
मन्डनदेउपुरमा बन्ने भयो १५ शैयाको अस्पताल

देउपुर (काभ्रे) । जिल्लाको मन्डनदेउपुर नगरपालिका वडा नम्बर ७ नौबिसेमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।
बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नगरपालिकाको संयुक्त लगानीमा निमार्ण हुन लागेको नगर अस्पतालको हिजो एक कार्यक्रमका बीच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलालले शिलान्यास गरेका हुन् । बागमती प्रदेशका ६६ बटै निवार्चन क्षेत्रमा चिकित्सकिय सेवाको विस्तार गरिने सामाजिक विकास मन्त्रालयको योजना मन्डनदेउपुरमा अस्पताल निर्माण गर्न लागिएको हो । बागमति प्रदेशभित्रका सबै नागरिकको स्वास्थ्यमा पहुँच पु¥याउने हिसाबले स्थानीय तह सम्म अस्पताल विस्तार गर्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । ‘भरपर्दो र सर्वसुलभ स्वास्थ्य सेवा पाउनु नागरिकको पहिलो अधिकार हो, हामी सबै बस्ती–बस्तीमा स्वास्थ्यको पुहुँच पु¥याउन लागिरहेका छौं’, मन्त्री दुलालले भने । नागरिकलाई गुणस्तरीय स्वास्थ्य दिने योजनाका साथ प्रदेश सरकारले हालका अस्पतालहरुको क्षमतामा अविबृदि गर्न लागेको मन्त्री दुलालले जानकारी दिए ।
मन्डनदेउपुरमा ९ करोड लगानीमा बन्न लागेको १५ शैयाको अस्पताल सामाजिक विकास मन्त्रालयको ७ करोड र नगरपालिकाको २ करोड रहने छ । सबै सेवा र सुविधा सम्पन्न अस्पताल २०७८ साउनमा निमार्ण सम्पन्न हुने मन्डनदेउपुर नगरपालिकाले जनाएको छ । शिलान्यास कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, नगर प्रमुख टोकबहादुर वाईबा, धुलिखेल अस्पतालका प्रमुख नगेन्द्रकुमार झा, स्थानीय जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।