मेलम्चीका किसानलाई हाते ट्याक्टर

असार ९, मेलम्ची (सिन्धुपाल्चोक)।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा रहेको किसानहरुलाई नगर भित्र रहेको वडाका कृषि सहकारीहरु मार्फत ६६ वटा हाते ट्याक्टर वितरण गरेको छ।

५० प्रतिशत अनुदानमा नगरपालिकाले ३७ लाख लगानी गरि कृषकहरुलाइ हाते ट्याक्टर वितरण गरेको हो।
बागमती प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय बाट ७० प्रतिशत अनुदानमा चार वटा ट्याक्टर नगरभित्रकै किसानहरुलाइ पनि अनुदान परेको नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिए।
मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्यालले कृषकहरुलाइ ट्याक्टर वितरण गर्दै ट्याक्टर जतन साथ चलाउन र कृषि उत्पादनमा बढी जोड दिन कृषकहरुलाई आग्रह समेत गरे ।