चालकले विरामी लैजना नमानेपछि वडा सदस्य आफैले पु¥याए मेलम्ची

रबिन दनुवार
असार १९, भिमटार (सिन्धुपाल्चोक) । कोरोना संक्रमित व्यक्तिलाई ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा सदस्य आफैले एम्बुलेन्स चलाएर मेलम्ची क्वारेन्टिनमा पु¥याएका छन् ।
पालिकाको एम्बुलेन्स चालकले कोरोना संक्रमित बिरामीहरुलाई उपचारका लागि मेलम्ची आइसोलेसन वार्ड लैजान नमाने पछि वडा सदस्य सिताराम दनुवारले आफैले एम्बुलेन्स चलाएर बिरामीहरुलाई आइसोलेसन वार्डमा पु¥याएका हुन् । भारत लगाएत विभिन्न जिल्लाबाट आएका संक्रमित ईन्द्रावती गाउँपालिकाकै बासिन्दा हुन् । उनीहरुलाई मेलम्चीमा रहेको आइसोलेसन वार्डमा उपचारका लागि आज पु¥याईएको हो ।
ईन्द्रावतीकै एक विद्यालयमा निर्मित क्वारेन्टाइनमा राखिएको सात जना मध्ये तीन जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि तीनैजना बिरामीलाई उपचारकालागि मेलम्ची आइसोलेसन वार्डमा लैजान एम्बुलेन्स चालकलाई भन्दा चालकले नमाने पछि आफैले एम्बुलेन्स चलाएर पु¥याईएको वडा सदस्य रहेका दनुवारले सिन्धुज्वालालाई बताए । आफुले आवश्यक सुरक्षा अपनाई आफ्ना वडाका नागरिकको स्वास्थ्य ख्याल गरी उपचारका लागि तीन जना कोरोना संक्रमितलाई मेलम्ची आइसोलोसन वार्डमा पु¥याईएको उनले बताए ।
एम्बुलेन्स चालकले नै कोराना संक्रमित विरामीलाई लैजान नमानेको घटनालाई आफुले समेत गम्भिर रुपमा लिईएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले सिन्धुज्वालालाई बताए । ‘एम्बुलेन्स चालकले विरामी लैजान नमानेर वडासदस्य आफैंले पु¥याएको भन्ने कुरा मैले पनि जानकारी पाएको हुँ, वास्तविकता केहो बुझ्दैछु’, पालिका अध्यक्ष तामाङले भने । चालकले कोरोना संक्रमित विरामी लैजना नमान्नु गम्भिर त्रुटी भएको उनले औंल्याए ।