ईतिहासका नालायक प्रधानमन्त्री केपी ओली

दिनेश दुलाल
ईतिहासमा चर्चा कित राम्रो गर्नेको आउँछ कित नराम्रो गर्नेको आउँछ । चर्चामा आउन नेताहरु समेत सेलीबे्रटी बन्ने गरेका छन् । वर्तमान केपी शर्मा ओली अहिलेका सेलीब्रेटी बन्न खोज्ने मध्येका प्रधानमन्त्री हुन । जहाँसुकै जतासुकै उखानटुक्का भनेर दुनिया हसाउने व्यक्तिका रुपमा चर्चामा रहेका प्रम ओलीले राजनीतिलाई व्यङ्ग र उखानटुक्काकै रुपमा उतारेका छन् । उनको यो सफलता भनौंकी असफलता उनी संधै जसरी पनि चर्चामा नै रहे । मुलुक गम्भिर मोडमा पुगेपनि आफ्नो हट र जिद्दिपन कहिल्यै नछोड्ने ओलीकै वरीपरि यतिबेला मुलुकका नेता तथा जनता घुमिरहेको भान भईरहेको छ । पूर्व एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पछि पनि पार्टी र सत्ताको दुवै मोर्चाको नेतृत्व लिन सफल ओलीले जनयुद्वका नायक तथा राजनीतिका चतुर खेलाडी मानिएका प्रचण्डलाई समेत सत्ता बाँडफाँडको आशा जगाएर तीन वर्ष समेत रिङ्ग्याउन भ्याए । यो उनको राजनीति चर्तुयाई होकी राजनीति धोकेवाज ? यो लोकले नै मूल्याङ्कन गर्ला तर ओलीले जसरी आफुलाई दृघ शक्तिको रुपमा बाँचुन्जेल रहिरहने संकल्प रचेका थिए तर त्यो विस्तारै खिईने क्रम भने सुरुवात भएको छ । ज्यादै महत्वकाँक्षी वर्तमान ओलीका यिनै कमजोरीका कारण ईतिहासले उनलाई मात्रै पत्तासाप गर्ने छैन् मुलुकको भविश्य समेत उनले गरेको हर्कतका कारण सति जाने अवस्था बनेको छ ।
उनी ओरालो लाग्नुमा यि मूख्य तथ्यहरु जिम्मेवार छन्
प्रम केपी शर्मा ओली

पहिलो, वाइडबढी काण्डमा रबिन्द्र अधिकारी, बालुवाटार काण्डमा विष्णु पौडेल, ७० करोड काण्डमा गोकुल बास्कोटा, स्वास्थ्य सामग्री खरिदमा भानुभक्त ढकालको बचाउमा केपी ओलीले आफ्नो शक्ति र सामथ्र्यको चरम दुरुपयोग गरे । जसले गर्दा उनको लोकप्रियता खस्कदै गयो ।
दोस्रो, प्रम ओलीले जतिसुकै भाषणमा ‘आफु पनि भ्रष्टचार गर्दिन, अरुलाई पनि गर्न दिन्न’ भनेर रटान गरेपनि मुलुकमा भ्रष्टचारको संस्थागत विकास ओलीकै पालाबाट सुरुवात भएको दुईमत छैन् । जसले उनका आसेपासेले गरेको भ्रष्टाचारको ढाकछोप गरेर वैधानिकता दिएको प्रष्ट छ ।
तेस्रो, प्रम ओलीले गम्भिर ठूलो षड्यन्त्र रचेर पार्टी भित्र छलफल नगरी कोटको खल्तिबाट अध्यादेश ल्याउने प्रपञ्च रचे यसले सत्ताधारी दललाई मात्रै होईन विपक्षी दललाई समेत झस्कायो । आफ्नै पार्टीका नेताहरुको विश्वास त गुमाए नै विपक्षीको थोरै रहेको विश्वास समेत उनले गुमाए ।
चौथो, प्रम ओलीकै पालामा ठूल–ठूला सुन काण्डका तस्करीहरु उम्किए त्यस्तै देशकै ठूलो घटनाको रुपमा रहेको निर्मला हत्या काण्डको सहि छानवीन गर्न सकेनन् । यसले नेकपाको सरकारलाई बदनामी बनायो ।
पाँचौं, पार्टीको मुल शिद्वान्त र नीति अनुरुप पार्टीको निर्णय अनुसासन पालना नगर्ने मध्येका शिर्ष नेताहरुमध्ये नम्बर एकमा प्रम ओली दर्जिय । जसले ओलीको बालहटपन र जिद्दिपन नै उनको लागि अविशाप बन्यो ।
छैटौं, प्रम ओलीले आफ्नो आसेपासे र निश्चित घेरा तोडेर जनतासँग कहिल्यै जोडिन चाहेनन् । आफ्ना नजिककोलाई खुशी बनाउन नै तल्लिन देखिए बरु हुँदै नभएको कामलाई कृत्रिम सफलताको फुँदा गाँसेर उखानटुक्काकै भरमा जनतालाई रणभूलमा पार्न सफल भए ।
सातौं, यतिबेला मुलुक कोरोनाको महामारीले थलो परेको अवस्थामा कोरोना नियन्त्रण र उपाय निकाल्नु भन्दा सनक र अहमता प्रदर्शन गर्नतिर लागे । बरु उनले सुकुम्बासी आयोग बनाई कार्यकर्ता भर्ती गर्ने तिर त कहिले राष्ट्रपतिको विलासिताको बचाउ गर्नतिर लागे ।
आटौं, पछिल्लो पटक मिचिएको भूमि सहितको नयाँ नक्सा जारी भएसंगै आफु राष्ट्रवादी र अरु नेता भारतीय दलाल भन्ने खालको उनको अभिव्यक्ति तथा भित्रभित्रै नेकपा (एमाले) पार्टी ओलीकै निर्देशनमा दर्ता भएको कुरा बाहिर आएपछि यो सबैभन्दा ठूलो विवादको विषय बन्यो ।
यसरी पछिल्लोपटक ओलीले चालु संसद नै अचानक राष्ट्रपति मार्फत बन्द गर्न भ्याए सायद उनको यो अन्तिम अस्त्रको रुपमा देखिन्छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजिनामा नदिने बरु नयाँ अध्यादेश ल्याएर ४० प्रतिशले दल दर्ता गर्न पाउने असंवैधानिक प्रावधान ल्याएर पार्टी नै फुटाउने रणनीतिमा प्रम ओली लागेको प्रष्ट देखिन्छ । अब यो विषम परिस्थितिको सामाना नेकपाकै अरु नेताहरुले कसरी गर्लान पतिक्षाको घडी अझै बाँकी छ । हामी सबैले कामना गरौं यो माहामारीको बेलामा राजनीतिक जटिल स्थिति नआहोस, वातावरण सहज बनोस । साँच्चै वर्तमान प्रम ओलीले आफ्नो देश र मुलुकका जनताको लागि सोच्ने हो निकासा दिनुको विकल्प छैन । के साँच्चै ईतिहासकै नालायक प्रधानमन्त्री बन्न खोज्दैछन् प्रम ओली ? आज तमाम कार्यकर्ताहरुको मनमा यहि चिन्ता छ । उनलाई गलत दिशामा लैजान उक्साउने नेता कार्यकर्ताहरुले समेत मनन गर्न जरुरी छ । मुलुक ठूलो की प्रम केपी ओली ? यदि साँच्चै राष्ट्र र जनताको सन्दर्भमा वर्तमान प्रधानमन्त्री ओलीले अलिकति पनि नसोच्ने हो भने मुलुकको र्दुदशा न रह्यो बाँस नबज्यो बाँसुरी हुनेछ । सबैलाई चेतना भया ।