पाँचपोखरीद्वारा ६३ करोड ८८ लाखको बजेट प्रस्तुत, युवाहरुले व्यवसाय गरे शतप्रतिसत व्याजमा छुट

थाङपालधाप (सिन्धुपाल्चोक) । पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक बर्ष २०७७र७८ को लागि ६३ करोड ८८ लाखको बजेट प्रस्तुत गरेको छ । बिहिबार बसेको गाउँपालिकाले ६३ करोड ८८ लाख ८५ हजार ९ सय ८७ को बजेट प्रस्तु गरेको छ । जसअनुसार संघिय सरकार मार्फत वित्तीय सामान्यीकरण १ करोड ९९ लाख, सशर्त अनुदान १७ करोड ६४ लाख, समपुरक अनुदान ३ करोड ८४ लाख र राजस्व बाँडफाँड ८ करोड ४५ लाख २६ हजार ९ सय ८७ गरी कुल ४१ करोड ९२ लाख २६ हजार ९ सय ८७ रहेको छ । त्यस्तै प्रदेश सरकार मार्फत वित्तीय सामान्यीकरण १ करोड ३२ हजार, शसर्त अनुदान ८ करोड ७ लाख १७ हजार, विशेष अनुदान ३५ लाख, प्रदेश सरकार सवारी साधन कर बाँडफाँड १ करोड ८८ लाख ४८ हजार र समपुरक अनुदान २ करोड ८७ लाख ५७ हजार गरी १४ करोड १८ लाख ५४ हजार रहेको छ । त्यस्तै अन्य आयमा रोयल्टी बाँडफाँटका ३३ लाख, आन्तरिक आय गाउँपालिका ३५ लाख, रजिष्टरेशन बाँडफाँड १ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता ७ करोड, गरिवसँग विशेश्वर कार्यक्रम ४ लाख ९४ हजार र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ३लाख ६० हजार गरी सात करोड ७७ लाख ५ हजार रहेको छ ।
पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवा लक्षित कार्यक्रम राखिएको छ । जस अन्र्तगत १९ लाख रुपैंया युवाहरुलाई व्यवसाय तर्फ आकर्षण गर्ने गाउँपालिकाले नीति लिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई सीपमुलक तालिम तथा व्यवसाय सञ्चालनको लागि कार्यक्रम राखिएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताए । उनका अनुसार पालिकाले आगमी बजेटमा शितभण्डार लगाएत पूर्वाधारका काम, कृषि तथा व्यवसायका योजना स्वास्थ्य शिक्षा लगाएतका कार्यक्रमहरु समावेश गरेको छ । त्यस्तै मुलुकभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि पालिकाले बजेटमै मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष लामाले जानकारी दिए ।
पालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा

यस्तो नीति तथा कार्यक्रम
(१ )
( पुर्वधार विकास तर्फ
नीति २१
१ . सडक यातायात गुरुयोजना निर्माण गरी गाउँपालिका केन्द्रबाट सबै वडा कार्यालय जाने सडकलाई सबै मौसममा सञ्चालन हुन सक्ने गरी व्यवस्था मिलाइनेछ
२. यस क्षेत्रमा अत्यावश्यक स्थानहरुमा झोलुङ्गेपुल निर्माण कार्यालय तीव्रता दिइनेछ
३ . सडकको गुणस्तर सुधार र स्तरोन्नतिका लागि सडक मर्मत सम्भार कोष स्थापना गरी सञ्चालनमा ल्याइनेछ
४. हाम्रो सडक हाम्रै लागि भन्ने अभियानका साथ सडकमा दण्डलाई पूर्णरूपमा लागू गरिनेछ
५. सार्वजनिक स्थलहरुमा सडकहरुमा जथाभावी निर्माण सामग्री राख्ने र पानी छाड्ने कार्यलाई नियन्त्रण गर्न दण्ड सजायँको व्यवस्था गरिनेछ
( आर्थिक विकास नीति तर्फ
नीति ७
१. २० देखि ४० वर्षसम्म का युवा तथा बैदेशिक रोजगार बाट फर्केर आएका व्यक्तिहरुले व्यवसायिक गर्न चाहेमा यस गाउँपालिका मा लाग्ने कर र शुल्क मा शत प्रतिशत छुटको व्यवस्था गरिनेछ
२ गाउँपालिकामा यसै आर्थिक वर्षदेखि कोलिस्टोर अर्थात शीतभण्डार चिस्यान केन्द्रको निर्माण कार्यको थालनी गरिनेछ
३. भूउपयोग नीति तजुर्मा गरी कार्यान्वयनमा ल्याइनेछ
( कृषि विकास सम्बन्धी नीतिहरू
नीति १८
१. भरिलो भकारी कृषिमा सहकारी अभियान सञ्चालन गर्दै कृषि सहकारी संस्थाहरुसँग साझेदारी गरी स्थानीय बीउ उत्पादन र संरक्षण कार्यक्रमको शुरुवात गरिनेछ
२. प्रदेश सरकार सङ्घको साझेदारीमा कृषि एम्बुलेन्सको व्यवस्थाका लागि पहल गरिनेछ
३. यस क्षेत्रमा कोदो उत्पादनलाई प्राथमिकता दिई त्यसको दचबलमष्लन उबअपष्लन गर्न कार्यक्रम सञ्चालन गरिनेछ
४ . माटो परीक्षणको आधारमा सम्भाव्यता हेरी आवश्यक स्थानमा सुन्तलाको कफी कागती जुनार चिया को लागि लागत साझेदारीमा हाम्रो कृषि हाम्रो गौरव भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने व्यवस्था मिलाइनेछ
५. कृषिमा लगानी बढाउन र कृषिलाई व्यवसायीकरण गर्न कृषि व्यवसाय गर्ने समूह संसदको उद्यमीहरुलाई बिना व्याजमा लगानी गर्ने वातावरण निर्माण गर्न कृषि उद्यमशिलता घुम्ती कोष स्थापना गरिनेछ
( पशुपालनतर्फ
नीति ६
१.पशुपन्छी बीमा कार्यक्रम संचालन गरिनेछ
पशुपालनको आहारा रसिया आयोजन को आधारका लागि पशुपन्छी व्यवसाय प्रवर्द्धन कोष स्थापना गरी भुई घास डाले घाँस प्रवर्द्धन तथा व्यवसायिक पशुपालन गर्न बिना ब्याज ऋण लगानी गर्ने कार्य आरम्भ गरिनेछ
२. लागत सहभागितामा मा आधारित रही दूध चिस्यान केन्द्रको निर्माण गरिनेछ
३. भेडा चौरी गाई पालनका लागि प्रोत्साहित गरिनेछ
( पर्यटन तर्फ
नीति १०
१. नेपालको घुम्नलायक १०० गन्तव्यमा पर्न सफल यस गाउँपालिकामा आउने पर्यटकहरुका लागि सस सूचना सम्प्रेषण तथा गन्तव्य पहिचान सहजीकरण गर्न नउक mबउ तचबअपष्लन का लागि कार्यक्रम सञ्चालन गरिनेछ
२. गाउँपालिकामा यसै आर्थिक वर्षमा बहुआयमिक सांस्कृतिक संग्रहालयको निर्माण थालनी गरिनेछ
( युवा तथा खेलकुद तर्फ
नीति १३
१. गाउँपालिका स्तरीय एकवटा रंगशाला निर्माणका लागि पहल गरिने छ भने प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने कार्यलाई निरन्तरता
२. राष्ट्रिय अन्तराष्ट्रिय प्रदेश स्तरिय खेलकुद प्रतियोगिता हरुमा गाउँपालिकाको प्रतिनिधित्व गरी आधिकारिकरुपमा जाने खेलाडीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ
३. पालिका स्तरीय कबडहल निर्माणका लागि पहल गरिनेछ
४. नमुना युवा संसद कार्यक्रम संचालन मा ल्याइनेछ
( वातावरण तथा विपत व्यवस्थापन नीति
नीति १६
१. गाउँपालिकालाई उबिकतष्अ निषेधित क्षेत्रको रुपमा अगाडि बढाउन सरकारी कार्यालय विद्यालय हरु तथा अन्य क्षेत्रहरुलाई क्रमशः उबिकतष्अ निषेधित क्षेत्र बनाइने छ
२. पाँचपोखरी का जलाधार जीवन जिउने आधार नाराकासाथ जलाधार क्षेत्रको संरक्षण मर्मत संभार र सरसफाइ अभियान सञ्चालन गरिनेछ
३. सडक तथा सार्वजनिक स्थलहरुमा पशुपन्छी छाडा छोड्ने पशुपन्छी धनीलाई दण्ड सजाय हुने व्यवस्था गरिनेछ
( लक्षित वर्ग र समावेशीकरण नीति
नीति १७
१. महिलाहरुद्वारा सञ्चालित सहकारी संस्थालाई प्रोत्साहन गरिनेछ
२. जेष्ठ नागरिकको अनुभव युवापुस्ताका लागि गौरव अभियानका साथ जेष्ठ नागरिक को अनुभव आदानप्रदान सम्मान कार्यक्रम संचालन गरिनेछ
३. विभिन्न किसिमका हिंसा पीडित किशोरी र महिलाहरूको संरक्षण गर्न यसै आर्थिक वर्षमा लैंगिक हिंसा निवारण को संचालन गरिनेछ
४. आदिवासी जनजातिको परम्परागत सीप कलाको संरक्षण र सम्बर्धन गर्दै लगिनेछ
५. अपाङ्गता सम्बन्धित जुनसुकै सिफारिस निःशुल्क गराइनेछ भने अपाङ्गता भएका व्यक्तिले व्यवसाय गर्न चाहेमा कर शुल्क छूट हुने व्यवस्था मिलाइनेछ
६. ५० वर्ष उमेर पुगेका दलितहरुका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिनेछ
( शिक्षासम्बन्धी नीति
नीति २१
१. आधारभूत शिक्षाको अधिकार सम्मुनत गाउँपालिकाको आधार लाई सार्थक बनाउन शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरिनेछ
२. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रिफर नेपाल र हेल्प नेपाल संगको साँझेदारी कार्यक्रमलाई निरन्तरता दिइनेछ
३. शिक्षाको गुणस्तर बृद्धि गर्न प्रधानअध्यापक हरूसँग कार्यसम्पादन सम्झौता गरी सोही आधारमा विद्यालयको कार्य सम्पादन मापन गरी विद्यालयमा जाने अनुदानलाई निर्धारण गरिनेछ
४. वृक्षारोपण गर्ने र बगैचाको व्यवस्था गर्ने विद्यालय लाई प्रोत्साहन गरिनेछ
५. विद्यालयमा पोशाक नलगाई जाने विद्यालय पाठयोजना नबनाउने तथा मादकपदार्थ सेवन गरी विद्यालय जाने शिक्षकलाई कारबाही हुने व्यवस्था गरिनेछ
६. स्थानीय पाठ्यपुस्तकहरु गर्न आवश्यक व्यवस्था गरिनेछ
७ . विद्यालयहरुमा गुणस्तरीय सेनेटरी प्याड वितरण हुने व्यवस्था मिलाइनेछ
८. पाँचपोखरी सिकाइ मेलालाई शैक्षिक पर्यटन अभिवृद्धि गर्ने माध्यमको रुपमा विकास गरिनेछ
९. विद्यालयहरूमा करेसाबारी कार्यक्रम संचालन गरिनेछ
( स्वास्थ्य सम्बन्धी नीति
नीति १०
१. सबै वडाहरुमा बर्थिङ सेन्टरको स्थापना गरी सञ्चालनमा आएका बर्थिङ सेन्टर को स्तर उन्नति गरिनेछ
२ . महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता बृद्धि गर्नका लागि पुनर्जागरण तालिम सञ्चालन गरिनेछ साथै प्रोत्साहन को व्यवस्था गरिनेछ
३. कोराना संक्रमणको अवस्थामा अग्रपंतिमा खटिएका स्वास्थ्य कर्मचारी हरूका लागि जोखिम भत्ता उपलब्ध व्यवस्था गरिनेछ
४. निर्माणाधीन स्वास्थ्य प्राथमिक केन्द्रलाई अस्पताल लाई यसै आर्थिक वर्षदेखि सञ्चालमा ल्याउने विशेष पहल गरिनेछ
५. ठछ वर्ष उमेर पुगेका विपन्न जेष्ठ नागरिकहरुलाई आफ्नो पाएपनि स्वास्थ्य चौकीबाट औषधि वितरण हुने व्यवस्था मिलाइनेछ
( सुशासन र संस्थागत सुदृढिकरण नीति
नीति १८
१. यसै आर्थिक वर्षदेखि व्यक्तिगत घटना दर्ता प्रणालीलाई वडामा अनलाइन प्रणालीमा हुने व्यवस्था गरिनेछ
२ . गाउँपालिका सूचना र क्रियाकलापलाई वेबसाइट मार्फत निरन्तर सार्वजनिक हुने व्यवस्था गरिनेछ
३. सार्वजनिक सुनवाई कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिनेछ
४. यसै आर्थिक वर्ष देखि अमिनको व्यवस्था गरी सार्वजनिक सरकारी निजी तथा सामुदायिक सम्पत्ति लगत संकलन गरी व्यवस्थित गरिनेछ
उपभोक्ता हकहितको संरक्षणका लागि उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन हुनेछ साथै बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि बजार अनुगमन निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याइनेछ
( न्याय सम्पादन नीति
नीति ५
१. मेलमिलापकर्ता क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिनेछ
( राहत संग रोजगार नीति
नीति ६
१. राहतका लागि रोजगार काममा हुनुपर्छ अग्रसर भन्ने मूल नाराका साथ रोजगार र आर्जन हुने खालका विशेष आयोजना र कार्यक्रम छनौट गरी कार्यान्वयन गरिनेछ
(२)
बजेट तथा कार्यक्रमको सारसंक्षेप
१. राहतसँगै रोजगारी कार्यक्रम सञ्चालन गरी विदेशबाट फर्केका व्यक्ति तथा यस क्षेत्रमा रहेका बेरोजगार व्यक्तिहरुलाई काममा आधारित रोजगारी प्रदान गर्ने
२. सडकको गुणस्तर र स्तर उन्नतीका लागि नियमित र दिगो मर्मत सम्भार गर्न आकास्मिक कोष स्थापना गरी ३१ लाख ५० हजार विनियोजन गरेको छ
३. यसै आर्थिक वर्षसम्म शीतभण्डार निर्माण गर्ने उद्देश्यले रु ५० लाख विनियोजन गरेको छ
४. कृषिलाई व्यवसायिक रुपमा रुपान्तरण गरी कृषिमा लगानी गर्न कृषकलाई बिना व्याज सहुलियत ऋणमा लगानीका लागि कृषि प्रवर्द्धन पुँजी परिचालन गर्न रु १० लाख छुट्याइएको छ
५. पशुपालनको आहारा प्यार आया आर्जनको आधारलाई कार्यान्वयन गर्न पशुपन्छी व्यवसाय प्रवर्द्धन गर्न पशुपन्छी जन्मि व्यवसायी उद्यमशिलता प्रवर्धन कोष रु १५ लाख विनियोजन गरी पशु व्यवसायीलाई प्रोत्साहन हुने व्यवस्था गरेको छ
६. संघको प्रदेशसँग लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न हाम्रो कृषि हाम्रो गौरव कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाएको छ
७. कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि चालु आर्थिक वर्षमा स्थापना गरिएको कोरोना कोषमा एक करोड विनियोजन गरेको छ
८. आधारभूत शिक्षाको अधिकार समुन्नत गाउँपालिकाको आधार बनाउने शिक्षा क्षेत्रमा एक करोड २७ लाख ८३ हजार बजेट विनियोजन गरेको छ
९. यसै आर्थिक वर्षमा स्वास्थ्य बिद केन्द्र संचालन गर्नका लागि १० लाख छुट्याइएको छ
१०. गाउँ बाल संरक्षण समितिको कोष वृद्धि गर्न ८ लाख विनियोजन गरेको छ
११. यस गाउँपालिकामा हिंसा पीडित किशोरी र महिलाको संरक्षण का लागि ४ लाख छुट्याइएको छ
१२. ५० वर्ष पूरा भएका दलित नागरिक हरुका लागि दलीय स्वास्थ्य बीमा कार्यक्रमका लागि १ लाख विनियोजन गरेको छ
१३. पर्यटन खेलकुद र नेपालको १०० गन्तव्य भित्र पर्न सफल यस क्षेत्रको पर्यटन गन्तव्य पहिचान र सूचनाको संरक्षण गर्न नउक mबउ ट्रेकिङका लागि १० लाख विनियोजन गरिएको छ
१४. युवा लक्षित कार्यक्रम संग लागि १९ लाख विनियोजन गरेको छ
१५. उज्यालो पाँचपोखरी अभियानलाई सार्थक बनाउन सम्भाव्यता आधारमा सौर्य सडकबत्ती सञ्चालन गर्न रु १० लाख विनियोजन गरेको छ
१६.पाँचपोखरी थाङपाल गाउँपालिका लाई प्लाष्टिक निषेध क्षेत्र बनाउन आवश्यक व्यवस्था गरेको छ
१७. अयदष्त ज्ञढ को कारण सिर्जित गरिबी न्यूनीकरण गर्न वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुलाई रोजगारी दिने र बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न राहतका लागि रोजगार काम हुनुपर्छ अग्रसर भन्ने नारासहित रोजगारी राहत कार्यक्रमका लागि रु ३० लाख विनियोजन गरेको छ ।
संघिय सरकार
१ . वित्तीय सामान्यीकरण( १ करोड ९९ लाख
२. सशर्त अनुदान ( १७ करोड ६४ लाख
३ समपुरक अनुदान ( ३ करोड ८४ लाख
४. राजस्व बाँडफाँड ( ८ करोड ४५ लाख २६ हजार ९ सय ८७
स्( संघीय सरकार तर्फबाट जम्मा ( ४१ करोड ९२ लाख २६ हजार ९ सय ८७
प्रदेश सरकार
१. वित्तीय सामान्यीकरण ( १ करोड ३२हजार
२.ससर्त अनुदान ( ८ करोड ७ लाख १७ हजार
३. विशेष अनुदान ३५ लाख
५. प्रदेश सरकार सवारी साधन कर बाँडफाँड ( १ करोड ८८ लाख ४८ हजार
६. समपुरक अनुदान ( २ करोड ८७लाख ५७हजार
स्( प्रदेश सरकार बाट जम्मा ( १४ करोड १८ लाख ५४हजार
अन्य आय
१. रोयल्टी बाँडफाँटका ( ३३ लाख
२. आन्तरिक आय गाउँपालिका( ३५ लाख
३. रजिष्टरेशन बाँडफाँड ( १ लाख ५० हजार
४.सामाजिक सुरक्षा भत्ता ( ७ करोड
५.गरिवसँग विशेश्वर कार्यक्रम ( ४ लाख ९४ हजार
६.स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम ( ३लाख ६० हजार
स्(अन्य आय जम्मा ( सात करोड ७७ लाख ५ हजार
स्स्स्स्( गाउँपालिकाको जम्मा आय ( ६३ करोड ८८ लाख ८५ हजार
९ सय ८७