कञ्चन प्रति गरिने सम्मान अधुरै, जिंउदो ईतिहास, ताजा स्मरण

दिनेश दुलाल

खासगरी मैले कञ्चन प्रियदर्शीलाई नजिकबाट कहिल्यै भेट्न र सहकार्य गर्न पाईन । उमेरले २÷३ वर्ष उहाँ पाको भएपनि हामी संगै दौंतरी हुनुहुँदो रहेछ । उहाँ जन्मिएको पिपलडाँडा र म जन्मिएको ठूलोसिरुवारी भौगोलिक हिसाबले खासै टाढा होईन । फेरी जिल्ला सदरमुकाम चौतारा पनि नजिक–नजिकै हो । प्राय उहाँ चौतारा आईरहनु हुन्थ्यो । बेलाबखतमा म पनि चौतारा पुग्थें तर कहिल्यै भेट्ने अवसर मिलेन । उहाँको साहित्य लेखनको बारेमा उतिबेलै चर्चामा रहेपनि नजिकबाट चिनजान र सहकार्य गर्ने समय कहिल्यै जुरेन किनकी त्यतिबेला (२०५२÷०५३) तिर फोन सम्पर्क नै थिएन । उहाँ साहित्य लेखनको अलवा पत्रकारिता क्षेत्रमा समेत लाग्नु भएको कुरा उहाँ संगै सहकार्य गरेका सुरेशराम कसजू, जीवन श्रेष्ठ, अमित घिमिरे तथा अग्रज पत्रकार ऋषिराम पौडेलबाट थाहा पाईयो । साहित्य र पत्रकारिता क्षेत्रमा उतिनै दख्खल राख्ने जिल्लामा सम्भवत कञ्चन नै हुनुहुन्थ्यो । बिचारको हिसाबले उहाँ तत्कालिन एमालेमा आवद्व हुनुहुँदो रहेछ । म तत्कालिन नेकपा (माओवादी) संग आवद्व थिएँ । जसको नेतृत्वमा देशको आमुल परिवर्तनको लागि सुरु भएको १० वर्षे जनयुद्व सुरु हुँदा म २०५४ सालमा भूमिगत भएको थिएँ । जनयुद्वकै क्रममा म २०५५ सालमा गिरफ्तार पश्चात झण्डै ६ वर्ष (दोस्रो पटक) जेल परें । कञ्चन प्रियदर्शी पनि विस्तारै माओवादी जनयुद्वको सशस्त्र विद्रोहलाई आत्मसात गर्दै जनयुद्वमा होमिनु भएको रहेछ । म भद्रगोल जेलमा रहँदै अवस्थामा २०५९ साल बैशाख १६ गते सुमन श्रेष्ठसंगै उहाँलाई जलविरे भन्ने स्थानमा तत्कालिन शाही सेनाद्वारा हत्या गरिएको कुरा सुनाईयो । यसले हामीलाई झनै पिडा बनायो साथै आक्रोसित पनि । जेलबाट छेटेपछि मैले यस्तो संकल्प गरेकीं कञ्चनको साहित्य, राजनीति र पत्रकारिकता जीवनलाई सिन्धुपाल्चोकमा उचोमा पु¥याउँदै उहाँको सपनालाई साकार पार्नुपर्छ भन्ने थियो । २०६० सालमा जेलबाट म छुटेपनि पुन जनयुद्वमै सामेल भएको थिएँ । त्यो समयमा म उहाँको जन्मस्थान पिपलडाँडा पुग्थें र परिवारसंग भेट्थे । जनयुद्वकै समय भएको हुनाले उहाँको परिवारलाई सान्तव्वना बाहेक केही गर्न सकिने अवस्था थिएन । पटक–पटक पिपलडाँडा पुगेको कारणले म दुस्मनको तार्केटमा परें फलस्वरुप पुनः २०६२ मा पक्राउ परे । देशमा शान्तिप्रक्रिया सुरु भएसंगै २०६३ मा फेरी छुटें । पुनः पार्टीमै समाहित हुने क्रममा म चौतारा आसपासको तत्कालिन पाँचवटा गाविसहरु (पिपलडाँडा, चौतारा, सानोसिरुवारी, कुविण्डे र ईर्खु ) को ईन्जार्जको भूमिकाको रुपमा रहेँ । त्यतिबेला कञ्चनका बुबा बालकृष्ण बुढाथोकी बाराम्बार मकाँहा आईरहनु हुन्थ्यो । पार्टीले कञ्चनको परिवारलाई भरोसा दिनुको साथै कञ्चनको साहित्य र राजनीतिजीवनलाई उचो राख्न केही गरिछाड्ने मैले बारम्बार प्रतिबद्वता गरेको थिएँ । मेरो आश्वस्तालाई उहाँले सहर्ष स्विकार्नु भयो र हर समस्या पर्दा मलाई भन्नु हुन्थ्यो ।

त्यतिबेला मेरो जिम्मेवारी जनसाँस्कृतिक महासंघ पनि थियो । जनयुद्वका क्रममा शहादत प्राप्त गरेका साहित्यिक र साँस्कृतिक योद्वाहरुलाई स्मरण गर्दै तिनका परिवारलाई सम्मान गर्नुपर्छ भनेर थुप्रैपटक जिल्ला विकास समितिको हलमा कार्यक्रम गरिन्थ्यो । कन्चनसंग सहकार्य गरेका अमित घिमिरे गाईडलाईनर हुनहुन्थो । उहाँको योजना र पार्टीको निर्देशन र सल्लाहा अनुसार बर्षेनी हामीले बैशाख १६ लाई ’कञ्चन बलीदानी‘ दिनको रुपमा स्मरण गर्दै कार्यक्रम गर्दथ्यौं । साहित्य र साँस्कृतिक शहिदका परिवारलाई सम्मान गर्ने तथा औपचारिक कार्यक्रम मात्रै धेरै भयो भन्ने केही साथीहरुको रायको आधारमा उहाँको सम्मानमा गरिने कार्यक्रम रचनात्मक स्मरणीय गरौं भन्ने सबैको मत रह्यो । जसमा मैले एउटा प्रस्ताव राखें । कञ्चनको अर्धकदको शालिक बनाउने जसलाई चौतारा नजकिकै रहेको बनकाली आसपासमा राख्ने र त्याहाँ पुस्ताकालय खडा गर्ने भन्ने थियो । यो प्रस्तावमा चन्द्रप्रसाद न्यौपाने बाहेक सबै साथीहरु सकरात्मक हुनुहुन्थयो । जसको खर्चको व्यवस्थापन जनसाँस्कृतिक महासंघले जुटाउने भन्ने थियो । शालिक र पुस्ताकालय बनाउने त्यतिबेलाको खर्च मोटामोटी करिब दुईलाखको योजना थियो । जिल्ला विकास समितिले बढिमा ४० हजार सम्म दिन सक्थ्यो बाँकी रकम उठाउन निकै कठिनायी थियो । बैशाख १६ मा स्थपना गरिने हँुदा दुईमहिना अघि देखि तयारी गर्नुपर्दथ्यो । शालिक निर्माणको लागि शहरमा महँगोमा लगाउनु भन्दा स्थानीय कालीगढलाई बनाउन जिम्मा दिनुपर्छ भन्ने केही साथीहरुको सल्लाहाका आधारमा सुकुटे माथि अदुवाबारीका एक स्थानीयलाई बनाउन बैना सहित जिम्मा दियौं । शालिक उद्घाटनको समय नजिकिँदै गर्दा म एक्लै कञ्चनको शालिक लिन अदुवाबारी पुगें । म त्याँहा पुग्दा ति कालीगढ निकै निराश देखिन्थे । कञ्चनको शालिक भनेजस्तो बनाउन नसकिएकोमा ति जति निराश भए त्यो भन्दा बढी चोट मैले भनुभूत गरें । तस्बिरसंग केही मिल्ने छनक पाएपछि मैले लैजाने निधो गरें र एकजना भरियालाई बोकाएर चौतारा सम्म ल्याईयो । चौतारा ल्याईपु¥याउन बित्तिकै कवि चन्द्रप्रसाद, जीवन श्रेष्ठ र अमित लगाएतलाई देखाउन लगें । अधिकांश साथिहरुले शालिक कञ्चनको जस्तो नदेखिएको प्रतिक्रिया दिए । अमितले केही मिल्दोजुल्दो भनेपनि अन्ततः तत्कालिन नेकपा (माओवादी) जिल्ला ईन्चार्ज ध्रुव पराजुलीको सल्लाहा अनुसार शालिक नराख्ने निधो गरियो । करिब ५÷६ हजार शालिकको लागि बैना बापत खर्च भईसकेको थियो । ६०÷६५ किलो वजनको शालिक ल्याएर अनावरण नगरी त्यतिकै मिल्काउनु चानचुने पिडाँदायी थिएन । शालिक बिनाको हलमै औपचारिक साहित्य कार्यक्रम गरेर त्यो वर्षको कञ्चन स्मृति कार्यक्रम टरेको थियो । कञ्चनको बारेका केही न केही गरीछाड्ने म मा हिम्मत मरेको थिएन । जसमा अर्को बर्ष देउसीभैलो मार्फत केही पैसा जम्मा गर्ने र कञ्चनको नाममा साहित्यकोष खडा गर्ने योजना थियो ।

स्व.कञ्चन प्रियदर्शी

जस अनुसार जिल्लामा रहेको श्रंखला साँस्कृति टिमलाई साथ लिएर तातोपानी, बाह्रबिसे लगाएत क्षेत्रमा देउसीभैलो खेलेर एकलाख जम्मा पारियो । साना कलिला भाईबहिनीलाई चाडबाडको बेलामा खाईनखाई देउसीभैलोमा जम्मा पारिएको पैसा निश्चित उद्देश्यका लागि भनेर जोगाईयो । कञ्चन प्रियदर्शी उर्फ ’चिन्तन‘ नाममा अक्षयकोष खडा गर्ने र जिल्लामा रहेका अनाथ तथा टुहुरा बालबालिकालाई शिक्षामा सहयोग र जिल्लामै रहेका साहित्यकारहरुलाई सहयोग गर्ने उद्देश्य राखेर तत्कालिन जिल्ला ईन्चार्ज ध्रुव पराजुलीको सल्लाहा अनुसार भर्खरै खोलेको शहिद स्मृति बहुउद्देश्य सहकारी संस्था लिं सुकुटेमा राखियो । अन्तत ः सहकारीमा पैसा राखिएको एकवर्ष पुग्दा नपुग्दै सहकारी नै डुब्यो । त्यसपछि हाम्रो सपना पनि केही समयका लागि डुब्यो ।
मनका सपना नमरेसम्म बाहिरी सपना मरेर आखिर जीवनमा केही फरक पर्दो रहेछन् । त्यसको केही समय पछि कञ्चनको नाममा एउटा प्रतिष्ठान जन्माउनु पर्छ भनेर ’चिन्तन साँस्कृतिक प्रतिष्ठान दर्ता गरियो जसको अध्यक्ष म आफैं रहें । समाज कल्याणमा समेत दर्ता गरेर सुरुवात गरिएको उक्त संस्थाको मुल उद्देश्य अनाथ तथा टुहरा बालबालिका केन्द्रित थियो । थोरै साहित्य व्यक्तित्वहरुलाई समेत टेवा पुग्ने थियो । संस्था दर्ता भएयता चिन्तन साँस्कृतिक प्रतिष्ठानको नामममा आजिवन, साधारण सदस्य बनाउने लगाएत थुप्रै गतिविधिहरु गरियो । संस्थाको नाममा कार्यालय सञ्चालन तथा व्यवस्थापन भनेर जिल्लाका तीन माननीयहरु (अग्नि, दावा र राजकुमार) लाई प्रस्ताव पेश गरियो । उहाँहरुले शहिद प्रष्ठिान को नाममा पार्टीद्वारा खोलिएको संस्थालाई २० औं लाख रुपैंया हाल्नुभयो तर म त्यहि पार्टीको कार्याकर्ता हुँदाहुँदै तिनै साँस्कृतिक शहिदको नाममा खोलिएको साहित्य प्रतिष्ठानलाई अलिकति पनि पैसा हाल्ने विवेक देखाउनुभएन । उल्टो अहिलेका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ’सुवोध‘ ले मलाई थाहा नै नदिई साहित्य क्षेत्रमै नरहेका अमुर्त एक पात्रलाई उभ्याएर मेरै कार्यसमितिमा रहेका व्यक्तिहरुलाई सम्मेलित समिति बनाएर उही कञ्चनको नाममा अर्को संस्था दर्ता गरियो । त्यसपछि अग्नि माननीयबाट २ लाख रुपैंया हालियो । ’…….. भन्दा देख्नेलाई लाज‘ भने झैं आफ्नै पार्टीभित्रको कुरा कसरी बाहिर हल्ला गर्नु ? मैले संस्थानै सक्रिय बनाईन । एउटै शहिदको नाममा दुईवटा संस्था त्यहि पनि चौतारा सदरमुकाम भित्रै ? । आज १० औं वर्ष भईसकेको छ उक्त संस्था नविकरण नगरेको । मैले सुन्छु सौताकै शैलिमा कञ्चनको नाम गरेर जन्माएको संस्थामा हालिएको दुईलाख पैसा अठ्याउनेकै गोजीमा गुनपुत्लो लागि सक्यो रे ।
पैसा धेरै ठूलो कुरा होईन । किनकी पैसा आउँछ, जान्छ तर प्रवृति भने हतपत्त जाँदैन पुस्तौं सर्न सक्छ ।
सिन्धुपाल्चोकमा विभिन्न साहित्य संस्थाहरुको पनि केही गतिविधिहरु थिए । केन्द्रमा वामपन्थीहरुको साझा संस्था प्रगतीशील लेखक संघ थियो । जिल्लामा यसको गठन भएपनि खासै गतिविधिहरु थिएनन् । जसको नेतृत्व स्व. पिताम्बर भण्डारीले गरेका थिए । वामपन्थीहरुको साझा भएपनि विद्रोही माओवादी भूमिगत भएको हुनाले सहभागिता थिएन । पछिल्लोपटक शान्तीप्रक्रियासंगै सहभागिता हुँदै गयो । करिब पाँचवर्ष प्रलेस सिन्धुपाल्चोकको सह–सचिव रहेको म अनयास अध्यक्षको दावादरी बनें । वामपन्थी मध्येको ठूलो दल नेकपा माओवादी केन्द्र भएको हुनाले सर्वसहमत म अध्यक्ष भएँ । प्रलेसभन्दा बाहिर रहेका केही साथीहरुको साहानुभूति समेत थियो मलाई ।
मेरो कार्यकालको सुरुमै प्रलेसले जिल्लामा केही गतिविधिहरु ग¥यो । झोलामा थन्किएको प्रलेसलाई सडक र बस्ती–बस्तीमा पु¥याउने काम मेरो टिमले ग¥यो । भूकम्प पछिको पुननिर्माणमा सहयोग पुग्ने हिसाबले ’पुर्ननिर्माणमा सबै जुटौं, हाम्रा लागि आफैं लागौं ‘ भन्ने स्लोगन सहित हेलम्बु र दुगुनागढी लगाएत क्षेत्रमा उलेख्य कवी कलकारहरुको सहभागितामा स्रस्टायात्रा सञ्चालन गरियो ।
प्रलेसको मुल उद्देश्य अग्रज साहित्यकार कञ्चन तथा पिताम्बरको योगदानलाई कदर गर्दै उहाँको नाममा दृघ खालको योजना बनाउनु थियो । जसमा ’कञ्चन–पिताम्बर स्मृति साहित्यकार क्ल्याणकारीकोष‘ बनाउने लक्ष्य थियो । सोही अनुसार प्रलेसकै नेतृत्वमा जिल्लाका १२ वटै स्थानीय तहमा बालबालिका केन्द्रित वक्तृत्वकला प्रतियोगिताको आयोजना गरियो । प्रलेसको समितिमा १३ जना भएपनि निर्णायर्थ अध्यक्ष, उपाध्यक्ष र सचिव मात्रै हुन्थ्यौं । त्यसमा पनि फिल्डमा म कार्यसमितिबाट म एक्लै हुन्थें । अरु सदस्यहरुको अनुस्पस्थित भएपछि पालिकामा डिलिङ देखि खर्च व्यवस्थापन मेरै काँधमा थियो । जिल्लाका चर्चित कवि चन्द्रप्रसाद न्यौपाने, साहित्यकार डम्बरसिक भारती, दिल कार्की, रमेश पौडेल, गंगाप्रसाद पौडेल, बिबि रायमाझी र यज्ञ दंगाल लगाएतको योगदान अतुलनीय रहेपनि डम्बररसिक भारतीको भूमिका अग्रणी छ । जसले यो सम्पूर्ण कार्यक्रमको गाईडलाईन दिनुभएको थियो । एकातिर प्रतिध्रुवका साथीहरुले प्रलेसलाई खेदो खनिराखेको बेलामा त्यसमाथि आफ्नै विचारका साथीहरुको असहयोग हुँदाहुँदा जति म निराश थिएँ तर प्रलेस कार्यसमिति भन्दा बाहिर रहेका साथीहरुको उत्साहाजनक सहभागिताले मलाई त्यति नै खुशी तुलाईरहेको थियो । किनकी हामी सबैको एउटै लक्ष्य थियो केही पैसा जोगाएर कञ्चन–पिताम्बर स्मृति साहित्यकार कल्याणकारी कोष बनाउने । सामन्य पारिश्रमिकमा पनि १२ वटै गाउँपालिकामा प्रलेसले वक्तृत्व प्रतियोगिता सम्पन्न ग¥यौं । जसबाट ३ लाख २० हजार रुपैया बचत भएको रहेछ । यसले मलाई निकै उत्साहित बनाएको थियो । किनकी मेरो लक्ष १० लाखको कल्याणकारी कोष बनाउने थियो । त्यसपछि मेरो चाहाना के थियो भने प्रलेसलाई केही हदसम्म माथि उठाएपछि र कल्याणकारी कोष स्थापना गरेपछि नेतृत्व अरु साथीलाई हस्तान्तरण गर्नुपर्छ । नेतृत्व हस्तान्तरण गर्ने समय भएको छैन भन्ने केही साथीहरुको मत रहेपनि जसरी पनि सम्मेलन गर्नुपर्छ भन्ने मेरो हठ थियो । आफ्नो कार्यकालमा नराम्रो काम गरेपछि अर्कोलाई जिम्मेवारी सुम्पने होईन राम्रो काम गरेर सुम्पन्न पर्छ ताकी आउने नेतृत्वलाई अझ राम्रो काम गर्न चुनौति थपियोस भन्ने मेरो सोचाई थियो । मेरै जिद्दीका कारण साथिहरुले सहमति जनाउनु भयो । हामी सम्मेलनको तयारीमा जुट्यौं । सम्मेलनको साथसाथै जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता संगै सम्पन्न गर्नु थियो । जसअनुसार सुकुटेमा प्रलेसका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा भव्य रुपमा सम्मेलन सम्पन्न गरियो । सम्मेलन पश्चात यदुनाथ कोईरालालाई नेतृत्व हस्तान्तरण गरेसंगै दुई वर्षमा पुरा गर्ने गरी १० लाखको कञ्चन–पिताम्बर स्मृति साहित्यकार कल्याणकारी कोष घोषणा गरियो ।
कोष पुर्ताल गर्ने कार्यभार नयाँ कार्यसमितिलाई रहेपनि पूर्व अध्यक्षको हैसियतले मेरो जिम्मेवारी गहन थियो । कोषमा यसअघि नै ३ लाख २० हजार हामीले जोगाएका थियौं । बाँकी ७ लाख जुटाउनु पर्ने थियो । केही साथीहरुको प्रतिवद्वता समेत आईसकेको थियो । कोषको लागि थप रकम पुनः गत सालझैं पालिकाहरुमा वक्तृत्वकला प्रतियोगिता गर्नपर्ने थियो । तर वर्तमान कार्यसमितिले पालिकाहरुमा कार्यक्रमनै पेश गरेन । एकवर्ष सम्म जिल्लामा कुनै गतिविधि नै गर्न सकेन । उल्टो कोषको लागि जोगाईएको ३ लाख २० हजार सक्ने दाउमा साथीहरु लागेको देखियो । कोषका लागि समिति बनाएर मात्रै रकम हस्तान्तरण गर्न पर्छ भन्ने मेरो चाहाना थियो, त्यसकारण पैसा म संगै थियो । कल्याणकारी कोष समिति मेरै नेतृत्वमा बनाउन पर्छ भन्ने मेरो चाहाना थिएन, जो सुकैको नेतृत्वमा बनाउन सकिन्थ्यो । तर वर्तमान समितिले कोष समिति नै बनाएन बरु भद्दा खालको सल्लाकार समिति बनायो । कोष समिति नबनाउनु वर्तमान कार्यसमितिको नियतपूर्ण लाग्यो, यसले मलाई झनै दुःखीत बनायो । पूर्व कार्यसमितिमै रहेका समेतलाई प्रलेसको जिल्ला सल्लाकार टिममा राखिएको थियो । तिनै सल्लाकारले मलाई उल्टै पैसा फिर्ता दिन धम्कीपूर्ण भाषा प्रयोग गरे । तिनले हेक्का राख्नु पर्दथ्यो की यदि मैले त्यो रकम बदमासी गर्ने हो भने कोष खडा गर्ने भनेर यति सम्मको ’नाटक‘ गर्नुपर्ने थिएन । उतिबेलै केही साथीहरुलाई खुशी बनाएर बाँकी पैसा खर्चमै सकियो भनेर सिध्याउन सकिन्थ्यो । किनकी आर्थिकको सम्पूर्ण जिम्मेवारी र अधिकार मेरै हातमा थियो । प्रलेसकै लागी भनेर दिनरात खटेर जम्मा पारिएको पैसा जति तीनलाई डाहा भयो त्यो भन्दा बढी त्यसको संरक्षणको मलाई चिन्ता थियो । समिति नबनाई पैसा हस्तान्तरण गर्न हुन्न भन्ने केही साथीहरुको मत हुँदा हुँदै बिना शर्त मैले मंसंग भएको सबै पैसा प्रलेसको खातामा राखिदिंए । किनकी मलाई त्यो पैसाको कतिपनि लोभ थिएन । आफ्नो व्यक्तिगतको लागि त म जति पनि कमाउन सक्थें । त्यो पैसा कोषकै लागि थियो । मैले पैसा खातामा राखिदिएपनि कल्याणकारी कोष समिति अहिले सम्म बन्न सकेको छैन् । म आफैंले बनाउन मेरो अधिकार छैन् फेरी त्यसो गर्नुपनि हुँदैनथ्यो । निराश बनेको हुन्छु कतिबेला । किनकी कञ्चन प्रतिको मेरो सपना अधुरै रह्यो । मैले दुःख गरेर जम्मा गरेको पैसा विना लगानी गर्नेहरुले दावा गरे । यसले मेरो मनमा ठूलो आघात पारेपनि मैले हरेश खाएको छैन् । मैले देखीरहेको छु । जिल्लाका केही नेताहरुको सिफारिसमा कञ्चन प्रियदर्शीको नाममा लाखौं रुपैया रुपैया भित्र्याएका छन् । केही समित मान्छेहरुको पेटभेर्न र तिनलाई खुशी पार्न गरिएको यस्ता हर्कतले तिनको जिंदकी उस्तै निधाउरो देखेको छु । निश्चित उद्देश्यका लागि पैतालाको छाला खियाएर जम्मा पारिएको पैसा गुमाउनु परेपनि मन रित्तिएको छैन् । सपना मरेको छैन् । कञ्चन प्रति मेरो सपना ज्यूँदै छ र बाँकी जीवनमा केही गरीछाड्ने धोको छ ।