इन्द्रावतीमा ११ महिने नाबालक सहित तीन जनामा कोरोना पुष्टी

रबिन दनुवार
असार १८, भिमटार (सिन्धुपाल्चोक) । जिल्लाको इन्द्रावती गाउँपालिकामा ११ महिने नाबालक सहित तीन जनामा कोरोना देखिएको छ । पालिकाको वडा नम्बर १२ मा रहेको विद्यालयमा निर्मित क्वारेन्टिनमा राखिएका उनीहरुको स्वाब परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।

१६ गते सोमबार क्वारेन्टाइनमा राखिएका सात जनाकै स्वाब संकलन गरि टेकु अस्पताल पठाइएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई बताए । उनका अनुसार स्वाब संकलन गरि पठाइएको सात जना मध्ये ११ महिने नाबालक सहित भिमटारकै २३ र २६ बर्षका पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरुलाई मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखेर उपचार गरिने स्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए ।
संक्रमित तीनैजना भारत लगायत विभिन्न जिल्लाबाट आएको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कमल रत्न दनुवारले जानकारी दिए । थप संक्रमित हुने सम्भावनालाई मध्यनजर गर्दै सो क्षेत्रमा उच्च सर्तकता अपनाईएको उनले जानकारी दिए ।

यस्तो छ वडा कार्यालयको प्रेसवक्तव्य