्षण गरिएको हो ।
यो पनि पढ्नुहोस

हेलम्बु गाउँपालिकाले जनायो आपत्ती