लकडाउनका बीचमा पनि महत्वपूर्ण योजनाहरु सम्पन्न गरेका छौं

विजय महतो -डिभिजन प्रमुख_ डिभिजन सडक कार्यालय, चरिकोट

यतिबेला मुलकभर कोरोना संक्रमण बढेसंगै लकडाउन जारी छ । जारी लकडाउनका कारण मुलकको आर्थिक अवस्था निकै डामाडोल बनेको छ । विकास निर्माणका कामहहरु समेत प्रभावित बनेको छ । आर्थिक वर्ष सकिनै लाग्दा खेरी सडक विस्तार तथा मर्मतका कामहरु कसरी भईरहेका छन् र कति सम्पन्न हुन बाँकी छन् भन्ने सन्दर्भमा सिन्धुज्वाला अनलाईनले सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख विजय महतोसंग गरिएको कुराकानी सम्पादित अंश–सम्पादक
१) कोभिड–१९ कारण मुलक यतिबेला अस्तव्यस्त छ यो अवस्थामा सडकका कामहरु पनि प्रभावित भए होलान नी यो अवस्थाको बारेमा संक्षिप्तमा बताईदिनुहोस न ।
कोभिड–१९ का कारण वास्तवमा निर्माण काममा धेरै नै असर परेको छ । आर्थिक वर्षको सुरुमा ठेक्कापट्टाको काम केही हुन सके पनि लकडाउन यता त्यति हुन सकेन । हामीले लकडाउन अगाडी व्यवस्थापनको काम सकिसकेका थियौं तर कार्यान्वयन गर्ने समयमा लकडाउन भईदियो । काम गर्ने समय भनेको फागुन देखि असार सम्म हो त्यहि बेला काम गर्ने सुरुवातमै कोभिडले गर्दा योजनाको काम अतिनै नराम्ररी प्रभावित भएको छ । ।
२) जारी बन्दाबन्दीका कारण मुलुक ठप्प भएको अवस्थामा सडकका के कति काम भएका छन् ।
बन्दाबन्दी हुँदाहँुदै पनि जुन अति महत्वपूर्ण कामहरु त्यसलाई हामीले निर्माण व्यवसायी साथीहरुको सहयोगमा सम्पन्न गरेका छौं । जस्तो अरनिको राजमार्गमा सडक मर्मतका कामहरु ग¥यौं । अहिले नगरेको भए बाटो सञ्चालन हुने अवस्था थिएन । त्यस्तै सुनकोशी नदि माथिको पुल जाँहा बाह्रबिसेबाट धुस्कुन, पिस्कर जाने बाटो हो । त्यसको बीम र स्याल्बको ढलान ग¥यौं । यसरी सिन्धुपाल्चोकका यी महत्वपूर्ण दुई योजनाहरु लकडाउनको बीचमा पनि हामीले निर्माण गर्न सफल भएका छौं । ति बाहेक ग्रामिण सडकहरु पाँचवटा जति सडक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोमा छ । त्यसमा ठेक्कापट्टा भएको थियो । एकाध बाहेक खासै प्रगति गर्न सकेनौं । तर पुल र अरनिको हाईवेमा चाँही काम सम्पन्न भएको छ । जसले गर्दा अहिले अरनिको हाईवे नियमित सुचारु भएको छ ।
३) आर्थिक वर्ष सकिनै लागि सक्यो सडक मर्मत तथा कालोपत्रे लगाएतका कामहरु त अपुरा हुने भयो नी त ।
यहाँले उठाउनु भएको विषय एकदम सही हो । हामीले अरनिको हाईवेमा कालोपत्रे गर्न झण्डै ८÷१० करोडको ठेक्का गरेका थियौं । तर त्यसको परिणाम जिरो नै भयो । किनभने लकडाउनका कारण सुरुमा गर्न सकिएन । लकडाउन अलि खुकुलो भएको बेलामा पानी ज्यादा पर्ने भएपछि गर्न सकिएन । तर अत्यान्त जरुरीका सडकहरु अघि नै यहाँलाई भनी सकें बिग्रेका सडकहरु जाँहा गाडी नै गुड्न नसक्ने थिए तिनको काम सम्पन्न गरेका छौं ।
४) कतिपय ठूला सडकका योजनाहरु ठेकदारका लापरबाहीका कारण अलपत्र देखिएका छन् अझै पुरा भएका छैनन् यसमा सडकडिभिजन कार्यालय चरिकोटले कडीकडाउ गर्न नसकेको देखिन्छ नी ?
यहाँले भनेको साँचो हो । तर कतै निर्माण व्यवसायीको त्यस्तो प्रवृति भएपनि हामी अहिले पहिलेको अवस्थामा छैनौं । किनकी समयमै काम नगर्नेलाई कडा कारवाही पनि गरेका छौं । पहिलो त जस्ले समयमै काम गर्दैन त्यस्ता निर्माण कम्पनीहरुलाई अर्को सेडिअल माग्छौं । उहाँहरुले के कारणले गर्दा टाईम भित्र गर्न सक्नु भएन । त्यसको लागि हामीले उहाँहरुलाई धेरै जसो पत्रचार गरेका छौं । अहिले उहाँहरुलाई लकडाउन एउटा ठूलो कारण भयो । यसले गर्दा पनि अधिकांश कामहरु हुन सकेनन् । तर त्यो बाहानाबाजी भनेको संधै चल्दैन । त्यसमा हामी कडाई गर्छौं । यदि कतै निर्माण व्यवसायीको लापरवाहीका कारण समस्या आयो भने उहाँहरु पन्छिन पाउनुहुन्न ।

६) यस वर्ष सडक डिभिजन कार्यालय चरिकोटले हेर्ने ठूला र साना गरी कति आयोजना थिए ? ती मध्ये कति आयोजना बाँकी छन् सम्पन्न हुन ?
हामीले सडक सन्दर्भमा विभिन्न शिर्षकमा कामहरु गर्दै छौं । त्यसमध्ये स्थानीय सडकमा पुल निर्माणको काम गर्छौ । दोलखा जिल्लामा ९ वटा पुलको काम गर्दैछौं भने सिन्धुपाल्चोकमा ३ वटा पुलको काम गर्दै छौं । त्यस्तै स्थानीय सडकहरुमा पुल निर्माणको काम भईरहेको छ । त्यसैगरी रणनैतिक सडकमा दोलखा जिल्लामा एउटा पुल (चरङ्गेखोला पुल) निर्माण गरिरहेका छौं । त्यस्तै सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा साँधीखोला पुल निर्माणको प्रक्रिया सुरु भएको छ । जुन ठाउँमा बाढीले क्षति पु¥याएपछि बेलिब्रिज राखिएको थियो । त्यस्तै सडक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय सडकहरुको काम गर्दै छौं । जसमा दोलखा जिल्लामा १० वटा सडकको काम गर्दै छौं भने सिन्धुपाल्चोकमा पाँचवटा सडकमा निर्माणका कामहरु गरिरहेका छौं । त्यसको अलवा अरनिको हाईवे बन्देउदेखि चौतारा सडक, दोलखामा चरिकोट सम्मको सडक, तामाकोशी देखि मिल्टी सम्मको २० किमि सडकको नियमित मर्मतको काम गरिरहेका छौं । तर लामोसाँघु जिरी सडक योजनाबाट भईरहेको छ हाम्रो मातहातमा रहेको छैन् । जुन रोड ईमप्रुभमेन्ट प्रोजेक्टबाट भईरहेको छ ।
७) काम सम्पन्न नभईकन भुक्तानी लिने यसअघि पनि गलत प्रचलन थियो यसवर्ष त झन त्यो समस्या नदोहोरीएला भन्न सकिन्न यसलाई डिभिजन कार्यालयले कसरी व्यवस्थापन गर्ने सोचेको छ ?
जसरी हामीले सुरुमा ठेक्कापट्टा व्यवस्थापन ग¥यौं । काम हुने बेलामा कोरोना भाईरसको प्रकोप भयो । बन्दाबन्दीको कारणले हामीले सुपभिजन गर्ने अवस्था भएन । त्यसले गर्दा निमार्णको काम ठ्याक्कै बन्द भयो । तर केही महत्वपूर्ण सडक नभई नहुने काम जस्तो चन्द्रावतीको पुल हामीले बन्दाबन्दीकै बीचमा ग¥यौं । त्यस्तै सुनकोशीको पुल सम्पन्न नै गर्न नसकेपनि प्रगति भएको छ । ती लगाएत स्थानीय सडकहरुको मैले जे उल्लेख गरें तिनीहरुमा खासै प्रगति भएन । यतिबेला कतिपय योजनाका काम पनि भएन निमार्ण व्यवसायीहरुलाई गर्न पर्छ भनेर वाध्य पनि पारेनौं । किनकी लकडाउन हुँदा ज्युज्यान भन्दा काम ठूलो होईन भन्ने हिसाबले त्यति वाध्य पारेनौं । नभई नहुने ठाउँमा आवश्यकता स्वास्थ्य सुरक्षा अपनाएर पनि भएका छन् ।
जाहाँसम्म यहाँले काम नभईकन भुक्तानी दिने गरेको कुरा उल्लेख गर्नुभयो त्यसमा हामीले निकै सर्ककता अपनाएका छौं । किनकी काम भएपछि त्याँहाँ मूल्याङकन गर्छौ, नापजाँच गछौं । कहिलेकाँही के हुन्छ भने कन्ट्याक्टरले काम गर्नुहुन्छ तर क्वालिटी अनुसारको काम हामीले पाएनांै भने त्यसलाई हामीले स्विकार गर्दैनौ । हालसाल गरिएका धेरैजसो सडकमा निर्माण व्यवसायीले काम गरेका छन् । जसमा हामीले क्वालिटिको काम भएन भनेर पहिला पत्र पनि लेख्यौं र मेजरमेन्टमा समावेश पनि गरेनौं । त्यस्ता उदाहरण हामीसंग प्रशस्त छन् । गुणस्तरीय नभई हामीले स्विकार गरेनौं बरु त्यसलाई सुधार गर्न सकिन्छ भने सुधार्ने मौका दिएका छौ । त्यसकारण त्यति कडाई हुँदा कामनै नगरी भुक्तानी लिने भन्ने कुरा प्रश्नै आउँदैन ।
८) सडक डिभिजन कार्यालय चरिकोटले आगमी आर्थिक वर्षको लागि कस्ता कार्याक्रमहरुलाई प्राथमिकतामा राखेको छ ?
आगमी वर्षमा पहिलो प्राथमिकता भनेको सिन्धुपाल्चोकका बलेफी, जलविरे, कात्तिके– तेम्वाथान सडकको लागि अलि प्राथमिकतामा राखेका छौं । किनभने त्यो सडकले सिन्धुपाल्चोकको ठूलो क्षेत्रफल र जनसंख्यालाई सेवा दिईरहेको छ । यसकारण सम्भव भयो भने त्यो बाटोको लागि निकै ठूलै ठेक्कापट्टा गर्ने सोचमा छौं । यदि समय अनुकुल मिल्यो भने छिट्टै काम सुरुवात हुनेछ । त्यो बाटोको लागि यो वर्ष १३ करोड छुट्याईएको थियो । तर हामीले त्यो बाटोको लागि डिपीआर, वातवरणीय मूल्याङ्कन (आईई) आदि काममै व्यस्त भयौं तर अहिले त्यस्तो अवस्था छैन् । ती सबै रिपोर्टहरु तयार भईसकेको छ । अब हामी निकट भविश्यमै ठेक्कापट्टाको ३९ करोड जतिको ठेक्का आह्वान गर्छौं ।
९) अन्त्यमा यस अनलाईन मार्फत यहाँको भनाई केही छ की ?
कोभिड–१९ ले गर्दा आर्थिक वर्षको सुरुमा भौतिक लक्ष्य र आर्थिक लक्ष्य जसरी सोचेका थियौं त्यो प्राप्त गर्न सकेनौं । सुरुमा काम गर्ने अवधिमै लकडाउन भयो । केही खुकुलो भएपछि बर्षा सुरु भयो । यतिबेला जतिराम्रो काम गरेपनि दिगो हुँदैन । अर्को कुरा हामी संग काम गर्ने ईन्जिनियर सव–ईन्जिनियरको दरबन्दी नै कम छ । त्यसले भने जतिको काम गर्न सकिएको छैन् सुपरभिजनमा साह्रै गाह्रो भईरहेको छ । सडकको काम जनताकै गाउँबस्तीमा गरिने हँुदा जनताले समेत कतिपय अनियमिता तथा लापरवाहीका कामको रिपोर्ट हामी समक्ष दिनुभयो भने अझ निकै सहज हुने थियो जसका कारण हामीले क्वालिटिको काम गर्न सक्छौं । यसकारण स्थानीय उपभोक्ता तथा जनताले कतिपय सडकका सन्दर्भमा देखिएका कमीकमजोरीहरुलाई समय समयमा जानकारी दिन हामी यहाँको लोकप्रिय अनलाईन पत्रिका सिन्धुज्वाला मार्फत आग्रह गर्न चाहान्छौं । धन्यवाद ।